माओवादी केन्द्रका नेताहरुमाथि श्रृंखलावद्ध आक्रमण

काठमाडौं– निर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गर्दै ऋाक्रमण हुने क्रम बढेको छ । केही दिनअघि पश्चिम रुकुममा वाम गठवन्धनका उम्मेदवार एवं विना विभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै आक्रमण गरिएको थियो भने पछिल्लो समय नेता वर्षमान पुनलाई लक्षित गरी रोल्पामा गोली प्रहार भएको छ ।
रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पुन दुईखोली गाउँपालिकाको बागमारामा आयोजित चुनावी सभामा जाने क्रममा दुईखोली गाउँपालिका–३ केवरी खोलाको जंगलमा दिउँसो अपरिचित व्यक्तिले गोली हानेको प्रहरीले जनाएको छ ।
पुनलाई लक्षित गरी ८ राउन्ड फायर भएपछि सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । त्यहाँ पनि प्रहरीले १० राउण्ड फायरिङ गरेको थियो ।
चुनावी प्रचारमा पुन सहित अन्य उम्मेदवार तथा बाम गठबन्धनका नेताहरु पनि थिए । पुनलाई लक्षित गरी शनिबार पनि माडीगाउँपालिकामा एम्बुस विष्फोट गराइएको थियो ।
गोली प्रहार कसले गरेको भन्ने थाहा नभए पनि प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने अनुमान गरेको छ ।
उम्मेदवार माथि निरन्तर बम तथा गोली प्रहार हुन थालेपछि रोल्पामा सुरक्षा चुनौति बढेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...