नेपाल आइडलका तिनै प्रतिभा अस्ट्रेलिया आइपुगे 

पहिलो कार्यक्रम क्यानबेरामा 
--  नेपाली टाईम्स अस्ट्रेलिया ?>
बहुचर्चित नेपालको टेलिभिजन शो नेपाल आइडलबाट हालै नेपाल आइडल बनेका बुद्द लामा,  रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दासलाई अस्ट्रेलियाबासी नेपालीले प्रत्यक्ष देख्न पाउने दिन अब नजिकिदै गर्दा यस समूहका सबै कलाकार अस्ट्रेलियाको क्यानबेरा आइपुगेका छन्  । २४ नोभेम्बरको साँझ  क्यानबेरामा हुने पहिलो कार्यक्रमको सिलसिलामा कलाकारहरु सिधै क्यानबेरा ओर्लेको आयोजक समुह नेपाली टचका राज के ग्वोस्वामीले  नेपाली टाईम्स अस्ट्रेलियालाई बताए ।  ग्वोस्वामीका अनुसार क्यानबेराको कर्यक्रम पछि नोभेम्बर २७ मा ब्रिसबेनमा अनि सिड्नीमा कार्यक्रम हुनेछ।
डिसेम्बर १ का साँझ  सिड्नीस्थित ओलम्पिक पार्कमा हुने बहु प्रतिक्षित कार्यक्रम सम्पूर्ण तयारीहरु पुरा भई सकेको आयोजककले जनाएको छ । हलिउड र बलिउडका भब्य कार्यक्रमहरु सम्पन्न भएका सिड्नी ओलम्पिक पार्क स्र्पोट्स सेन्टरमा यो आज सम्म कै पहिलो नेपाली कार्यक्रम  हो।  त्यसैले पनि यो एतिहासिक र सबै नेपालीहरुको लागि प्रतिष्ठाको बिषय बन्ने नेपाली टचका  दिपेश पुनले बताए।  एभरेष्ट कम्युनिकेशनको मुख्य प्रयोजनमा हुने उक्त कार्यक्रममा द नेक्स्ट र नेपिण्डो समुहले नृत्य प्रस्तुत गर्नेछ।
सांगीतिक कार्यक्रममा आज सम्मकै ठुलो उपस्थिति हुने आँकलन गरिएको यस कार्यक्रमको प्रचार प्रसारलाई पनि आयोजकले निकै तिब्र बनाएको छ र बिल्कुलै नयाँ नयाँ शैली अपनाएको छ।  जस अनुसार सिड्नीमा चल्ने ट्रेनहरु यिनका भित्तामा नेपाली झन्डा र नेपाल आइडलको पोस्टर टाँसेर गुडीरहेको देख्न पाइन्छ। सामाजिक मिडिया, पत्रपत्रिका बाहेकको नेपाली र नेपाली भाषी समुदायलाई लक्षित गरि प्रचार प्रसारको शैली आपनएको आयोजकले बताएको छ।
क्यानबेरा, ब्रिसबेन र सिड्नीको अलावा नेपाल आइडलको यो टिमले अष्ट्रेलियाका अन्य शहरहरु मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ र  डार्बिनमा समेत  डिसेम्बर २५ सम्म आफ्नो प्रस्तुतिहरु दिनेछन् । नेपाल आइडल टिमका यी सबै सांगेतिक प्रस्तुतिहरु लाई  होस्ट गर्नका लागि नेपाल आईडलका होस्ट शुशिल नेपाल पनि यति बेला अस्ट्रेलिया आइसकेका छन् ।