आज पहिलो चरणको निर्वाचन

काठमाडौं– आज आइतबार देशका विभिन्न ३२ जिल्लामा प्रदेश तथा प्रतिनिधिसभाका लागि पहिलो चरणको निर्वाचन सम्पन्न हुँदैछ ।
निवाचन आयोगले पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । निर्वाचनका लागि कर्मचारी आवश्यक सामाग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन् छन् भने मतदानका लागि बुथ निर्माणको काम सम्पन्न भएको आयोगले जनाएको छ ।
पहिलो चरण अन्तरगत आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । मतदानका लागि सम्पूर्ण तयारी पुरा भएको छ । कर्मचारीहरु मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप लगायत ६७ प्रकारका सामाग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् ।
पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २ सय ८२ र प्रदेशसभामा ४ सय २० जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये १ सय ११ जना निर्वाचित हुने छन् । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता रहेका छन् । मतदानका लागि २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक ४५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । मतदानका लागि विहान ७ बजे देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएइको छ । संघीय संरचना अनुसार जनप्रतिनिधिहरु चुनिँदै गर्दा मुलुकले स्थायीत्व पाउने नागरिकको विश्वास छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...