लैंगिक हिंसा बिरुद्द हस्ताक्षर अभियान 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>

‘लैंगिक  हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने संदेशका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखि सुरु भइ सकेको छ जुन  १० डिसेम्बरमा समापन हुनेछ । हाम्रो समाजमा पनि महिला तथा बालिकाहरु आफ्नै नजिकका आफन्त, अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका धेरै घटना सार्वजनिक भैरहेका छन् । अष्ट्रेलियाको नेपाली समुदायमा पनि यहाँ रहेका महिलाहरु बिभिन्न किसिमका हिंसाबाट पिडित हुँदै आएको बेला बेलामा सुनिन्न्छ भने यस्ता धेरै घटनाहरु बिहार नै आउदैनन ।  जसले पिडित झन् पिडित हुदै जाने र पडकलाई कुनै किसिमको कारबाही वा सचेतता समेत नहुने गरेको पाईन्छ।

यसरि कुनै पनि हिंसाबाट पीडित भएका महिलाहरुको समस्या समय मै संबोधन हुनु पर्दछ,  पिडितले न्याय पाउनु पर्ने र पिडकलाई कारबाहीको दयारामा ल्याउनु पर्ने आवज बुलन्द पर्न र सरोकार वालाहरु को ध्यानाकर्षण गराउने उदेश्य सँगै १६ दिने यस अभियानलाई एक्यबद्दता जनाउदै  एनआरएनए न्यु साउथ वेल्स राज्य महिला फोरमको आयोजनामा महिला माथि कुनै पनि हिंसा नगरियोस भन्ने अवाजका साथ सामुहिक हस्ताक्षर कार्यक्रमको आयोजना गरिदैछ । ३ डिसेम्बर आइतबारक दिन मध्यान्ह १२ बजे एस्फिल्ड पार्क आइ उक्त अभियानलाई साथ दिन एनआरएनए न्यु साउथ वेल्स राज्य महिला फोरम सबैलाई हार्दिक अनुरोध गर्दछ। यसरि संकलित हस्ताक्षर एनएसडब्लुका महबणिज्यदुतलाई हस्तान्तरण गरिने पनि राज्य महिला फोरमकी संयोजक सन्ध्या शाहले बताइन।