मेलवर्नको मौसमलाई च्यालेन्ज गर्दै नेपाल आइडलको बेजोड प्रस्तुती

शुक्रवारदेखि पानी लगातार परिरहेकोले मेल्वर्नको मौसम आइतबारपनि खुल्न सकिरहेको थिएन । मौसम चिसो थियो, पानि परिरहेको थियो, हावा चलिरहेको थियो तर पनि कार्यक्रम रद्द भएन र नेपाल आइडलको फ्यानहरु ज्याकेटबिना नै भएपनि कार्यक्रम हेर्न आए । स्मार्ट एसेसको आयोजना र कडेँल कन्सल्टेन्सिको प्रायोजनमा भएको नेपाल फेस्ट २०१७ हिजो ३ डिसेम्बरका दि ब्याटम्यान रोयल कोबोर्गमा सम्पन्न भएको थियो ।
नेपाल आइडल कार्यक्रमका सन्चालक शुशिल नेपालको सन्चालनमा आफ्नो प्रस्तुती दिएका नेपाल आइडल २०१७ बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनरअप प्रताप दास र त्यसैगरी टप ५मा पर्न सफल प्रमिला राइले आफ्नो बेजोड प्रस्तुती दिएका थिए । सिड्नीको गर्मी अनुभव गरेर आएका उनीहरुले मेल्वर्नमा चिसा भएपनि दर्शकको मायाले न्यानो बनाएको कुरा स्टेजबाट बताउँदै यतिधेरै माया र आर्शिर्वादको लागि धेरैधेरै धन्यवाद दिएका थिए ।
त्यसैगरी कार्यक्रममा ए मेरो हजूर २को निर्मात्री झरना थापाको आफ्नो फिल्म प्रमोसनको लागि छोटो उपस्थिती रहेको थियो । सोही फिल्मको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि कार्यक्रममा आउने कुरा रहेको थियो तर अचानक अस्वस्थ भएपछि कार्यक्रममा उपस्थित हुन नसकेको आयोजकले बताएको थियो ।
कार्यक्रमको प्रतिक्रिया दिने क्रममा दर्शकहरुले नेपाल आइडलहरुको प्रस्तुती एकदमै मनोरन्जनात्मक रहेको र धेरै रमाइलो गरेपनि कार्यक्रम आयोजनामा धेरै कमिकमजोरी र त्रुटीहरु रहेको बताएका छन् । यती ठूलो कार्यक्रम गर्दा केही कमिकमजोरी र त्रुटीहरु अवश्य हुने तर पनि अर्को कार्यक्रम गर्दा यी कमिकमजोरी र त्रुटीहरुलाई विचार गर्ने र साथै कार्यक्रम सफल बनाइदिएकोमा समस्त दर्शकहरु, आर्टिस्ट, स्वयंमसेवक, स्पोन्र्सर लगायत सबैजनालाई स्मार्ट एसेसको निर्देशक विभूण जोशीले धन्यवाद दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...