संजिव पराजुलीको सपना सार्बजनिक

भिडियो सहित 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
गायक संजिव पराजुली, रचनाकार होमनाथ न्यौपाने र संगीतकार दीपक भट्टराईको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन् भने संगीतकार दीपक जापानमा बस्छन । गीतकार होम भने नेपालमै बसोबास गर्छन । संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौ सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिईसकेका छन् ।
‘हिट गीत नाई मलाइ थाहा छैन’ मार्फत परिचय फैल्याउन सफल गायक संजिवको यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीत संगीतमा भने यी तिनैले आफुलाई एकै बनाएका छन् । सार्वजनिक ’त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा त्यो सपना, २ मा पहिलो भेटैमा, ३ मा हिट हिट गीत, ४ मा मेरी मायालु र ५ मा बेदनाले संग्रहित छन् ।
गीतमा संजिवको एकल स्वर रहेको छ भने उनलाई ‘पहिलो भेटैमा’ बोलको गीतमा गायिका  टीका प्रसाईंले साथ दिएकी छन् भने ‘हिट हिट गीत ’ बोलको गीतमा र्यापर मि.प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २ ), गोपाल रसाइली (ट्रयाक ३) र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ’त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ ।