निर्वाचनका लागि कडा पारिँदैछ सुरक्षा व्यवस्था

काठमाडौं– सरकारले मुलुकको सुरक्षा व्यवस्था कडा भएको दाबी गरेको छ । यद्धपि काठमाडौं उपत्यकालगायतका स्थानमा भने सुरक्षा फितलो बन्दै गएको अनुभव गरिएको छ ।
विप्लवलगायतका समूहले राजधानीसहित देशभर बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कमजोर बन्दै गएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको घर नजिकै देउवा चोकमा शुक्रबार बम विस्फोट भएपछि सरकारले सुरक्षा व्यवस्था कमजोर हुँदै गएको आँकलन गरेको छ । राजधानीलगायतका स्थानमा सुरक्षा व्यवस्था कमजोर हुँदै गएपछि हिजो शनिबार निर्वाचन केन्द्रीय कमान्ड पोस्टको बैठक बसेको थियो ।
बैठकले राजधानीलगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह प्रवक्ता नारायण शर्मा दुवाडीले सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको दाबी गरेका छन् । उनका अनुसार चेकजाँच बढाइएको छ , ठाउँ–ठाउँमा गस्ती बढाइएको छ । हालसम्म बम राख्नेमाथि कारबाही गरेको जनाए तापनि कसले बम प्रहार गरेको हो भन्ने विषयमा भने उनले कुनै जानरका दिएका छैनन् ।
अधिकांश स्थानमा विप्लव माओवादीले बम विस्फोट गराइरहँदा गृह मन्त्रालयले भने अहिलेसम्म पहिचान गर्न नसकेको जनाएको छ । बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
शुक्रबार राजधानीको विभिन्न स्थानमा बम विस्फोटका घटना बढेपछि सुरक्षा निकायले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । नाका–नाकामा सुरक्षा जाँच गरेको छ । सरकारले सिंहदरबार परिसरको सुरक्षा व्यवस्थामासमेत कडाइ गरेको छ ।
प्रहरीले हालसम्म बम विस्फोट गराउने घटनामा संलग्न ५ सय ६९ जनालाई पक्राउ गरेको जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...