मौन अवधि प्रारम्भ

काठमाडौं—दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ४५ जिल्लामा गए राति १२ बजेदेखि मौन अवधि प्रारम्भ भएको छ । दल, उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यमलगायत कुनै व्यक्ति या संस्थाहरुले गए राति १२ बजेपछि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ । चुनाव प्रचारको अन्तिम दिन हिजो सबै दल र उम्मेदवारले आफ्नो अन्तिम चुनावी सभा गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...