नेपाल फेस्टिबल मेल्वर्न २०२२ यसपाली पनि भव्य नै हुन्छ : हरि खड्का
सामाजिक कार्य एक अभ्यास-आधारित अनुभव र अनुशासन हो जसले सामाजिक विकास र सामाजिक एकतालाई बढावा दिन्छ । त्यस्तै एनआरएनए भिक्टोरीयाको नेपाल फेस्टिवल २०२२ मा त्यस्ता धेरै समाजसेवी व्यक्तित्वहरु छन् जसले सामाजिक मुल्य मान्यतालाई आत्मासाथ गरी निस्वार्थ रुपमा नेपाली समुदायको हितमा काम गरिरहेका छन् । त्यस्ता व्यक्तित्वहरु मध्ये एक एनआरएनए भिक्टोरीयाका संयोजक हरि खड्का पनि हुन् ।
नेपालबाट २००८ मा अष्ट्रेलिया आएका हरि खड्का समाज सेवामा रुचि राख्ने र सामाजिक कार्यमा सधै अग्रसर रहिरहने गरेका छन् । मेलवर्नमा रियल स्टेटको व्यवसाय पनि आवद्ध रहेको खड्कालाई समय मिलाउन गाह्रो भएता पनि समाजसेवामा छुटै आनन्द महशुस हुने बताउँछन् । प्रस्तुत छ नेपाल फेस्टिबल मेल्वर्न २०२२ को बारे हरि खड्कासंग गरिएको कुराकानीको सम्पादित अंश:
एनआरएनए संस्थासंग आबद्ध हुनुभएको कति वर्ष भयो र कस्तो अनुभव गर्दै हुनुहुन्छ?
म यस संस्थामा आबद्ध भएको दश वर्ष पुग्न लाग्यो तर भिक्टोरीयाको संयोजक भएर काम गर्न थालेको चाँहि लगभग एकवर्ष पुग्यो । गैरआवासी नेपालीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानी सम्झिन्छु र अत्यन्तै खुसी पनि छु । त्यही माथि मलाई सबैले हौसला र प्रेरणा पनि दिइरहनुभएको छ । त्यसैले पनि मेरो अनुभव रमाइलो छ ।
नेपाल फेस्टिबल २०२२ हुँदैछ मेल्वर्नमा यसको बारेमा केही भनिदिनुस् न ?
एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम हो नेपाल फेस्टिबल । हरेक दुई वर्षको अन्तरालमा यस फेस्टिबलको आयोजना गरिन्छ । कोभिडले गर्दा एक पटक यस फेस्टिबल हुन सकेन र अहिले कोभिडको प्रकोप अलि कम भएको कारणले पनि हामीले यस वर्ष फेस्टिबल गर्ने निधो गर्यौ । एनआरएनए भिक्टोरीयाको टिम, समुदायका अन्य संघसंस्था, स्पोन्सर देखि अन्य धेरैको साथ सहयोगको साथ यही आउँदो सेप्टेम्बर १० फेडेरेसन स्क्वायरमा फेस्टिबल हुँदैछ ।
नेपाल फेस्टिबल मेल्वर्नमा यस पटक त्यस्तो के फरक र विशेषता छ जुन अघिल्लो वर्षहरुमा थिएनन् ?
नेपाल फेस्टिबलको उद्देश्य भनेकै नेपाली कला, संस्कृति, भाषा, खाना, परिकार, भेषभूषा, संगीत देखि अन्य नेपाली विविध पक्षलार्ई जर्गेना गरेर यो बहुँसाँस्कृतिक समुदाय माझ पस्कने हो । हामी त्यही अनुरुप नै यस वर्ष पनि नेपाल फेष्टिबललाई भव्य र सभ्य बनाउने योजनामा छौ । नेपाल चिनाउने तरिका विगतमा भएका नेपाल फेस्टिबलको जस्तै झलक अवश्य नै हुन्छ तर कार्यशैली देखि लिएर, स्टेजमा प्रस्तुत गर्ने नाँचगानको दाँचा, विहान परेडमा हुने प्रस्तुती, स्टल देखि लिएर नेपाल हाउस बनाउने योजनाहरुको अलि फरक प्रस्तुती र अलि विशेष हुन सक्ला तर उद्देश्य चाँहि एउटै हुन्छ । हरेक समयको फेस्टिबल विशेष हुँदै आएको छ र मलाई विश्वास छ यो फेस्टिबल पनि विशेष हुन्छ ।
फेस्टिबलमा कस्ता चुनौति आउँला जस्तो लागेको छ?
यती ठूलो फेस्बिलम चुनौतिहरु त धेरै आउँछ नै । र म ती चुनौतीहरुको बारेमा थोर बहुत अवगत पनि छु । अनि यो सँगै चुनौतीलाई सामना गर्न म तयार पनि छु । ममा त्यो धैर्यता पनि छ । यदि बुँदागत रुपमा चुनौतिहरुको कुरा गर्ने हो भने, त्यो दिन बोलाइएका गेष्टहरु नआउन सक्नुहोला, समयमा कार्यक्रम शुरु गर्न र सकाउन नसकिएला । स्वयंमसेवकहरुलाई राम्ररी परिचालन गर्न गाह्रो होला । मेल्वर्नको मौसमको त्यति भर हुँदैन त्यो दिन मौसम कस्तो होला भन्ने चुनौति छ । त्यसैगरी आर्थिक कुराहरुको पनि धेरै चुनाति आउन सक्ला । त्यस्ता अझ धेरै चुनौतिहरु छन् जसको लागि म र मेरो टिम तयार छ ।
फेस्टिबलको लागि कस्तो कस्तो टिमहरु तयार भएका छन् । टिम परिचालन गर्दा पनि माथि उल्लेखित कमजोरी र चुनौतिहरु खडा हुने सम्भावना देख्नु भएको छ ?
फेस्टिबलका लागि स्टेरिङ्ग कमिटि गठन गरेका छौ । त्यसैगरी स्पोन्सर, कल्चरल, प्रमोशनल, क्रियटिभ, मिडिया, लजिस्टिक देखि लिएर अन्य कमिटिहरु हामीले बनाएका छौ । सबै टिमहरु कार्यक्रम सफल बनाउन रातदिन निस्वार्थ भावले खट्नु भएको छ । कहिलेकाँहि सतप्रतिशत तयारीमा रहेपनि केही कमजोरीहरु हुन जान्छ र यो सामान्य कुराहरु हो । हामीलाई त विश्वास छ सबै कामहरु विना वाधा सहित एउटै फ्लोमा जान्छ तर कहिलेकाँहि नचिताएको वाधा वा चुनौति आउन सकिन्छ त्यो जुन टिममा पनि हुन्छ र त्यसको तयारी र सोच त अहिले देखिनै गर्नु पर्यो ।
फेस्टिबलको कार्यतालिकाहरु कस्ता छन् ?
सेप्टेम्बर ९ मा इन्टरस्टेट, नेपाल र अन्य ठाउँबाट आउनुभएको गेष्टहरुको स्वागतको लागि गाला डिनर गर्ने योजना बनाएका छौ । भोलिपल्ट फेस्टिबलमा विहान परेड, दिउँसो गेष्टहरुलाई स्वागत तथा सम्मान रहेको छ, त्यो सँगै नाचगान र साँझमा म्यूजिकल व्याण्डको फरपर्मेन्स हुनेछ । त्यसैगरी भोलिपल्ट धन्यवाद ज्ञापन गर्न वेकफास्ट वा लन्चको व्यवस्था गर्ने योजना पनि रहेको छ । फाइनल भएको छैन तर अहिलेको लागि टेनटेटिभ यही कार्यतालिका रहेको छ ।
फेस्टिबलमा कुन कुन कलाकारहरुले पर्र्फम गदैँ हुनुहुन्छ ?
यसमा अझै पूर्ण रुपमा निर्णय भइसकेको छैन । नेपालको चर्चित व्याण्ड कबवेभ ल्याउने तयारीमा छौ । त्यसै गरेर लोक संगीत विधाबाट पनि हामीले कलाकार ल्याउने सोच बनाएका छौ । हामी कला संगीतको सबै पाटोलाई र सबै जेनरेसनलाई समेट्न चाहन्छौ, त्यसैले पनि हामीले यसको बारेमा अझ छलफल गर्दैछौ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
त्यही न हो , यो एउटा निशुल्क: कार्यक्रम हो । तपाइँहरु सबैजना फेस्टिबलमा सहभागि भइदिनुहोला । यहीबाट सबैलाई चुले निम्तो भन्न चाहन्छ । त्यसै गरेर फेस्टिबलका सबै कमिटि, स्वयंमसेवकहरु, स्पोन्सर, कलाकारहरु, विभिन्न संघसंस्थाहरु सबैलाई कार्यक्रम सफल बनाउने दिनरात खटिरहनुभएकोमा धन्यवाद दिन चाहन्छु ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
par de acertijos pueden afirmar que tienen este tipo de un...
Local men whom share your interests and values Single men in my area...
what’s lesbian chat live? Lesbian chat live is a live online chat solution...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...