डेजाभूमा प्रस्तुत हुँदैछन् गायक नविन के भट्टराई

काठमाडौं– लोकप्रिय पप गायक नविन के भट्टराई काठमाडौंमा आयोजना हुने एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पुस १ गते शनिवार दरबारमार्गस्थित क्लब डेजाभूमा आयोजना हुने ‘एनकेबी भाइब्स’ शीर्षकको सांगीतिक कार्यक्रममा गायक भट्टराई अतृप्त ब्याण्डसंगै लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेका हुन् ।
साँझ ७ बजेपछि प्रारम्भ हुने उक्त कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने आयोजक संस्था टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले जनाएको छ । गायक भट्टराई आवद्ध अतृप्त ब्याण्डमा भने चार जना संगीतकर्मी छन् । ब्याण्डमा प्रभात रिसाल ड्रमरको रुपमा छन् भने धिरज क्षेत्री ब्याक भोकल तथा रिदम गिटारिष्टको रुपमा आवद्ध छन् । भाष्कर राज घिमिरे लिड गिटारिष्टको रुपमा आवद्ध ब्याण्डमा चन्दन दर्शनधारी बास गिटारिष्टको रुपमा सक्रिय छन् ।
गायक भट्टराईको लाइभ कन्सर्ट लगत्तै क्लबमा डिजे सेसन सञ्चालन गरिने आयोजक संस्थाका प्रमुख एसराज गराचले जनाएका छन् । डिजे शिशिर तथा गायिका बबिता मानन्धर डिजे सेसनको आकर्षणको रुपमा रहने छन् भने डिजे रोलिङ तथा डिजे आशिक पनि डिजे सेसनमा सहभागि हुनेछन् । कन्सर्टमा ओसिन सिटौला उद्घोषिकाको रुपमा रहने कन्सर्टका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले जनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...