नेपालले मलेसियालाई ८ विकेटले हरायो

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– एसीसी अन्डर–१९ एसिया कप अन्तर्गत मंगलबार खेलिएको समुहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि मलेसियाली टिमले १५.३ ओभरमा सबै विकेट गुमाउादै मात्र ४५ रनमा समेटियो ।
वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य ५.३ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको हो । नेपालका लागि अनिलकुमार साहले सर्वाधिक २६ रन बनाएका थिए । उनले आकर्षक तीन छक्का प्रहार गरेका थिए । टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। यस्तै नेपालका कप्तान दीपेन्ऽ ऐरी र शाहब अलामले २-२ र अनिलकुमार साहले १ विकेट लिएका थिए ।