पार्टीबाटै निष्कासित भए माओवादीका बागी

काठमाडौं– नेकपा माओवादी केन्द्रले वाम गठबन्धनका उम्मेदवारविरुद्ध आधिकारिक उम्मेदवारी दिने १० जना नेतालाई हिजो पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । बागी उम्मेदवारी दिनेका समर्थक र प्रस्तावकलाई माओवादी केन्द्रले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको जनाएको छ । पार्टीबाट निष्काशित हुनेमा ३ पोलिटव्यूरो सदस्य र ७ जना केन्द्रीय स्तरका नेता रहेका छन् ।
प्रतिनिधिसभा सदस्यको लागि सल्यानबाट उम्मेदवार बनेका टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा, प्रतिनिधिसभा सदस्य उम्मेदवार हुम्लाबाट बनेका छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मालाई माओवादी केन्द्रले कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको हो ।
त्यस्तै प्रदेशसभा सदस्यको लागि उम्मेदवा बनेका सल्यान ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टी सदस्य नरहने गरी माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ ।
सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरू प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई माओवादी केन्द्रले पार्टीको सदस्य समते नरहने गरी निष्कासन गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...