राष्ट्रसंघमा प्रधानमन्त्री ओली: बाहिर प्रदर्शन, भित्र सम्बोधन

विश्व आतंकवाद, विदेश नीति र वातावरणीय परिवर्तनमा जोड
-- होमप्रसाद लम्साल / प्रकाशित मिति : आइतवार, अशोज २१, २०७५

अमेरिका, प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकी समय अनुसार मध्यान्ह न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन् । विश्व आतंकबादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्थामा प्रधानमन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निमुल पार्न राष्ट्र संघको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताए । वर्तमान आफ्नो नेतृत्वको सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुईतिहाई बहुमत प्राप्त सरकार भएको समृद्धि र सुशासनका लागि प्रयासरत रहेको भन्दै सरकारका प्राथमिकताहरूबारे पनि सम्बोधन केन्द्रित थियो । विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमस्टेक सम्पन्न गरेको, र सार्क पनि यथावत रहेको जानकारी दिंदै सबै छिमेकीसंग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गरे ।
वातावरणीय परिवर्तनको विषयमा जोड दिंदै प्रधानमन्त्री ओलीले आफ्नो देशलगायत हिमाली र आईल्याण्डहरू रहेका देशहरू वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरूले समान धारणा बनाउदै त्यसबाट बच्न जरुरी रहेको बताए ।

ओलीलाई कालो टि–सर्टमा विरोध प्रदर्शन

प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा नेपाली कााग्रेससंग आवद्ध व्यक्तिहरूले मुलुकमा बढी रहेको दण्डहिनताको विषयका कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरिएको थियो । पछिल्लो समय देशमा बढी रहेको दण्डहिनतामा कानुनी शासनको माग गर्दै प्रर्दशनीमा प्ले कार्ड, नेपालको झण्डा, कांग्रेसको झण्डा बोकेर सहभागी भएका थिए ।
आज प्रधानमन्त्रीको सम्बोधनका क्रममा विरोध भएपछि गैरआवसिय नेपाली संघले भोलिका लागि आयोजना गरिएको प्रधानमन्त्रीसंगको कार्यक्रम स्थगित गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा केशव पौडेलले दिएको जानकारी अनुसार प्रधानमन्त्री आाफैले विरोध हुने कार्यक्रम नगर्नुस भन्दै आउन नसक्ने बताएपछि कार्यक्रम स्थगीत गरिएको हो । अरु धेरै संस्थाले कार्यक्रम गर्न खोजेका रहेछन प्रधानमन्त्रीले एनआरएनको कार्यक्रममा मात्रै सहभागी हुन्छु भन्नु भएको थियो, तर कालो झण्डा देखाउने कार्यक्रम भएको थाहा पाएपछि प्रधानमन्त्री आाफैले सो कार्यक्रममा आफु आउन नसक्ने भन्दै कार्यक्रम स्थगित गर्न भनेपछि स्थगन भएको अध्यक्ष डा पौडेलले बताए ।
प्रधानमन्त्री विभिन्न साईड लाईन बैठकहरूमा पनि सहभागी भएको थिए । प्रधानमन्त्री ओलीले यसैबीच क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसंग भेटघाट गरेका थिए ।

ट्रम्पसंग ओली भेट

राष्ट्रसंघ महासभामा सहभागी हुन आउने प्रतिनिधिमण्डल प्रमुखका दम्पतीका लागि उक्त रात्रि भोजसहितको सम्मान समारोहमा अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेट गरे । संक्षिप्त समयको फाइदा उठाउदै ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ । ७० औं महासभामा सुशील कोइरालाले ओबामालाई भेटेका थिए । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसाग कार्यक्रममै भए पनि भेटघाट गर्न पाएका थिएनन । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् । गतवर्ष प्रधानमन्त्री स्वागत समारोहमा आइनपुग्ने भएपछि उप–प्रधान तथा परराष्ट्रमन्त्री सहभागी हुन गेट पुगे पनि नामको संयोजन हुन नसक्दा लज्जित भएर पर्कनु परेको थियो ।

ओलीले अमेरिकामा कसलाई भेटे
प्रधानमन्त्री ओलीले अमेरिकामा भारतीय विदेशमन्त्री सुश्मा स्वराजलाई भेटे । सुश्मा स्वराज भारतीय टोलीको नेतृत्व गर्दै आएकी थिइन् भने ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाएका हुन् । स्वराजले बिम्स्टेक बैठकको समयमा भएका दुईपक्षीय छलफलको निरन्तरताकै रुपमा आफ्नो कुराकानी अघि बढाएकी थिइन् । प्रधानमन्त्री नरेन्ऽ मोदी र विदेश राज्यमन्त्री भिके सिंह सहभागी थिए । नेपाल–भारतसम्बन्ध पछिल्लो समयमा निकै सुधार उन्मुख देखिएको अवस्थामा दुई मुलुकबीचको परियोजना थप अघि बढाउनेदेखि सहकार्यलाई जोड दिने विषयमा छलफल भएको स्थायी नियोगले जनाएको छ ।
नेपाल–भारत सम्बन्ध केही समययता सुमधुरोन्मुख रहेको अवस्थामा बिम्स्टेक शिखर सम्मेलनपछि भारतीय भूमिमा नेपाली सेना बिम्स्टेक सैन्य अभ्यासमा नपठाएपछिको यो पहिलो उच्चस्तरीय कुटनीतिक भेटघाट हो ।
भारतीय सेनासागको सैन्य बिम्स्टेक सैन्य अभ्यासबारे चर्को आलोचना भएपछि सरकारले निर्णय नभएको भन्दै सहभागी गराएको थिएन । यो भेटघाटमा पनि नेपाल–भारत सम्बन्धका अलवा दक्षिण एसियाली शान्ति र सहकार्यबारेमा छलफल भएको परराष्ट्र अधिकारीले जानकारी दिए । अघिल्लो दिन स्वराजले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसाग पनि दुईपक्षीय भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री बसिरहेको होटल ग्राण्ड हायतमा विदेशमन्त्री सुश्मा उनलाई भेट्न आएकी थिइन् । उनीहरूबीच आधाघण्टा भन्दा बढी समय कुराकानी भएको थियो ।
त्यसैगरी प्रधानमन्त्रीले त्यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेलाई पनि भेटेका थिए । उनले राष्ट्रसंघ महासभाको ७३औा अधिवेशनमा भाग लिनआएका प्रधानमन्त्री मेसाग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो । नेपाल र बेलायतबीच शताब्दीयौा देखिको मित्रता तथा द्विपक्षीय सम्बन्ध स्मरण गरिएको उक्त भेटमा नेपाल– बेलायत सम्बन्ध थप बलियो र क्रियाशिल बनाउन परामर्श भएको थियो । दुवै मुलुकका प्रधानमन्त्रीले एक अर्कालाई मुलुकको भ्रमणको निमन्त्रणा समेत दिए । बेलायतबाट नै नेपालको कूटनीतिक सम्वन्धको यात्रा अघि बढेको बताइएको थियो ।
प्रधानमन्त्री ओलीले राष्ट्रसंघ मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एला बेर्सेटसाग पनि भेटवार्ता गरे । नेपालको पछिल्लो राजनीतिक अवस्था र विकासको कार्यमा अडेर नै छलफल भएको भेटमा सहभागीले बताए । स्विजरल्याण्डले नेपालको ग्रामिण विकासमा र संघीयता लगायतमा गरेको सहयोगको सरहना प्रधानमन्त्रीले गरे । यसअघि पनि साइडलाइनमा प्रधानमन्त्री ओलीसाग कोलम्बिया, बुल्गेरिया, क्यानडा लगायत मुलुकका राष्ट्र एवं सरकार प्रमुखले भेटेर नेपाल र आफ्नो मुलुकको सम्वन्ध विस्तारसागै नेपालले आफ्नो तवरले शान्ति प्रक्रियामा हासिल गरेको उपलब्धी र वर्तामान सरकारको कार्यशैलीबारेमा चासो देखाएका थिए । कम्युनिष्ट सरकार भनिए पनि प्रधानमन्त्रीले लोकतन्त्रको जगमा वर्तमान सरकार बनेको र त्यसमा कुनै तलमाथि नहुने धारणा विश्व नेताहरूलाई दिइरहेका छन ।
सबै भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि राजदूत डा अर्जुनकुमार कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका कार्यबाहक प्रमुख निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू पनि भेटघाटमा सहभागि थिए ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रडसंग ओलीको रोचक जवाफ

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रडले सञ्चालन गरेको एसिया फोरम नामक कार्यक्रममा रडले अधिकांश जिज्ञासा प्रधानमन्त्री ओलीलाई राखेका थिए । लगानीको क्षेत्रका प्रसंगामा पूर्व प्रधानमन्त्री रडले चिनियाा कम्पनीले विद्युत् बनाउने विषयमा भएको सरकारी निर्णय र उल्टाउने निर्णयको प्रसंगसमेत कोट्याएका थिए । प्रधानमन्त्री ओलीले चिनियाा कम्पनी गेजुवालाई बूढीगण्डकी बनाउन दिने निर्णय अघिल्लो सरकारले उल्टाएको बताउादै अहिले त्यसमा अध्ययन भइरहेको टालेटुले जवाफ दिए ।
नेपालमा रेलको प्रसंग अनि पूर्वधारमा चिनिया लगानीबारे सोधिएको एक जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि मुलुक स्वयमले नचाहेसम्म ऋणको भार बोक्दैन । नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण लिएर विकास प्रक्रिया अघि बढाउने हो । त्यो रेल तथा पूर्वाधार जे पनि हुनसक्छ ।’ नेपालमा रेल ल्याउने प्रशंगमा चिनियाा लागानीले मुलुक ऋणमा डुब्ने त होइन भन्ने धारणामा उनले भने, ‘कुनै पनि मुलुकले आफ्नो क्षमता नहेरी ऋण लिदैन । त्यसको अध्ययन गरेर यसबाट हुने तत्काल र दीर्घकालको फाइदा समेत हेर्छौा ।’
अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री रुडले नेपालीको प्रशंसा गर्दै नेपाल उपनिवेश हुनबाट कसरी जोगियो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पूर्खाले लगातार इमानदारीपूर्वक लड्दा यो अवस्था आएको हो । परापूर्व कालदेखि नै नेपाल आइनलाग्ने तर जाइलाग्नेसाग पछि नहट्ने पंक्तिमा रहेको र सहकार्यले नै यो सम्भव भएको हो ।’ निकै रोचक रहेको थियो रडको जिज्ञासा र ओलीको जवाफ । नेपाल सधौ लोकतन्त्रकै लागि लडिरहदा विकासमा पछि परेको हो तर समाज कमजोर भने नरहेको पनि उनले बताए । छिट्टै सुखी र समृद्ध नेपाल बन्नेमा दुईमत नभएको पनि उनले दावी गरे ।
नेपालमा सबै राजनीतिक दलले हतियार बोकेको र संघर्ष गरेको भन्दै माओवादीले बोकेको हतियार र युद्ध प्रशंग कोट्याउन नहुने पनि बताए । उनले नेपाली कांग्रेसले पनि हतियार बोकेको भन्दै यस्ता विषयमा फर्कनेभन्दा आगामी दिनलाई हेर्नपर्ने बताए ।
हतियार बोकेको दलसाग सहकार्य कसरी भयो भन्ने प्रशंगमा उनले यस्तो धारणा ब्यक्त गरेका हुन । कम्युनिष्टहरू कसरी नेपालमा हावी भए भन्ने जिज्ञासामा पनि उनले नेपालको कम्युनिष्ट प्रजातान्त्रिक धारमा अडेर जनताको मतबाट संसदिय अभ्यासमा अग्रसर रहेको भन्दै यसलाई पुरानो आाखाबाट हेर्न नमिल्ने धारणा पनि बताए । त्यसोभए कम्युनिष्ट किन भन्न प‍ऱ्यो भन्ने जिज्ञासामा उनले भने, ‘त्यो आ–आफ्नो आस्था र विकास गर्ने प्राणालीमा भर पर्ने विषय हो ओलीको जवाफ थियो ।’

एक सय ६२ देशमा कुटनीतिक सम्बन्ध

 

नेपाल र माडागास्करबीच दुईपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ । माडागास्कारसागको सम्बन्ध विस्तारले कूटनीति सम्बन्ध स्थापना भएको मुलुकको संख्या १ सय ६२ पुगेको नेपाली स्थायी नियोगले जनाएको छ । हिन्द महासागरमा अवस्थित टापु मुलुक गणतान्त्रीक माडागस्कर विश्वकै चौथो ठूलो टापु मुलुक हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले दुईपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालसाग कूटनीतिक सम्बन्ध स्थापना गर्दा स्थायी नियोग प्रमुखहरूबीच हस्ताक्षर हुने प्रचलन रहेको भए पनि यस्ता भेटघाटको क्रममा भने राजनीतिक स्तरमा नै हस्ताक्षर गर्ने परम्पराको विकास भएको छ ।