अभिभाबकको लागि बनभोज कार्यक्रम आयोजना गरिदै 

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
आफना सन्तानहरु भेट्न र घुमघामका लागि नेपाल देखि अस्ट्रेलिया आई सिड्नी वरपर रहनु भएका अभिभाबकहरुको सम्मानमा एनआरएनए अस्ट्रेलिया न्युसाउथ वेल्स समितिले एक दिने घुमघाम सहितको बनभोज कायर्क्रमको आयोजना गर्दैछ । गत साल निक्कै सफल र ठुलो संख्यामा अभिभाबकहरु सहभागी रहेको जस्तै यस पटक पनि धेरै भन्दा धेरै अभिभाबकहरु को जमघट हुने कुरामा आफुहरु बिश्वस्त रहेको एनआरएनए न्युसाउथवेल्स समितिका संयोजक नन्द गुरुङले बताए।
आउदो शनिबार १६ डिसेम्बरका दिन बिहान ६. ३० देखि साँझ ५  बजे सम्मको उक्त कार्यक्रमका लागि भिन्न ११ स्थानबाट बसहरु छुट्ने छन् ।  करिब ३ घण्टा परको अंगुर फारमको रुपमा परिचित हन्टर भ्याली सम्मको यात्रा तय गर्दै बिबिध मनोरंजानात्मक कार्यक्रमहरु सहितको उक्त कार्यक्रममा सहभागी हुनका लागि सबै अभिभाबक र तिनका नजिकका इस्टमित्रहरु ले फर्म भरि एनआरएनएलाई बुझाउन अनुरोध गरिएको छ।  यस सम्बन्धि सम्पूर्ण जानकारीका लागि माथि पोस्टरमा देखिएका व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।