एक करोड धरौटीमा छुटे चुडामणि शर्मा

काठमाडौं– विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा एक करोड धरौटीमा छुटेका छन् ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।
आदेशअनुसार एक करोड रुपैयाँ धरौटीको रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि शर्मा धरौटीमा रिहा भएका हुन् ।
कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि विशेष अदालतले जनही एक करोड धरौटी माग गरेको थियो । सो रकम तिर्न नसकेर दुवै यही मंसिर ५ गते कारागार चलान भएका थिए । ।
आयोगमा अनियमित ढंगले कर मिनाहा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।
उनीमाथि १० अर्ब २ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर मुद्दा चलाएको थियो । सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिएपछि शर्मा अख्तियारको हिरासतबाट मुक्त भई विशेष अदालतको थुनछेक बहसपछि आज धरौटीमा रिहा भएका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...