व्यवसायमा पनि सफल हुनका लागि कटिबद्ध र कर्तब्यपरायण टिम चाहिन्छ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज अष्ट्रेलिया र नेपालमा अष्ट्रेलिया पढ्न यहाँ माइग्रेट हुन चाहने सबैको लागि थप परिचय नै न चाहिने व्यसायिक संस्था हो । नेपाल अष्ट्रेलिया बाहेक भारत, चीन फिलिपिन्स, मंगोलिया, नाइजेरिया, ह·क·, बंगलादेश लगयतका देशमा समेत शाखा विस्तार गरि शैक्षिक परामर्स र आप्रबास सम्बन्धी परामर्स दिदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको हालसम्म ३२ वटा शाखा सक्रिय रुपमा सेवाग्राही लाई पुराउँदै आएको छ । करिब ४०० जनाभन्दा धेरैको दक्ष टिम रहेको यस व्यवसायिक छाता मुनि शैक्षिक परामर्श र आप्रबास परामर्श बाहेक होम लोन सम्बन्धी सेवा, एकाउण्टि· सेवा, टेलीकम्युनिकेसन सेवा लगाएतका व्यवसाय पनि आबद्द छन् । त्यस बाहेक एक्स्पर्ट च्यारेटी मार्फत विविध परोपकारी कार्य गर्दै आइरहेको एक्स्पर्ट समुहमा केहि खेलसंग आबद्द क्लवहरू पनि छन् । कुनैबेला आफै भर्खरै पाटन क्याम्पसबाट आइ एस्सी सकेर उच्च शिक्षाको अवसर खोज्दै अष्ट्रेलिया आइपुगेका सन्जिब शर्मा आहिले एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका कार्यकारी प्रमुख ( CEO) हुन् । १९९६ तिर धेरै सपनाहरू बोकेर अष्ट्रेलिया आइपुगेका लगनशील र मेहनती शर्मा ले यु टि एस बाट एकाउन्टिंग एण्ड फाइनान्समा ग्राजुएट र अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट ग्राजुएट डिप्लोमा इन माइग्रेसन ल गरे । संघर्षपूर्ण बिद्यार्थी जीवनबाट धेरै सिकेका शर्माले सोचे विद्यार्थी एवं आप्रबासी लाई सहि सल्लाह सुझाब दिने उनीहरू को भबिष्य संग सरोकार राख्ने कुरामा उनीहरू लाई गाइडेन्स गर्ने, यो त एकदमै संबेदनशिल क्षेत्र हो आफ्नै अनुभब र विविध सिकाइ र भोगाइबाट सिकेको मेरो ज्ञान र सीप मैले किन यहि क्षेत्रमा लगानी नगर्ने अनि उनलाई साथ दिए अर्का उत्साही सकारात्मक सोच सहितका उनका साथी बद्रि अर्यालले । यस्तो सोच सहित आज भन्दा १२ बर्ष अगाडि जन्मिएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले आजसम्म आइपुग्दा करिब ४० हजार सेवाग्राहीलाई सेवा पुराएको सम्झंदा सञ्जिब शर्मालाई निक्कै सन्तोष मिल्छ । १२ बर्षको यो व्यवसायिक यात्रामा सञ्जिब शर्माले धेरै सिके, व्यवसायिक धर्म, ग्राहकको सन्तुष्टि, समुदायप्रतिको उत्तरदायित्व, जन्मभूमिप्रतिको उत्तरदायित्व उनले कहिल्यै भुलेनन् प्रस्तुत छ उनै सञ्जिब कुमार शर्मासंग द नेपाली टाईम्स अष्ट्रेलियाको जुलाई अंकको बिजटकका लागि गरिएको कुराकानीको अंश ।

Photographed by sydneyvibes

तपाइँको व्यसायको बारेमा केहि बताई दिनुस न ?

मुख्यत: हाम्रो बिजेनेस शिक्षा क्षेत्रमा छ । एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज मार्फत हामी एजुकेसन कन्सलटेसन, क्यारियर कन्सल्टिङ्ग र माइग्रेसन सम्बन्धि परामर्श दिने गर्छौं । त्यो संगै हाम्रो यो व्यवसायिक संस्था भित्र टेलिकम्युनिकेसन, एकाउन्टिङ्ग, होम लोन लगायतका सेवाहरू पनि प्रदान गर्दै आएका छौं ।

हाल हाम्रो अष्ट्रेलियामा ८ वटा, नेपालमा १४ वटा र ग्लोबल्ली ३१ वोटा अफिसहरू छन् । अहिले एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज भित्र ४०० जना भन्दा बढीको मल्टिनेसनल टिम कार्यरत छन् जसमा क्यारियर कन्सुलरहरू, क्वालिफाइड एजुकेसनल कन्सुलरहरू, माइग्रेसन एजेन्टहरू, वकिलहरू, चार्टड एकाउण्टेण्टहरू (सीएरसिपिए) लगायत थुप्रै दक्ष कर्मचारीहरू हुनु हुन्छ ।

ग्राहक जहिले पनि पहिलो प्रथामिकता (Clients are always first and always right ) भन्ने आधारभूत सिद्दान्तमा आधारित भएर हामीले करिब ४० हजार भन्दा धेरै सेवाग्राहीलाई सेवा दिन सफल भइ सकेका छौं ।’Let’s plan your career together ‘  भन्ने स्लोगनलाई आत्म सात गर्दै हाम्रो सेवाहरू लाई वहाँहरूको प्राथामिकता र रोजाइलाई मध्यनजर गरि हामीले बिगत १२ वर्षदेखि गुणात्मक सेवा प्रदान गर्दै आएका छौं ।

 

किन यो व्यबसाय रोज्नु भो ? यसको अलबा अरु व्यबसाय पनि छन् कि ?

अष्ट्रेलिया आएर आफ्नो अनुभब र ज्ञान सबै जानुन जो अष्ट्रेलिया आउन चाहनु हुन्छ अथवा आइ सक्नु भएको छ वहाँहरूको बीच आफ्नो अनुभब बाँड्न सक्छु भन्ने अभिप्रायले नै मैले यो व्यबसाय रोजेको हुँ । सहि र उपयुक्त जनाकारीको अभाब कसैलाई नहोस् भन्ने हाम्रो चाहना हो । शिक्षा क्षेत्र र सेवामूलक व्यवसायमा पहिलेदेखि नै आबद्द थिए । शिक्षा र क्यारियर जस्तो चुनौती पूर्ण र संबेदनशील क्षेत्रमा सम्मिलित हुँदा निक्कै खुसि लाग्छ आत्मसन्तुष्टि मिल्छ । यसबाट भबिष्य संग संगै सामाजिक उत्तरदायित्व पनि बोध भएको अनुभब हुन्छ । कसैको क्यारियरका बारे सल्लाह दिनु र भिसा प्रोसेसि∙को हिस्सा हुन पाउँदा निक्कै खुसी लाग्छ सन्तुष्टि मिल्छ । यस बाहेक अन्य व्यवसायको कुरा गर्नु पर्दा हामीले नेपाल र अष्ट्रेलियामा बिभिन्न कलेजमा लगानी गरेका छौं । त्यसै गरि नेपालमा हाइड्रो पावर प्रोजेक्टमा पनि लगानी गरेका छौं ।

 

यो व्यवसायमा रहँदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दै हुनुहुन्छ र सामना गर्दै हुनुहुन्छ ?

जुन सुकै व्यवसायमा पनि सफल हुनका लागि कटिबद्ध र कर्तब्यपरायण टिम चाहिन्छ, सेवामूलक व्यवसायमा त झन् अवसर भनेकै ग्राहक कै सन्तुष्टि हो जुन धेरै मानेमा हाम्रो टिममा छ । आहिले टिममा रहेका साथीहरू मध्ये ८० प्रतिशत भन्दा बढी कुनै बेला हाम्रै व्यवसायबाट सेवा लिएका ग्राहक नै हुन् । त्यसैले पनि टिमका सबै जना गुणस्तरीय सेवाको लागि कटिबद्ध हुनुहुन्छ । जहाँसम्म अवसर र चुनौतीको कुरा छ ठूलो क्लाइण्ट बेस भनेको ठूलो अवसर र सम्भावना हो भन्ने हाम्रो मान्यता छ । के थाहा हाम्रै क्लाइण्ट बेसबाट कति नयाँ अनि उत्साही व्यवसायिक अबसर, र योजना पो आउँछन कि । हामी सबै सेवाग्राहीको रुपमा आयाैं र एक्स्पर्ट परिवार मै संधै रहनेछौं भन्ने विश्वासले थुप्रै अवसरहरू ल्याएका छन् र अरु पनि थुप्रै अवसर आउनेछन् भन्ने कुरामा हामी ढुक्क छौं । चुनौतीको कुरा गर्दै गर्दा चुनौतीहरू पनि प्रशस्तै छन् । आहिलेको इन्फर्मेसन टेक्नोलोजीको युगमा व्यवसायका मोडेलहरू परिमार्जित गर्दै लग्नु र त्यसमा एडजस्ट हुनु, इमिग्रेसनका नियम कानुनहरू परिबर्तन भइ रहन्छन् ती कुराहरूलाई नजिकबाट संधै अध्ययन गर्दै संधै अपडेट बनाएर राख्नु, त्यसै गरि टिमको व्यवस्थापन संगै चुनौतीपूर्ण नै छन् । तर प्रत्येक चुनौतीले अवसरको ढोका खोल्छ त्यसैले चुनौतीहरू लाई अवसरमा परिणत गर्नु नै व्यवसायीको कुशलता हो जस्तो लाग्छ ।

 

हिजो पाँच वर्ष अगाडिदेखि यहाँसम्म आइपुग्दा तपाईहरूले ठूलो व्यवसायिक फड्को मार्नु भएको छ, हामीले सञ्जिब शर्मा वा तपाई आबद्द एक्सपोर्ट एजुकेसनलाई अबको पाँच वर्षमा कहाँ देखाैंला ?

हामी संस्थाको वृद्धि आर्थिक हिसाबमा भन्दा पनि टिम सदस्यहरू, ग्राहक सन्तुष्टि, ग्राहकको माया र समिप्यता, सामाजिक उत्तरदायित्व, व्यसायिक एवं गुणस्तरीय सेवा ( professional service ), हामीले गरेका सेवा संख्या, र व्यापारले ओगटेका भिन्न भिन्न क्षेत्रहरू लाई दिने गर्छु ।

अबको ५ वर्षमा भिन्न भिन्न वा दशकौं क्षेत्रमा बिस्तार र लगानीहरू, सयौं अफिसबाट सेवा दिन सकियोस, हजारौ टिम मेम्बरलाई आबद्द गर्न सकियोस् र उनीहरूमा एक्स्पर्ट उनीहरूको पनि हिस्सा हो भन्ने अनुभूत गर्न सकियोस्, लाखौं सन्तुष्टि सेवाग्राहीलाई सेवा दिन सकियोस भन्ने हाम्रो चाहना छ ।

खासमा अबको ५ वर्षमा अष्ट्रेलिया र नेपालमा शैक्षिक क्षेत्र (कलेज र युनिभर्सिटी) तिर लगानी गर्दै सक्रिय रुपमा आबद्ध हुने हाम्रो योजना छ । त्यो संगै नेपालमा हाइड्रो, इन्फ्रस्ट्रक्चर र पर्यटन क्षेत्रमा लगानी गर्ने लक्ष्य पनि लिएका छौं ।

 

नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरू लाई तपाई कस्ता सुझाब दिन चाहनुहुन्छ ?

व्यवसाय भनेको टिम वर्क हो । ल∙ट्रम भिजन र परिश्रमका साथ लागि परि रहने हो भने अबश्य पनि सफल भइन्छ । अष्ट्रेलियामा हाम्रो समुदाय निक्कै ठूलो र बलियो सामुदायिक सदभाब हुनु जुन सुकै व्यवसायको लागि राम्रो हो । हामीले सेवा professional, ethical ra competent दिनु पर्छ, नेपालीले सकेसम्म नेपालीलाई नै बिजिनेस दिनु हुन्छ । त्यसैले पनि आँफूलाई ज्ञान भएको क्षेत्रमा व्यवसायको योजना बनाउनुहोस् । लामो समय र छोटो समयको कतचबतभनथ बनाउनु होस् अनि कटिबद्ध भएर लाग्नु होस् । समय र जनशक्ति व्यवस्थापनको ज्ञान व्यवसाय चलाउन चाहिने अति आबश्यक कुराहरू हुन् ।

व्यवसाय गर्नको लागि त्यस संग मिल्ने व्याकग्राउण्ड चाहिन्छ भन्ने होइन तर सोच्नु भएको व्यवसायको बारेमा ज्ञान, टिम र प्रतिबद्दता भने जरुर चाहिन्छ । त्यो संगै नेपालमा पनि निक्कै राम्रो व्यपारका अवसरहरू छन् । व्यवसाय संगै आफ्नो मातृभूमिलाई केहि योगदान (contribute) दिंदा मिल्ने आनन्द निकै मीठो हुन्छ । त्यसैले आफ्नो ज्ञान, सीप र धनको लगानी नेपालमा पनि गर्न हार्दिक अनुरोध गर्दछु ।