निर्वाचन सुरक्षा प्रभावकारी बनाउन आग्रह

काठमाडौं– भोलि बिहिबार सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन स्कोप नेपालले आग्रह गरेको छ ।
दोस्रो चरणमा निर्वाचन हुने विभिन्न जिल्लाको अनुगमनपछि स्कोप नेपालले मतदाताको सुरक्षा र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रभावकारी बनाउनु आवश्यक रहेको जनाएको हो ।
पहिलो चरणको निर्वाचनपछि सुरक्षा चुनौति थप बढेको उल्लेख गर्दै स्कोप नेपालले उम्मेदवार र चुनावीसभा मात्रै नभएर सर्वसाधारणलाई समेत बमको निशाना बनाइएकोले मतदातामा त्रासको वातावरण रहेको जनाएको छ ।
विष्फोटको श्रृङखलाले जनजीवन प्रभावित पारिरहेको भएपनि सरकारले प्रभावकारी कदम अपनाउन नसकेको स्कोप नेपालले बताएको छ । निर्वाचनको समयमा गृह मन्त्रालय जस्तो मुख्य मन्त्रालयमा मन्त्री नियुक्त हुन नसक्नुले व्यावहारिक रुपमा निर्वाचन सुरक्षाको समन्वयमा थप कठिनाइ भएको स्कोप नेपालको ठहर छ ।
कमजोर सुरक्षा व्यवस्था र त्रासपूर्ण वातावरणले निर्वाचनको स्वच्छतामाथि नै प्रश्न उठ्ने भएकोले निर्वाचन आयोग, सरकार र अन्य सरोकारवालाहरुले तत्काल सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्कोप नेपालले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...