झापाली समाज अस्ट्रेलियामा नयाँ कार्यसमिति

नयाँ कार्य समितिलाई कार्यभार हस्तान्तरण 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालका झापा जिल्ला घर भइ बिभिन्न पेशा ब्यबसाय अंगालेर अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका झापालीहरुको साझा संस्था झापाली समाज अस्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ ।  गत अक्टोबर २८ मा सम्पन्न सिड्नीको भेलाले आगामी कार्यकालको लागि सर्बसम्मत नयाँ नेतृत्व चुनेको छ ।  नयाँ कार्यसमितिलाई अध्यक्षको रुपमा दिपक चुडालले नेतृत्व गर्दै हुनुहुन्छ भने उपाध्यक्षमा उमेश पोखरेल(एनएसडब्लु), नेत्र पौडेल (भिक्टोरिया ) र नारायण खड्का (साउथ अस्ट्रेलिया) चयन भएका छन् । त्यसैगरि सचिवमा अशोक उप्रेती, सह सचिवमा तिर्थ खतिवडा र कोषाध्यक्षमा प्रबिण चौहान छन् । कार्यसमितिका सदस्यहरुमा नरेश उप्रेती, नवीन खनाल, सुधिर पौडेल, सागर पराजुली, नविन थपलीया, अमित श्रेष्ठ र मदन धौराली र राज कुमार गोश्वामी सर्बसम्मत चुनिएका छन् ।त्यसै गरि समाजले संस्थाका निबर्तमान अध्यक्ष दिपक खनाललाई संस्थाको संरक्षकमा मनोनयन गरेको छ।
गत ११ नोभेम्बरका साँझ एक कार्यक्रम बिच नयाँ कार्यसमितिले बिधिबत कार्यभार ग्रहण गरेको छ । नब निर्बाचित कार्यसमितिको स्वागत सहितको उक्त कार्यक्रममा स्थापना काल देखि संस्थालाई बिभिन्न किसिमले साथ सहयोग गर्ने निबर्तमान कार्यसमितिका सदस्य र अग्रजहरु सहित यहाँ रहेका झापाली हरुको उपस्थिति थियो । नेपाली राजदूतावासका प्रमुख अधिकृत राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनएसडब्लुका लागि नेपाली महाबाणिज्यदुत दिपक खडका, अन्तराष्ट्रिय  झापाली समाजका अध्यक्ष दिनेश पोख्रेल, झापाली अगुवा एबम समाजसेवी भवानी वोली, एनआरएनएका पदाधिकारीहरु को उपस्थिति थियो । उपस्थित अतिथिहरुले बिगतमा झापाली समाज अस्ट्रेलियाले गरेका बिबिध कार्यहरुको प्रंशस गर्दै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।