जनकको फिक्का आजदेखि सिनेमा हलमा

काठमाडौं– युवा निर्देशक जनक खड्काद्वारा निर्देशित चलचित्र ‘फिक्का’ को सार्वजनिक प्रदर्शन आज शुक्रवारदेखि प्रारम्भ भएको छ । देशभरीका करिव ५० वटा सिनेमा हलबाट उक्त चलचित्रको प्रदर्शन प्रारम्भ भएको निर्देशक खड्काले जनाएका छन् । चलचित्रमा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन् ।
चेतन सापकोटा तथा नारायण राईद्वारा संगीतबद्ध यो चलचित्र ग्रामीण क्षेत्रमा व्याप्त गरिबीको विषयवस्तुमा आधारित छ । पारिवारिक प्रेमकथालाई मूल विषय बनाइएको चलचित्र फिक्काको निर्माण नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन् । चलचित्रका प्रस्तुतकर्ता भने अजय सुनार हुन् । चलचित्र फिक्कामा एक दृष्टिविहीन युवकको पारिवारिक र प्रेम सम्बन्धलाई उतारिएको छ । जापानमा विशेष प्रदर्शन भैसकेको चलचित्र फिक्कामा रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठ ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रहेको छ ।
चलचित्रलाई सुनिल मानन्धरले वितरण गरेका हुन् । नेपालसहित बेल्जियम, स्पेन, बेलायत, बहराइनसहितका देशमा समेत यो चलचित्र प्रदर्शन हुने चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता अजय सुनारले बताएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...