गगन थापामाथि बम आक्रमण

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापामाथि सोमबार बम आक्रमण भएको छ । चुनावी अभियानमा रहेका थापाको टोलीमाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको हो ।
थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।
काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलोका क्रममा उनी माथि बम आक्रमण भएको हो ।
तस्बिर : अनलाइनखबर