जीवनको अर्को सचित्र ‘कोरा’ नाटक
नेपाली नाट्य विधालाई हालको अवस्थामा ल्याईपुराउनुमा गुरुकुलको छुटै योगदान छ । बिगतदेखि अहिलेसम्मको इतिहासलाई हेर्ने हो भने नेपालमा पछिलो समयमा युबाहरू नाटक तर्फ निकैनै आकर्षित भएको पाइनछ । काठमाडौं उपत्यकामा मात्र नभएर नेपालका विभिन्न सहरहरूमा नाटकघरहरू बन्ने क्रम निरन्तरछ । यसैबाट पनि थाहा हुन्छ कि हाल नेपाली नाट्य विधाले राम्रो बातावरण मात्र नभई उर्जाशिल युवा र युवतीहरू पनि पाएको छ । अझ युवतीहरू संख्यात्मक रुपमा युवाभन्दा कम्ती नै पाइन्छ कलाकारीतामा मात्र नभएर निर्देशकीयमा पनि । यस अवस्थालाई केहि मात्रामा भएपनि परिपूर्ति गर्ने जमर्को लुनिभा तुलाधरले गर्नुभएको छ ‘कोरा’ नामक नाटकलाइ निर्देशन गरेर ।
‘कोरा’को बारेमा
तिब्बती शरणाथी तेन्जिङ सुण्डुको कबिता कृती कोरामा आधारित नाटक हो यो । यस नाटकमा सुण्डुका ४ वटा कबितालाई जोडेका छन् । क्षितिज, शरणार्थी, मुम्बईमा तिब्बती र निर्वासन घर गरेर ४ कबिताहरू हुन । यो नाटकले तिब्बती शरणार्थीहरूको संघर्षपूर्ण यात्रा, जीवनशैली र बिस्थापनको पीडादायी कथा भन्छ । नेपाल र भारतमा बिस्थापन भएर अनागरिक झैं बाचिरहनुको पिडा, डर र एक दिन घर फर्कने आशाबीच नाटकको कथा बुनिएकोछ ।
सिल्पी नाटक घरमा जे देखियो
ढोकाबाट भित्र पस्ने बितिनै केहि दर्शकहरूको गुन–गुन आवाज पछाडि सुनिन्छ । अगाडि स्टेज बाहेक केहिपनि छैन मात्र अन्धकार । बिस्तारै दर्शक तर्फको लाइट मधुरो हँुदै जादा स्टेजमा एक प्रस्तोता देखापर्छिन् । खासै धेरै भूमिका नबाधि ‘कोरा’ नाटकको शुरुवात हुन्छ । नाटकमा भरिएका ध्वनि (संगीत ) र कलाकारहरूका अभिनयहरू वास्तबमा नङ्ग र मासु जस्तै अभिन्न थिए । सबै दर्शकहरू मन्त्रमुग्ध भइ हेरिरहेका थिए त कतै–कतै खित्का छोडेर हास्न पनि पछि परेनन् । सबै दर्शकहरू हाँस्दै गर्दा तुरुन्तै स्तब्द बनाउने कथालाई जीवन्त दिने कलाकारहरूको तारिफ सायदै कमै होला ।
निर्देशकीय
मैले यो कबिता कारीब १० बर्ष अघि पढ्न पाएको थिए । त्यतिखेर मलाई यो कबिता कृति मन पर्नुको कारण छ जस्तो लाग्छ । काठमाडौंमा म जहाँ जन्मिए, मलाई सानैदेखि यो ठाउँ मेरोहो जस्तो लागेन । साथीहरूसँग पनि आफनो महसुस गर्न सकिन । मभित्र भएको त्यो मनोबिज्ञानले यो कबितासँग सम्बन्ध बनायो जस्तो लाग्छ । ती शरणार्थीहरू जो अनागरिक भएर बिल्लकुल फरक सस्कृत र समाजको बीचमा संघर्ष गरेर बाँच्न बाध्य छन् । बिषय राजनीतिक छ तर कबिताले उठाएको मानबीय सम्बेदनाले मलाई यो कृति माथि काम गर्न मन लाग्यो । मैले एक्टर्स स्टुडियोमा क्लास लिएपछि क्लास प्रोड्क्सनको रुपमा यो कृति माथि नाटक बनाएको थिए । नाटकमा दयाहाङ राई, आसान्त शर्मा, रबिन पाण्डे आदिले अभिनय गरेका थिए । पुरानै टिमलाई लिएर यो नाटक फेरी मञ्चन गर्ने अवस्था रहेन । एक दूर्घटनामा रबिनको मृत्यु भयो । अरु साथीहरूपनि आ–आफनो काममा ब्यस्त भए ।
सिल्पी थिएटरको आठौं ब्याचका विद्यार्थीहरूलाई क्लास लिने क्रममा नयाँ नाटक गर्ने कुरा भयो । निर्देशकको जिम्मा मेरो भागमा पर्याे । ‘कोरा’ मेरो मनमा बसेको नाटक थियो । त्यसैले अनुभबी र केहि नयाँ कलाकारहरूलाई लिएर यो नाटक तयार गरेको छु । कलाकारहरूले डेढ महिना भन्दा बढी मेहनत गरेकाछन । नाटकमा प्रयोग भएका पोसाक तथा मञ्च सज्जा सामाग्रीहरू सबै कलाकारहरू आफैले तयार गरेका हुन । आनुबाद्, संगीत र नाटक उत्पादनमा सहयोग गर्ने सबैप्रति आभारी छु । यो सबैकुरा मिलाईदिने शिल्पी परिवारलाई बिशेस धन्यवाद ।
लुनिभा तुलाधर
निर्देशक
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...