अन्तत अस्ट्रेलियाले सेम सेक्स म्यारिजलाई ” एस ” भनेको छ

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
सेम सेक्स म्यारिजलाई कानुनी मान्यता दिने वा नदिने बिषयमा लामो समय देखि रहेको बिबाद अन्तत किनार लागेको छ ।  बिगत साढे दुइ महिना देखि अस्ट्रेलिया भरि गरिएको  र १२ मिलियन अस्ट्रेलियनले सहभागीता जनाएको पोस्टल भोटबाट अन्तत सेम सेक्स म्यारिजले ” एस ”  मा बहुमत प्राप्त गरेको छ । अस्ट्रेलियाको राजनीतिमा एउटा जटिल मुद्दाको रुपमा रहेको यो मुद्दामा अस्ट्रेलियन लेबर पार्टी र ग्रिन पार्टी सधै पक्षमा थिए भने सत्तासिन लिबरल पार्टीमा ठुलो मत भिन्नता देखिएको थियो र यसको विपक्षमा आबाज बलियो थियो ।  हालका प्रधानमन्त्रि मलकम टर्न्बुल यस मानेमा निक्कै नरम दिखिए र यसलाई पोस्टल भोटमा लगे ।
 भर्खरै देश भरिको पोस्टल भोटको नतिजा प्रकाशित भए पश्चात अस्ट्रेलियाक सबै मिडिया यहि खबरले छाएका छन् ।  यस अगाडी यो मत सर्वेक्षणको प्रकृया सुरु हुदै गर्दा नतिजा पक्ष या विपक्ष जे मा निस्के पनि सबै धर्म संस्कृति र समुदायका आ-आफ्ना मान्यताहरु को पुरै आदर र सम्मान गरिने  प्रधानमन्त्रि मलकम टर्न्बुलले बताएका थिए ।
आज प्रकाशित नतिजा संगै  अब यो सदनबाट पारित हुदै  कानुन बन्ने प्रक्रियामा जानेछ, भने यसलाई लामो समय देखि अधिकारको लडाईको संज्ञा दिदै आबाज उठाईरहेकाहरु ले  यसलाई आफ्नो ठुलो जित भन्दै खुसियाली मनाइरहेका छन्।  १२ मिलियन अस्ट्रेलियनले सहभागीता जनाएको यस पोस्टल भोटमा  ६१.६ प्रतिशतले ” एस ” को पक्षमा आफ्नो मत दिएको जनाईएको छ।