पेशालाई सस्तो होइन मर्यादित बनाऊँ

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : मङ्लबार, साउन १, २०७५

सामाजिक संजालमा अष्ट्रेलियामा समग्रमा  नेपालीहरुले अपनाउने व्यवसायलाई विविध, सेवामुखी र मर्यादित बनाउने प्रसङ्ग चलिरहँदा कहिलेकाहीँ मानिसहरुलाई अगुल्टो हानेको कुकुर बिजुलीदेखि चम्केजस्तो हुन पुग्छ  । यस्ता  प्रसङ्ग उठ्दै गर्दा कसैले बिषयबस्तुलाई आँफैसंग जोडेर आँफू सेवाग्राहीको रुपमा व्यवसायीहरु बाट पिडित भएको पीडा पोख्ने गर्दछन त केहि व्यवसायीहरु बिषय बस्तुको सम्बेदनशिलता नै नबुझी  हतार मै यस्तो प्रतिक्रिया दिन पुग्छन्  । “पिडित भएको भए सम्बन्धित निकायमा उजुर गर्नु, फेसबुके छलफलमा समय बर्बाद नगर्नु ।” यो केवल एउटा सानो उदाहरण मात्र हो जसले हामी ग्राहक मैत्री व्यवसाय अपनाउने मामिलामा सम्बेन्दनशील छैनौं ।

आजकल ठूला व्यवसायीहरुले आँफूले प्रदान गर्ने सेवाबाट सेवाग्राहीहरु कत्तिको सन्तुष्टि छन् भन्ने  ग्राहक सर्वे गर्ने गर्दछन, र प्राप्त सुझाब र सल्लाह अनुसार आफ्नो कार्यशैलीलाई आवश्यक सुधार गर्दछन् र त कडा प्रतिष्प्रधात्मक बजारमा टिक्न सफल हुन्छन् ।

हामी व्यापारी हौं कि व्यवसायी हौं ? आफ्नो वृत्ति बिकास गर्नका लागि जुन सुकै पनि व्यवसाय गर्नु हामी सबैको नैसर्गिक अधिकार हो । व्यवसाय र व्यवसायिक सफलता ईश्वरको बरदान होइन यो त कठिन परिश्रमको फल हो ।  कुनै पेशालाई केवल कानुनले रेगुलेट  गर्दछ र गर्नु पर्छ भन्ने होइन यसलार्ई मर्यादित र ग्राहकमैत्री बनाउन एक व्यवसायीले थुप्रै कुराहरु मा ध्यान दिनु जरुरी छ । त्यसैले होला आजकल ठूला व्यवसायीहरुले आँफूले प्रदान गर्ने सेवाबाट सेवाग्राहीहरु कत्तिको सन्तुष्टि छन् भन्ने  ग्राहक सर्वे गर्ने गर्दछन, र प्राप्त सुझाब र सल्लाह अनुसार आफ्नो कार्यशैलीलाई आवश्यक सुधार गर्दछन् र त कडा प्रतिष्प्रधात्मक बजारमा टिक्न सफल हुन्छन् ।  आफ्नो सेवाबाट ग्राहकको सन्तुष्टि  पेशालाई मर्यादित बनाउने कुरा मानिस फगत नियम र कानुन संग मात्र जोडेर हेरिदैन त्यो त अन्तिम उपाय भने  हुन सक्छ ।  जहाँसम्म ग्राहकबाट सामाजिक संजालमा पोखिएका असन्तुष्टि र व्यवसायीबाट प्रदान गर्ने  न्यूनस्तरिय सेवाको कुरा छ त्यसमा कुनै एकलाई मात्र दोष दिएर पन्छिन मिल्दैन ।

ग्राहकले एउटा गुणस्तरीय सेवा नपाउनुमा सबै व्यवसायीलाई एउटै बास्केटमा राखेर हेर्न नमिल्ने कुरा लामो समयसम्म अध्यागमन व्यवसायमा आबद्ध सन्जिब पाण्डे बताउँछन् । हो यहाँनेर केहि व्यवसायीहरु ले नियम कानुन र आचार संहिताको व्यापक दुरुपयोग गर्दै समग्र व्यवसायलाई नै दुषित गराउने पनि छन् । तर ग्राहकहरु पनि कहिले काहिँ गुणस्तरीय सेवा भन्दा पनि सटकटतिर ध्यान दिने हुँदा अन्तत्वगत्व व्यवसायी, व्यवसाय र सेवाग्राही सबैलाई प्रत्युत्पादक बन्न पुगेको कुरा सन्जिब पाण्डे स्वीकार्छन् ।

इन्टरनेशनल स्टुडेन्टहरुमा तेस्रो ठूलो श्रोत नेपाली बिद्यार्थीहरु रहेका छन् । गत मार्च २०१८ को तथ्याङ्क अनुसार करिब ३० हजार नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संघ संस्थाहरुमा अध्यनरत देखिन्छ जुन चीन र भारत पछि नेपाली विद्यार्थी को स्थान आउँछ ।

अष्ट्रेलियामा नेपाली समुदायमा व्यवसाय गर्ने र गर्न चाहने धेरै देखिन्छन् । व्यवसायमा दखलता हाँसिल गर्ने क्षमता राख्ने मात्र होइन तुलनात्मक रुपमा कडा  परिश्रम गर्ने र इमान्दार  पनि छन् । यति हुँदाहुँदै पनि हाम्रो समुदायले अप्नाउने व्यवसायले व्यापकता र  विविधता अपनाउन नसकेको देखिन्छ । एक त नेपाली समुदाय ठूलो  भए पनि पहिलो व्याचमा अष्ट्रेलिया झरेर सेटल भएका नेपालीहरु प्रायः प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा एकअर्कालाई चिन्दछन् । अनि उनीहरु आँफुले चिनेको मान्छेले  जे व्यवसाय गर्यो त्यसै कपि गर्न सजिलो मान्छन्  त्यसै गर्दछन् । त्यो पनि नेपाली समुदायलाई नै लक्षित गरि । किन कि मूल धार अष्ट्रेलियन समुदायलाई लक्षित गरि नयाँ व्यवसाय अप्नाउने जोखिम उनीहरु मोल्न तयार हुँदैनन् ।  यसो गर्दा साँगुरो क्लाईन्ट बेश  भएको व्यवसाय र आँफू–आँफू मै प्रतिष्प्रधा गर्नुपर्ने स्थितिका कारणले एकले अर्कासंग अस्वस्थ प्रतिष्प्रधा गर्न पुग्छन् । यस्तो खाले प्रतिष्प्रधा व्यवसायीलाई आत्मघाती हुन जान्छ ।  जसले गर्दा उनीहरुको उचित वृत्ति बिकास गर्न मुश्किल पर्छ भने अर्को तिर प्रतिष्प्रधाको क्षणिक फाइदा लिन सफल सेवाग्राहीहरुलार्ई पनि  गुणस्तरीय सेवाबाट बञ्चित हुन पुग्छन् ।  नेपालीहरु ले गर्ने व्यवसाय औलामा गन्न सकिन्छ, शैक्षिक परामर्शदाता, रेस्टुरेन्ट, शैक्षिक संस्था, रेमिटेन्स, ट्राभल एजेन्सी, ग्रोसरी पसल, रियल  स्टेट, मोर्टगेज, अध्यागमन एजेन्ट  आदि आदि ।

अष्ट्रेलियामा नेपाली समुदाय अब सानो र नयाँ समुदायको रुपमा रहेन । नेपालीहरु द्रुत गतिमा बढेको समुदाय मात्र होइन अष्ट्रेलियाको अर्थतन्त्रमा तेश्रो ठूलो आय श्रोतको आधार पनि हो ।  इन्टरनेशनल स्टुडेन्टहरुमा तेस्रो ठूलो श्रोत नेपाली बिद्यार्थीहरु रहेका छन् । गत मार्च २०१८ को तथ्याङ्क अनुसार करिब ३० हजार नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संघ संस्थाहरुमा अध्यनरत देखिन्छ जुन चीन र भारत पछि नेपाली विद्यार्थी को स्थान आउँछ । करिब १९९० देखि आजसम्म विद्यार्थीका रुपमा प्रवेश गरि स्थायी बसोबास गर्ने नेपालीहरुको संख्या पनि एक लाखमाथि पुगेसकेको छ । बहुसांस्कृतिक अष्ट्रेलियामा विद्यार्थी भर्नामा अप्नाइने यो  सहजताले के देखाउँछ भने दीर्घ कालमा यहाँको अर्थतन्त्रलाई जीवित राख्न आप्रवासीहरु त्यसमा पनि दक्ष आप्रवासीहरुको वृद्धिमा सरकारले उच्च महत्व देखाएको देखिन्छ ।

जब हामी आफ्नो अध्ययन,  व्यापार, व्यवसाय र आफ्नो जीविकोपार्जनका लागि आफ्नो समुदाय भित्रको साँगुरो घेराभन्दा बाहिर जान सक्छौं तब मात्र हाम्रो व्यवसाय गर्ने शैली अरु बढी स्तरीय हुन सक्छ र मूलधार व्यवसायमा हामी प्रतिष्प्रधी बन्न सक्छौं ।

यति धेरै विविधता र अवसरबाट सम्पन्न मुलुक अष्ट्रेलियामा द्रुत गतिमा बढेको नेपाली समुदायमा हामीले अप्नाउने व्यवसाय र प्रदान गर्ने सेवामा अपेक्षित  दायरामा बिस्तार गर्न तथा आफ्नो सेवा  मूलधारका ग्राहकहरु समक्ष पुर्याउन सकेजस्तो देखिदैन ।

अष्ट्रेलियामा नेपालीहरु को आगमनको प्रमुख प्रवेशद्वार भनेको उच्च शिक्षा नै हो । शैक्षिक परामर्श दाताहरु त्यसका प्रमुख सम्बाहक हुन् । नयाँ आउने विद्यार्थीहरुलार्ई परामर्श दिने क्रममा परामर्श दाताहरु लाई अष्ट्रेलियामा व्यवसायमुखी बिषयहरु को व्यापक खोज गरि त्यसै अनुरुप परामर्श तथा करियर काउन्सिलिङ्ग  गर्नु पर्ने देखिन्छ । हालसम्मको आकडा हेर्दा  नेपाली विद्यार्थीहरु बिशेष गरि आइ टि, एकाउन्टिङ्ग र नर्सिङ्गको दायराभन्दा बाहिर खासै  जान सकेको देखिदैन । जब हामी आफ्नो अध्ययन,  व्यापार, व्यवसाय र आफ्नो जीविकोपार्जनका लागि आफ्नो समुदाय भित्रको साँगुरो घेराभन्दा बाहिर जान सक्छौं तब मात्र हाम्रो व्यवसाय गर्ने शैली अरु बढी स्तरीय हुन सक्छ र मूलधार व्यवसायमा हामी प्रतिष्प्रधी बन्न सक्छौं । हाम्रो लगनशिलता, इमान्दारिता र कठिन परिश्रम गर्ने स्पिरिटले हामीलाई अरु अगाडि बढ्न मद्दत गर्दछ । यो कर्मभूमिमा  एकताको सुत्रमा बाँधिएको नेपाली समुदायले व्यवसायमा विविधता अपनाउन सके मात्र अस्वस्थ प्रतिष्प्रधाको मारबाट व्यवसायी र सेवाग्राही मुक्त हुन सक्छन् ।