वेस्टर्न सिड्नी यूनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको क्लब गठन

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
२०१७ को युनिभसिटिको डेमोग्रफिक्स अनुसार १२५४ नेपाली विद्यार्थीहरु अध्य्यन गर्ने वेस्टर्न सिड्नी यूनिभर्सिटीमा नेपाली विद्यार्थीहरु ले यसै वर्षबाट नेपाली विद्यार्थीहरुको क्लब गठन गरेका छन । Nepali Student in Western Sydney University (NIUWS ) नाम दिईएको उक्त क्लबले सके सम्म यहाँ अध्यानरत धेरै भन्दा धेरै बिधार्थीहरुलाई समेट्ने लक्ष्य लिइएको छ । गठन पश्चात कल्बले यूनिभर्सिटीमा बिभिन्न अवसरमा भएका कार्यक्रमहरु मा सहभागिता जनाइसकेका छन् जस मध्ये सेप्टेम्बर २० र अक्टोबर ४ मा भएको डाईभर्सीटी फेस्टमा कल्बले नेपाली परम्परागत नृत्य प्रस्तुत गरेको कल्ब अध्क्षय दिव्य श्री क्षेत्रीले जनाइन ।
त्यसैगरी गत नोभेम्बर २४ मा यूनिभर्सिटीमा भएको नेपाली बिधार्थीहरुको  भेलाले नेपाली बिद्याअर्थिहरु लाई  पर्न सक्ने असहज परिस्थितिमा तिनलाई सक्दो सहयोग गर्ने, यूनिभर्सिटीमा अन्तराष्ट्रिय बिधार्थीहरु का लागि उपलब्ध हुन सक्ने बिबिध श्रोत साधनको बढी भन्दा उपयोग गर्न सकिन्छ र अध्यनरत बिधार्थीहरु का सीप र दक्ष्यतालाई अस्ट्रेलियाको श्रम बजारमा उपायोग गर्ने खालको जानकारी मुलक कार्यक्रमहरु र अन्तरकृयाको आयोजना गर्दै लाने कुरा निर्णय भएको छ । यसै गरि कल्बले सिड्नीमारहेका नेपाली समुदाय र बिबिध संघ संस्थाहरु संग मिलि नेपाली समुदायमा हुने बिबिध कार्यक्रमहरु मा सक्रिय सहभागिता जनाउने पनि निर्णय गरेको छ । कल्बले सम्पर्क गर्न नपाएका यहाँ अध्यानरत सबै साथीहरु ले कल्बको फेसबुक पेज https://www.facebook.com/NepaliUWS/?ref=br_rs  मार्फत या कल्ब अध्क्षय दिव्य श्री क्षेत्री 0426 387 677 मार्फत सम्पर्क गरि क्लबका गतिबिधिहरु बारे जानकारी लिन या सम्पर्कमा रहन अनुरोध गरिएको छ।