आखिर RGIT ले जित्यो मुद्दा 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
केहि महिना अगाडी नेपाली स्वामित्वको शैक्षिक संस्था रोयल गुर्खा इन्स्टिचियुट अफ टेक्नोलोजी (RGIT) लाई Australian Skills Quality Authority (ASQA) ले ननकम्प्यलान्स भन्दै कलेजको रजिस्ट्रेसन रद्द गर्न सम्म सकिने भनि लगाएको दोषको बिरुद्द RGIT ले सफाइ पाएको छ।
गत मे महिनामा मापदण्ड पूरा नगरेको भन्दै आरजीआईटीलाई पठाईएको निलम्बन सम्बन्धी सूचना ASQA ले खारेज गरेको थियो । अष्ट्रेलियाको शौक्षिक मापदण्ड बमोजिम काम नगरेको भन्दै निलम्बन पत्र आएपछि ASQA ले आरजीआईलाई अनुसन्धानको घेरामा राखेको थियो । त्यसपछि एक महिनासम्म चलेको अनुसन्धानमा आरजीआईटीको कुनै पनि कमजोरी भेटिएन। र, एएसक्युएले आरजीआइटीमाथि लगाएको मुद्दा फिर्ता गरेको छ ।
ASQA को निर्णयलगत्तै आरजीआईटीका प्रमूख कार्यकारी निर्देशक चन्द्र योञ्जनले भन्नुभयो, ‘ यो खबरले म लगायत  RGIT टिम अत्यन्तै हर्षित, खुशी र प्रफुल्ल भएका छौ । यो कठिन समयमा साथ दिने यस संस्थाका सबै कर्मचारीहरु, यो मुद्दाको लागि सहयोग गर्ने सबै कानुनी सल्लाहकार तथा वकिलहरु, परिवार, नातेदार, साथीहरु, विद्यार्थीहरु, शुभचिन्तक, एजेन्ट, व्यवसायिक साझेदार सबैप्रति म कृतज्ञ छु। र, सदाजसो मैले सुन्दै आउँदै गरेको र विश्वास गरेको भनाइलाई सम्झन चाहन्छु, इमान्दारिता र सत्यताले सँधै जीत हासिल गर्दछ, कहिल्यै हार्दैन जुन कुरा आज प्रमाणित भएको छ ।’ यस मुद्दाको फैसलाले आरजीआईटी एक प्रतिष्ठित र गुणस्तरीय सेवा दिंदै सही कार्यले आफ्नो लक्ष्य प्राप्तीमा दृढ रहने संस्था हो भन्ने प्रमाणित गरिदिएको छ ।