महिला विरुद्ध हुने हिंसा कम गर्न पुरुषको भुमिकाको चर्चा

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
गत २५ डिसेम्बरका दिन अस्ट्रेलिया भरि नै ( व्ह्याइट रिबन डे ) White Ribbon Day का रुपमा  महिला विरुद्ध हुने हिंसा कम गर्न पुरुषको भुमिकाको बारेमा चर्चा गर्ने गर्दै मनाइयो। बिभिन्न समुदायमा हुने यस्ता खालका हिंसा बिरुद्द आबाज उठ्नु पर्ने र समुदाय बाटै सचेत हुनु पर्ने कुरा जिकिर भइ रहदा पत्रकार एबम व्ह्याइट रिबन अस्ट्रेलिया सदभाब दुत ऋषि आचार्यले महिला हिंसा बिरुद्द पुरुषको भुमिका अहं हुने भन्दै  महिला बिरुद्धको हिंसा तत्काल शुरु नहुने बरु यो विस्तारै बढ्दै जाने बताउँछन्  । VIOLENCE AGAINST WOMEN. LET’S STOP IT AT THE START क्याम्पियनमा आफ्ना कुरा राख्दै आचार्यले महिला हिंसाको चक्र उहाँहरु प्रति गरिने अनादरपूर्ण ब्यवहारबाट शुरु हुने बताएका छन्  ।
हामी हाम्रा बालबच्चाहरुलाई स्वभाव र बानी ब्यबहार प्रती साबधान गरौँउंदै उनीहरु विच सम्मान पूर्ण बाताबरणमा  कुरा गर्दै महिला बिरुद्दको हिंसा शुरु हुनु अगावै यसको रोकथाममा सहयोग पुर्याउंन सक्ने उनको सुझाब छ  । ‘ यदी हामी हाम्रा बालबच्चाहरुलाई यस्ता ब्यवहारमा क्षमा र छुट दिन्छौ वा वहाना बनाइदिन्छौ भने हामी महिला विरुद्ध हुने हिंसालाई प्रोत्सहान दिइरहेका हुन्छौ ‘ आचार्य अगाडी भन्छन् । त्यसैले महिला र पुरुष बिचमा विभेद ल्याउने घरेलु ब्यवहारहरुमा सुधार गर्दै एक अर्काबीचमा आदरपूर्ण ब्यवहारका बारेमा संबाद  शुरु गरौ ।