गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् । हत्यामा संलग्न नुवाकोटका राजिव तामाङ, भारत विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न सुटर र अन्य सहयोगीहरु पक्राउ परेपनि मुख्य योजनाकार भने फरार छन् ।
प्रहरीकाअनुसार गौचनको हत्यामा गुण्डानाइके समिरमान सिंह बस्नेत र मनोज पुनको संलग्नता छ । विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेतले देश बाहिरबाटै हत्याको योजना बनाएका थिए । एक महिनादेखि गौचनको निगरानी गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरिएको र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो ।
हत्यामा संलग्न समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् ।
शरदकुमार गौचनको २३ असोज दिउँसो ३ बजे काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...