एनआरएनए अस्ट्रेलियाको कार्यसमितिमा विस्तार 

कार्यसमिति विस्तारको प्रेस बिज्ञप्ति अगावै असन्तुष्टहरु को बिज्ञप्ति 
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
करिब तिन महिना अगाडी निर्बाचन प्रकृयाबाट छनोट भइ कार्यभार लिएको एनआरएनए अस्ट्रेलियाको २०१७ – २०१९ को कार्यसमितिले हालै आफ्नो कार्यसमितिमा विस्तार गरेको छ। गत १९ नोभेम्बरमा सम्पन टेलीकन्फ्रेन्स बैठकले कार्यसमितिलाई विस्तार गरिएको भन्ने समाचारहरु सामाजिक संजालहरुमा देखिएको भए पनि बैठकको ३ दिन पछाडी प्रेस बिज्ञप्ति जारी गर्दै संस्थाले उक्त कुराको पुष्टि गरेको छ।  संस्थाका महासचिब नारायण कोइरालाले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार टोनु घोतानेको अध्यक्षतामा बसेको बैठकले संघको बिधानको दफा १८.२.२ अनुरुप एक पब्लिक अफिसर, एक प्रवक्ता र ४ सदस्य गरी ६ जनालाई मनोनित गरी कार्यसमितिलाई पूर्णता दिएको हो । जसअनुसार संस्थाको प्रवक्तामा डिला खरेल, पब्लीक अफीसरमा भिम खरेल तथा कार्यसमिती सदस्यहरुमा अच्युत अधिकारी, उद्धव भट्ट, परशुराम अधिकारी र मुरारी लम्साल मनोनित भएका छन्।
संस्थाको अधिकारिक बक्तब्य न आउदै बैठकमा असन्तुष्ट एबम नोट अफ डिसेन्ट लेखेका एक उपाध्यक्ष र कोषाध्यक्ष सहित अन्य सात कार्यसमिति सदस्यले  एक प्रेस बिज्ञप्ति जारि गरि बर्तमान कार्यसमिति विस्तार एकलौटी, बिधान बिपरित, सामाजिक सदभाब बिरोधि एबम समाबेशी नभएको भनि बिरोध गरेका छन् । असन्तुष्टहरु लाई  प्रतिउत्तर जस्तै लाग्ने संस्थाको बक्तब्यमा संस्थालाई बचाऊ गर्दै संस्थाको हालको सबै कदम पूर्ण बिधान सम्मत रहेको र समाबेशीताको लागि बिबिध टास्क फोर्स एबम समितिहरुमा सबै स्टेटका र महिला प्रतिनिधित्व समेत समेट्दै जाने बताइएको छ।