ग्लेनफिल्डमा ओपन टिनेस २०१७ समपन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालीहरुको बाक्लो बस्ति रहेको ग्लेनफिल्ड र वरपर बस्ने नेपालीहरुका बिच हालै ओपन  टिनेस २०१७ र एक दिने फ्यामिली डे हर्शोउल्लाशका साथ समपन्न भएको छ । साउथ वेस्ट टेनिस कल्बको आयोजना र सीएस मोर्टगेजको प्रयोजनमा सम्पन्न उक्त ओपन  टिनेस प्रतियोगितालाई सन्तोष भट्टराई र राजेन्द्र कडेलले संयोजन गर्नु भएको थियो।  
पानोरमा क्लब हाउस ग्लेनफिल्डमा सम्पन्न उक्त खेलहरु बिगत २ बर्ष देखि संचालन हुदै आइरहेका छन् ।  करिब ७० जना नेपाली परिबारका सदस्यहरुको उपस्थिति रहेको उक्त प्रतियोगितामा फाइनल खेल निरज गौतम र पुरन पंगेनीका बिच भएको थियो भने गत साल कै निरन्तरता दिदै निरज गौतमले यस बर्ष पनि बिजयी भएका थिए ।  प्रतियोगितामा दोश्रो स्थान पुरन पगेनीले लिए भने तेश्रो सन्तोष भट्टराई बनेका थिए ।  प्रतियोगितामा बिजयी प्रथम खेलाडीलाई ट्रफी र १०० डलर दोश्रो लाइ ट्रफी र ५० डलर र तेश्रोलाई  समेत पुरुष्कार स्वरूप ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिता समाप्ति संगै उपस्थित नेपाली परिवार बीच खान पिन र बर्बक्युको आयोजना गरिएको थियो ।
आयोजक कल्ब को तर्फ बाट सन्तोष भट्टराईले दिएको जानकारी अनुसार आउने बर्षमा यस खेललाई अझ व्यापक बनाउदै एनएसडब्लुको जुन सुकै ठाउँमा रहेका नेपालीहरु लाई पनि प्रतियोगितामा स्वागत गरिनेछ । यहाँ रहेका नेपाली हरुको अझ ब्यापक उपस्थिति र आपसी चिनजान सहित आउने सालबाट यस प्रतियोगिता ” एसडब्लुटिसि चम्पियनसिप” को नाम बाट सम्पन्न हुने पनि भट्टराईले बताए ।