हुम्लामा तारा एयरको विमान दुर्घटना

सिमिकोट– हुम्लाको सिमिकोट विमानस्थलमा मंगलबार तारा एयरको विमान दुर्घटना भएको छ । आज बिहान नाइन एन–एबिएम कलसाइनको ट्वीनअटर विमान धावनमार्गमा दुर्घटना भएको हो । हुम्लाबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेका थिए ।
दुर्घटनामा मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिएका छन् दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको बताइन्ट । जहाजको नोज कुच्चिएको छ ।
विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा, को(पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।
जहाजमा चुनावमा सुरक्षाका लागि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...