मेलवर्नको मौसमलाई च्यालेन्ज गर्दै नेपाल आइडलको बेजोड प्रस्तुती

शुक्रवारदेखि पानी लगातार परिरहेकोले मेल्वर्नको मौसम आइतबारपनि खुल्न सकिरहेको थिएन । मौसम चिसो थियो, पानि परिरहेको थियो, हावा चलिरहेको थियो तर पनि कार्यक्रम रद्द भएन र नेपाल आइडलको फ्यानहरु ज्याकेटबिना नै भएपनि कार्यक्रम हेर्न आए । स्मार्ट एसेसको आयोजना र कडेँल कन्सल्टेन्सिको प्रायोजनमा भएको नेपाल फेस्ट २०१७ हिजो ३ डिसेम्बरका दि ब्याटम्यान रोयल कोबोर्गमा सम्पन्न भएको थियो ।
नेपाल आइडल कार्यक्रमका सन्चालक शुशिल नेपालको सन्चालनमा आफ्नो प्रस्तुती दिएका नेपाल आइडल २०१७ बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनरअप प्रताप दास र त्यसैगरी टप ५मा पर्न सफल प्रमिला राइले आफ्नो बेजोड प्रस्तुती दिएका थिए । सिड्नीको गर्मी अनुभव गरेर आएका उनीहरुले मेल्वर्नमा चिसा भएपनि दर्शकको मायाले न्यानो बनाएको कुरा स्टेजबाट बताउँदै यतिधेरै माया र आर्शिर्वादको लागि धेरैधेरै धन्यवाद दिएका थिए ।
त्यसैगरी कार्यक्रममा ए मेरो हजूर २को निर्मात्री झरना थापाको आफ्नो फिल्म प्रमोसनको लागि छोटो उपस्थिती रहेको थियो । सोही फिल्मको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि कार्यक्रममा आउने कुरा रहेको थियो तर अचानक अस्वस्थ भएपछि कार्यक्रममा उपस्थित हुन नसकेको आयोजकले बताएको थियो ।
कार्यक्रमको प्रतिक्रिया दिने क्रममा दर्शकहरुले नेपाल आइडलहरुको प्रस्तुती एकदमै मनोरन्जनात्मक रहेको र धेरै रमाइलो गरेपनि कार्यक्रम आयोजनामा धेरै कमिकमजोरी र त्रुटीहरु रहेको बताएका छन् । यती ठूलो कार्यक्रम गर्दा केही कमिकमजोरी र त्रुटीहरु अवश्य हुने तर पनि अर्को कार्यक्रम गर्दा यी कमिकमजोरी र त्रुटीहरुलाई विचार गर्ने र साथै कार्यक्रम सफल बनाइदिएकोमा समस्त दर्शकहरु, आर्टिस्ट, स्वयंमसेवक, स्पोन्र्सर लगायत सबैजनालाई स्मार्ट एसेसको निर्देशक विभूण जोशीले धन्यवाद दिएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...