प्रहरी अस्पताल सर्वसाधारणका लागि पनि खुला

काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज सोमबारदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका खुला गर्न तयारी थालेका थिए । सोहीअनुरुप विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज २६ कात्तिकमा सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै भने-‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ।’
नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उनले बताए ।
अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिए ।
अस्पतालमा जनशक्ति तथा भौतिक स्रोतसाधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको बताउँदै निर्देशक पोखरेलले भने,- ‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौं, अस्पतालको शैय्या थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।’
अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को टिकट काट्नुपर्छ । औषधि तथा भर्ना हुने बिरामीका लागि खानाका शुल्क विषयमा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टु्ंगो लगाइने बताइएको छ । तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ शैय्या, महिला पु्रुषका लागि १०र१० र शल्यक्रियापछि राख्नका लागि चार शैय्या छुट्याइएको छ ।
यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीद परिवारलाई मात्र सेवा दिँदै आएको थियो । उक्त अस्पतालमा दैनिक पाँच सयदेखि हजार बिरामीले बहिरङ्ग विभागमा उपचार गराउँदै आएका छन् । अब १५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन् ।
सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ । अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाइएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



