अनेसासले जुटायो गजलको माहोल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरले हालै एक फरक खालको सङ्गीतमय कार्यक्रम सम्पन्न गरेको छ । सिड्नीमा रहेर बिभिन्न पेशा ब्यबसाय मा रहेका आठ जना साहित्य पारखीहरु र नेपालका लोक प्रिय गायक राज सिग्देललाई एकै मंचबाट गजल बाचन र समुधर गायन सहितको कार्यक्रम सम्पन्न भएको छ।
गत मार्च १० को साँझ सिड्नीको इन्गल्बर्नमा रहेको कालापानी नेपाली रेष्टुरेन्टमा सम्पन्न सो कार्यक्रम जितेन्द्र मल्ल, निस्प्रभ सजी, सुरेन्द्र दवाडी, महेश्वर शर्मा, बुद्धिसागर दवाडी, अस्मित रेग्मी, राहुल अर्याल र छत्रबहादुर धामी लगाएतका साहित्यकारहरु ले आ-आफ्ना मधुर रचनाहरु वाचन सहित शुरु भएको थियो भने कार्यक्रममा नेपाली सुगम संगीतका नक्षत्र राज सिग्देलले आफ्ना चर्चित गीतहरू ले श्रोता दर्शकको मन जितेका थिए।

अनेसास न्यू साउथ वेल्स च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको स्वगत भाषण बाट सुरु भएको सो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र साहित्य एबं गजल प्रेमी मनहरु को बाक्लो उपस्थिति थियो । संस्थाकी महासचिब भावना पराजुलीले संचालन गरेको सो कार्यक्रममा पराजुलीलाई महिमा दीप फुल्लेलले साथ दिएकी थिइन् भने सिड्नीकी गायिका सुजाता उपाध्याय र गयकहरु ईश्वर पोखरेल र केदार बरूवालले समेत राज सिग्देललाई गायनमा साथ दिएका थिए । द नेपाली टाईम्स अष्ट्रेलिया संग कुरा गर्दै माहासचिब पराजुलीले सानो समयको तयारीमा संस्थाले यो कार्यक्रम सम्पन्न गर्न सकेकोमा कार्यक्रम प्रयोजन गरेर सहयोग गर्ने सबै सहयोगीहरु र संस्थाका सबै पदाधिकारी, शुभचिन्तकहरु लाई धन्यवाद व्यक्त गरिन।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...