एक करोड धरौटीमा छुटे चुडामणि शर्मा

काठमाडौं– विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा एक करोड धरौटीमा छुटेका छन् ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।
आदेशअनुसार एक करोड रुपैयाँ धरौटीको रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि शर्मा धरौटीमा रिहा भएका हुन् ।
कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि विशेष अदालतले जनही एक करोड धरौटी माग गरेको थियो । सो रकम तिर्न नसकेर दुवै यही मंसिर ५ गते कारागार चलान भएका थिए । ।
आयोगमा अनियमित ढंगले कर मिनाहा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।
उनीमाथि १० अर्ब २ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर मुद्दा चलाएको थियो । सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिएपछि शर्मा अख्तियारको हिरासतबाट मुक्त भई विशेष अदालतको थुनछेक बहसपछि आज धरौटीमा रिहा भएका हुन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...