नेपाल आइडलका कलाकारहरु सिड्नीमा 

आउने शुक्रबारको कार्यक्रमको सम्पूर्ण तयारी पुरा 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
बहुचर्चित नेपालको टेलिभिजन शो नेपाल आइडलबाट हालै नेपाल आइडल बनेका बुद्द लामा, रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दास लागएत अर्की प्रतिभाशाली गायिका प्रमिला राई सिड्नी आइपुगेका छन् ।  सिड्नी एयरपोर्ट कलाकारहरु लाई स्वागत गर्न पुगेका आयोजक, ब्यबसायीहरु र स्वत स्फुर्त फ्यानहरु सँगको भेटघाट पछि नेपाल आइडलका सबै कलाकार सहितको टिमले सिड्नी र वरपर बस्ने सबै नेपाली दाजु-भाई दिदि-बैनी हरुलाई कार्यक्रममा आइ आफुहरु सबैको हौसला बढाई दिनुहुन उपस्थित मिडिया मार्फत अनुरोध समेत गरे।
डिसेम्बर १ का साँझ  सिड्नीस्थित ओलम्पिक पार्कमा हुने बहु प्रतिक्षित कार्यक्रमका सम्पूर्ण तयारीहरु पुरा भई सकेको आयोजक समुह नेपाली टचका राज के. ग्वोस्वामीले द  नेपाली टाईम्स अस्ट्रेलियालाई बताए । हलिउड र बलिउडका भब्य कार्यक्रमहरु सम्पन्न हुने  सिड्नी ओलम्पिक पार्क स्पोर्ट्स सेन्टरमा यो आज सम्म कै पहिलो नेपाली कार्यक्रम हो ।  त्यसैले पनि यो एतिहासिक र सबै नेपालीहरुको लागि प्रतिष्ठाको बिषय बन्ने आयोजकको दाबी छ।  एभरेष्ट कम्युनिकेशनको मुख्य प्रयोजनमा हुने उक्त कार्यक्रममा द नेक्स्ट र नेपिण्डो समुहले नृत्य प्रस्तुत गर्नेछ।
कार्यक्रम सुरु हुन अब २ दिन मात्र बाँकि छ, यो एतिहासिक कार्यक्रमको प्रतक्ष्यदर्शी हुन हामि कोहि नछुटौ । अनलाइन टिकटका लागि http://bit.ly/NepalIdolSydney गएर  टिकट  टिकट खरिद गर्न सकिनेछ या टिकट लगाएतका सम्पूर्ण जानकारीका लागि राजलाई  0451933051 वा दिपेशलाई 0431553629 मा सम्पर्क गर्न सकिनेछ।
क्यानबेरा र  ब्रिसबेनमा सफल कार्यक्रम प्रस्तुत गरिसकेको नेपाल आइडल समुहले  सिड्नीको कार्यक्रम पछि  मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ र  डार्बिनमा समेत  डिसेम्बर २५ सम्म आफ्नो प्रस्तुतिहरु दिनेछन् । नेपाल आइडल टिमका यी सबै सांगेतिक प्रस्तुतिहरु लाई  होस्ट गर्नका लागि नेपाल आईडलका होस्ट शुशिल नेपाल पनि यति बेला नेपाल आइडलका कलाकार हरु संगै छन्  ।
(Photo by Raj K Goswami)