पहिलो चरणमा ६५ प्रतिशत मतदान

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।
आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।
आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ ।
प्राविधिक विषय भएकाले खसेको मतको निश्चित तथ्यांक आउन समय लाग्ने उनले जानकारी दिए ।
आयोगका अनुसार मतदान सम्पन्न भएका हिमाली र उच्च पहाडी ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ ।
दुर्इ मतदान केन्द्र ९रूकुम बाफीकोटको रत्न मावि ‘क’मा प्रत्यक्षतर्फको र आठबीसकोटको नेपाल राष्ट्रिय माविको ‘ख’मा समानुपातिकतर्फको मतदान पुनः हुनेछ । ती निर्वाचन केन्द्रका एक एक मतपेटिकामा एसिड हालेर जलाइएका थिए ।