लैंगिक हिंसा बिरुद्द सिड्नीमा हस्ताक्षर 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
‘लैंगिक  हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने संदेशका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान ( २५ नोभेम्बर देखि  १० डिसेम्बर)  अन्तर्गत यस अभियानलाई एक्यबद्दता जनाउदै  एनआरएनए न्यु साउथ वेल्स राज्य महिला फोरमको आयोजनामा महिला माथि कुनै पनि हिंसा नगरियोस भन्ने अवाजका साथ सामुहिक हस्ताक्षर कार्यक्रमको समपन्न भएको छ । गत डिसेम्बर ३ का दिन एस्फिल्ड पार्कमा आइ स्वतस्फुर्त आएका नेपाली दाजु-भाई, दिदि-बैनीहरु ले नेपाली समुदायको संख्यात्मक बृद्धिसँगै विभिन्न प्रकारका हिंसासमेत भएका कारण यस्तो कुरामा जिरो टोलेरेन्स हुनु पर्ने माग गर्दै हस्ताक्षर गरेका थिए ।  नेपाली समुदायका अग्रजहरु एआरएनए अस्ट्रेलिया लगाएत यहाँ कार्यरत बिबिध संघ संस्थाका प्रतिनिधीहरु को बाक्लो सहभागिता रहेको उक्त  कार्यक्रममा संकलित हस्ताक्षर एनएसडब्लुका महबणिज्यदुत दिपक खड्कालाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको समापन गर्दै छोटो समयको सूचनामा एनआरएनए न्यु साउथ वेल्स राज्य महिला फोरमको यो अभियानमा सहभागिता जनाउन आउनु भएका सबैलाई कार्यक्रम संयोजक एबम एनआरएनए न्यु साउथ वेल्स राज्य महिला फोरमकी संयोजक सन्ध्या शाहले धन्यवाद दिदै आगामी दिनहरुमा पनि सबैको सहयोग र सदभाबको लागि अनुरोध गरिन ।  शाहले नेपाली समुदायमा हुन सक्ने कुनै पनि लैंगिक हिंसा बिरुद्द संस्थागत रुपमा आफुहरु सधै खबरदारी गरिरहने बताइन्।