कांग्रेसमा संसदीय दलको निर्वाचन गर्न तीन सदस्यीय समिति गठन
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पार्टीको संसदीय दलको निर्वाचन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
१३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
समितिका बाँकि दुई सदस्यमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे रहेका छन्।
पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको गत माघ २७ गते निधन भएयता काँग्रेसको संसदीय दलको नेताको पद रिक्त छ। काँग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेद्वार हुन पाउने व्यवस्था छ। निर्वाचन समितिले पार्टीका नेताहरुसँग सल्लाह गरेर संसदीय दलको निर्वाचनको मिति तय गर्ने केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।
केन्द्रीय समितिको बैठकले पार्टीका भातृ संस्थाहरुको आगामी नौ महिनाभित्र महाधिवेशन गरिसक्ने निर्णय पनि गरेको छ। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ लगायतका काँग्रेसका भातृ संस्थाहरुको लामो समयदेखि अधिवेशन हुन सकेको छैन। नेपाल विद्यार्थी संघबाट अधिवेशन सुरु गर्ने र ६ महिनाभित्र सबै भातृ संस्थाको निर्वाचन गरिसक्ने कार्यतालिकालाई बैठकले पारित गरेको केन्द्रीय सदस्य बडुले जानकारी दिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...