नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँ – कन्दरा गायक विवेक श्रेष्ठ

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड युवाहरुको ढुकढुकी बन्न पुग्यो र व्याण्डले प्रस्तुत गरेको गायन त झन् सबै उमेरको लागि सांगीतिक वरदान नै भयो । के शहर, के गाउँ, के देश, के विदेश सबै गाउँ वेशी, कुना र कन्दरामा मौलिक शब्दहरु को बोल लोकपप गुन्जिन थालियो । अनि लोकपप सँगै मेरोडि गीतहरु पनि त्यसरी नै कुना-कन्दरासम्म वेजोड गुन्जिरहँदा ब्याण्ड ‘कन्दरा’ को चर्च सगरमाथा झैँ चुलिन थाल्यो । दुई दशक वितिसक्दा पनि कन्दराको चर्चा सेलाउन सकेको थिएन । त्यसको राफ अझैँ पनि देश विदेशमा बस्ने नेपालीहरुबीच रहिरह्यो । अनि यो राफबाट अष्ट्रेलियाको पनि अछुतो रहन सकेन । नेपाल फेस्टिबल मेल्वर्नको निमन्त्रणामा २०१६ डिसेम्बरमा कन्दरा ब्याण्ड आफ्नो प्रस्तुती दिन स्टेज चढ्यो र जब व्याण्डका लेजेण्ड भोकलिष्ट विवेक श्रेष्ठले माइक समातेर हेलो मेल्वर्न मात्रै के भनेका थिए फेडेरेसन स्क्वारको त्यो विशाल भीड खुशीले पागल भएँ । जब गायक श्रेष्ठले आफ्ना एकपछि अर्को कालजयी गीतहरु पस्कन थाले त्यसपछि माहोल झन् चम्किन थाल्यो । उनै स्वरका धनी लेजेण्ड गायक विवेक श्रेष्ठसँग उहाँको नेपाल फेस्टिबलमा सहभागि हुँदाको पलको बारेमा प्रस्तुत गर्दछौ संक्षिप्त अनुभव –
अहिले मेल्वर्ननै आफ्नो कर्मथलो बनाउनुभएको छ । सम्रगमा मेल्वर्न कस्तो लाग्छ ?
मेल्वर्न संसारमा बस्न लायक ठाउँमध्ये एउटा रहेको छ र यो अनुभव मलाई २०१२ मा मेल्वर्न आउँदा नै भएको थियो । त्यतिखेर नै मैले यो शहरलाई भविष्यमा कर्मथलो बनाउँछु भन्ने परिकल्पना गरिसकेको थिए । र यो परिकल्पना अहिले साकार पनि भएको छ । मेल्वर्नको हावापानीले कहिलेँकाँहि सताएपनि यहाँको मानिसहरुको हार्दिकताले भने धेरै माया ममता दिएको छ । पक्कै पनि मेल्वर्नको सुन्दरताले मन छोएको छ ।
२०१६ डिसेम्बर मा नेपाल फेस्टिबल मेल्वर्नमा प्रस्तुती दिनुभएको थियो । त्यतिखेरको त्यो प्रस्तुती सायद कमैले याद नगर्ला तर तपाइँले कतिको याद गर्नुभएको छ ?
त्यो फेस्टिबल विभिन्न कारणले यादगार छ । कन्दरा व्याण्डको अष्टेलिया पहिलो पल्टको टूर र प्रस्तुती थियो । मेल्वर्न लगायत अन्य शहरहरु मा पनि हामीले प्रस्तुती दिएका थियौ त्यतिखेर । फेडेरेशन स्क्वायरमा हाम्रो प्रस्तुती र दर्शकहरुको उपस्थिती त भव्य छँदै थियो । त्यो लेबलको फ्यानको माया र सद्भावना अहिलेसम्म मनमुटुमा नै याद बनेर बसेको छ । अनि त्याृ भन्दा पनि अझ स्पेशल रुपमा भन्दा मैले त्यो दिन मेरो जीवनसँगीनीलाई स्टेजबाट पहिलो पटक देखेको थिए । मैले त्यो दिनै उनीसँगै भेटेँ । त्यसैले पनि २०१६को नेपाल फेस्टिबल मेरो लागि यादगार रहिरह्यो ।
कस्तो अुभव गर्नुभएको थियो नेपाल फेस्टिबल मेल्वर्नमा प्रस्तुती दिँदा ?
हरेक गायक, संगीतकार, ब्याण्डको एउटा सपना हुन्छ, ठूलो भीडमा म्यूजिकल कन्सर्ट गर्ने । हो, हामी कन्दरा व्याण्डले पनि त्यो दिन फेडेरेसन स्क्वायरको त्यो आँखाले भ्याउँन्जेल भीडमा प्रस्तुती दिन पाएका थियौ । त्यो सपना पुरा भएकोमा खुशी सँगसँगै अलि भावुक पनि भएको थिए । एनआरएनए भिक्टोरीयाको टिम लगायत नेपाल फेस्टिबलको टिम प्रति त्यो अवसरको लागि ह्दय देखिनै धन्यवाद दिएँ । समग्रमा सबै प्रति धेरै सकारात्मक अनुभव भएको थियो ।
लेककी हे माया गाउँदा गाउँदै मेल्वर्नकी मायासँग माया प्रिति भयो , यसको श्रेय नेपाल फेस्टिबल मेल्वर्नलाई दिनुहुन्छ ?
पक्कै पनि यसको श्रेय नेपाल फेस्टिबल लगायत एनआरएनए भिक्टोरीयाको टिमलाई जान्छ । फेरिपनि धन्यवाद भन्न चाहन्छु ।
समग्रमा नेपाल फेस्टिबल मेल्वर्नलाई कसरी व्याख्या गर्नुहुन्छ ?
एकदमै भव्य अनि सब्य पनि । मेल्वर्नको मुटुमा रहेको फेडेरेशन स्क्वायरमा दिनभरी पचास हजार भन्दा बढी मानिसहरु लाई आफ्नो कला संस्कृती र भेषभूषाले तान्न सक्ने एउटा ठूले साँस्कृतिक फेस्टिबल हो । यस फेस्टिबलले नेपाली कला, संस्कृति, भाषा, नृत्य, भेषभूषालाई मात्रै नभइ नेपाली संगीतलाई पनि उच्च स्थान र अवसर दिएको छ त्यसैले पनि म यस फेस्टिबललाई विशेष रुपमा व्याख्या गर्दछु ।
लामो समय यू के पनि बसेर आउनुभयो । त्यहाँको नेपाल फेस्टिबलहरुमा पनि सहभागि हुनुभयो होला । त्यहाँ र यहाँमा के समान र के भिन्नता पाउँनुभयो ?
नेपालको कला संस्कृति, संगीत झल्काउने एउटै उद्देश्य रहेकोले यसलाई समानताको रुपमा हेर्न सकिन्छ । डायस्पोरामा बस्नेहरु सबैले सानो नेपालको निर्माण गरेर नेपालीपन महसुस गराउने गरेको छ त्यसैले पनि उद्देयमा समानता रहेको तर फेस्टिबलको व्यवस्थापन गर्ने तरिकामा अलि भिन्नता हुन सक्ला ।
एनआरएनहरु धेरैसँग काम गरिरसक्नुभएको छ । कस्तो लाग्छ एनआरएनहरुसँग सहकार्य गरेर काम गर्दा ?
म पनि एउटा एनआरएन हुँ त्यसैले पनि म अरु सँग काम गर्दा आफू पनि रहेर काम गरेको महसुस गर्दछु । हामी सबै मिलेर काम गर्ने हो र हामी सबैले मिलेर गरेको काम र सहकार्य राम्रो लाग्दछ ।
यो पटक पनि नेपाल फेस्टिबलमा आफ्नो प्रस्तुती दिदैँ हुनुहुन्छ ?
हामीलाई प्रस्तुतीको प्रस्ताव चाँहि आएको थियो तर केही कारणवश हामीले यो वर्ष प्रस्तुती दिन नसक्ने भएका छौ ।
नेपाल फेस्टिबल मेल्वर्न सफल बनाउन आयोजकहरुले के के कुरामा ध्यान दिनुपर्दछ ?
फेस्टिवलको आयोजकहरु धेरै नै अनुभवी हुनुहन्छ । उहाँहरुलाई के के कुरामा ध्यान दिनुपर्छ भनेर धेरै ज्ञान पनि छ । कला र संस्कृतिको विविधतामा अझै जोड दिन सकिन्छ यस वर्ष । लामो लकडाउन र तिव्र कोभिडको महामारी पछि यति वृहत कार्यक्रम भएरहेको छ । कोभिडको संक्रमण अझैपनि समुदायमा यथावत रहेकोले कोभिडको नियम पालना गरेर फेस्टिवलमा सहभागि हुनुपर्छ जस्तो लाग्छ । जस्तै सकेसम्म मास्क लगाउने, स्यानिटाइजर लगाउन नभुल्ने । यो सँगै फेस्टिवलको दिन वरीपरीको पप, क्लबहरु व्यस्त हुन सक्ला । मदिरा सेवन गरेर दुर्धटना हुनसक्ने चान्स पनि धेरै हुनसक्ला त्यसैले यसमा पनि विशेष ध्यान दिन सकिएला ।
नेपाल फेस्टिबल मेल्वर्नले अतिथि कलाकारहरुलाई उचित सम्मान दिएको जस्तो लाग्छ ?
अरु देश भन्दा अष्टेलियाले अतितिथलाई राम्रोसँग सम्मान दिएको मैले अनुभव गरेको छु ।
अन्त्यमा नेपाल फेस्टिबलको आयोजक टोलि तथा आफ्नो फ्यानहरुलाई के भन्न चाहनुहुन्छ ?
आयोजक टिमलाई अग्रीम बधाई तथा शुभकामना दिन चाहन्छु । आशा गर्यौ अर्को पटक कन्दरा व्याण्डले नेपाल फेस्टिबलमा प्रस्तुती दिनेछ । कन्दरा व्याण्डले अब विस्तारै नयाँ नयाँ गीतहरुपनि ल्याउने तयारीमा रहेको छ । त्यसको लागि पनि म नेपाल जादैँन्छु । हामीलाई यति धेरै माया र सद्भावना दिनुभएकोमा सबैप्रति आभार छौ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...