घरेलु हिंसासम्बन्धी कार्यक्रम सम्पन्न

यही २५ नोभेम्बर मेल्वर्नमा दिदीबहिनी समाज भिक्टोरियाद्धारा नेपाली समुदायमा बढ्दो घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र यसका रोकथामलाई केन्द्रबिन्दु बनाएर यस कार्यक्रम गरेको थियो । मोरल्याण्ड सिटि काउन्सिलका मेयर जोन कभानाघ, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, इन टच मल्टिकल्चरल सेन्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मेनेजर रोशन भण्डारी, अष्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेन्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेन्टरका मेनेजर हिथर म्याक्लिन, मनोचिकित्सक डा अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनर शोभा लम्सालको विशेष प्रस्तुती लगायत नेपाली समुदायका अन्य विभिन्न अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले गरेका थिए भने कार्यक्रममा समापन दिदी बहिनी समाजको कोषाध्यक्ष प्रभा श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा बोल्दै मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले घरेलु हिँसा सम्बन्धि यस कार्यक्रम एकदमै सुचनामुलक रहेको र मोरल्याण्ढ सिटि काउन्सिल यस्तो उद्देश्यमुलक कार्यक्रमलाई सधै आत्मासाथ गरेर आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुमा सहभागि भएर सक्दो सहयोग गर्ने बताएका थिए ।
भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले कन्सुलेट अफिसिमा धेरैनै घरेलु हिँसाबाट पिडित दुवै महिला र पुरुषहरु आउने गरेको र नेपाली समुदायमा दिनदिनै यस्तो समस्याहरु बढ्दै गएकोमा दुःख व्यक्त गरेका थिए । पुरुषको तुलनामा भन्दा बढी महिलाहरु घरेलु हिँसाबाट पिडीत रहनुमा पितृसत्तात्मक संस्कारले निरन्तरता पाइरहेको कारण रहेको बताएका छन् । कन्सुलेट अफिसले दिदीबहिनी संस्थाको स्थापना कालदेखि नै यसको उद्देश्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका थिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...