विप्लव समूहले बम आतंक मच्चाएको रक्षामन्त्रीको खुलासा

काठमाडौं– रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावको मुखमा भएका घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेताहरुलाई सरकारले विशेष निगरानीमा राखेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रक्षामन्त्री प्रधानले पहिलोपटक यस्तो खुलासा गरेका हुन् । निर्वाचन विरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको खुलासा गरेका हुन् ।
‘निर्वाचन विथोल्न खोज्ने विप्लव समूहका नेताहरुलाई नेपाल सरकारी सुरक्षा संयन्त्रले व्यापक खोजि गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्, तर खोजिकार्य जारी छ, रक्षामन्त्रीको भनाइ छ ।
मन्त्री प्रधानले सरकार अहिले विप्लव समूहसँग वार्ता गर्ने अवस्थामा नरहेको बताए । । उनले भने,‘चुनावको मुखमा हामी उहाँहरुसँग वार्ता गर्दैनौं, गरेपनि हामी चुनावपछि गर्छौं, हामी हिट एण्ड रनको पक्षमा छैनौं, यदि विप्लव समूह वार्तामा आयो भने हामी उहाँहरुको कुरा सुन्न तयार हुन्छौं ।’ संविधान ल्याउनका लागि विप्लव समूहको भूमिका भएकाले आफूहरु वार्ताका लागि तयार हुने उनको भनाई छ ।
प्रधानले मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएपछि मात्रै उक्त समूहसँग वार्तामा बस्ने त्यो भन्दा अघि वार्ता नगर्ने स्पष्ट पारे । उनले भने,‘चुनावपछि हामी उहाँहरुका माग सम्बोधन गर्छौं, अहिले वार्तामा बस्ने समय होईन र बस्दैनौं पनि ।’
आज आइतबार हुने हुने निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था गरेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न मन्त्री प्रधानले आम मतदाताहरुलाई आह्वान गरे । उनले भने,‘ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, आफ्नो अमुल्य मत दिनुहोस्, मतहाल्दा विवेक प्रयोग गर्नुहोस ।’
उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार अहिले २४ घण्टा खटिरहेको बताए । मन्त्री प्रधानले ३२ जिल्लाका निर्वाचनमा २८ हजार ८ सय ४६ नेपाली सेना खटिने जानकारी दिए । उनले भने,‘दुवै निर्वाचनका लागि ६४ हजार भन्दा बढी सेना खटिँदैछन्, त्यस्तै नेपाल प्रहरीको कुलक्षमता मध्ये ९० प्रतिशत निर्वाचनमा खटिँदैछन्, त्यस्तै हवाई अनुगमन भइरहेको छ, त्यसैले सुरक्षाको सम्पूर्ण व्यवस्था हामीले गरेका छौं ।’

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...