बर्तमान राजनैतिक स्थिति बारे प्रवासी सुभेच्छुकहरुसंग अन्तरक्रिया गर्दै एमाले !

नेकपा एमाले सचिब तथा पूर्व पराष्ट्र मन्त्रि प्रदिप ज्ञवालीले प्रवासी नेपाली मन्च (ONF) अष्ट्रेलिया, एनएसडव्लु राज्य कमिटीका पदाधिकारीहरु संग हालै अन्तरक्रिया गरेका छन् ।
यहि सेप्टेम्बर ११ शनिवार मन्चको एनएसडव्लु राज्य कमिटीले आयोजना गरेको भर्चुअल बृहत अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थाइ कमिटी सदस्य समेत रहेका प्रदिप ज्ञावालीले नेपालमा पछिल्लो समय बिकसित राजनितीक घटनाक्रम, पार्टीमा देखिएको समस्या लगायत एमसीसीका बारेमा एमाले पार्टीको धारणा राखेका थिए।
कार्यक्रममा एमाले र एकीकृत माओवादी बीच एकता पश्चात गठित आरामदायी बहुमतको सरकारले आफ्नो उद्देश्य अनुरुप पूरा समय काम गर्न नपाएकोमा दुख ब्यक्त गरे । यसमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा रहेका कमरेड प्रचण्डको चरम महत्वकांक्षा र अस्थिर चरित्रका कारण यसो हुन गएको बताए। यस्तो प्रवृतिले गर्दा एकता लामो समय जोगाउन नसकिएको बताउदै एमाले भित्रैका केही नेताहरुको अदूरदर्शी सोंच र पदलोलुपताका कारण पार्टीमा केही समस्या देखिएको स्वीकारे । तर यति हुदै गर्दापनि बिपक्षीहरुले सोचेजस्तो पार्टीमा कुनै ठुलो क्षति नभएको बताए ।
अहिले पनि एमाले देशको सबैभन्दा ठुलो पार्टी रहेको र आगामी निर्वाचन मार्फत एमाले नै देशको नेतृत्वदायी पार्टी बन्नेमा ढुक्क भइ आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सबै शुभ चिन्तकहरुमा नेता ज्ञवालीले आग्रह गरे । विभिन्न दाउ-पेच र भागबण्डामा अल्मलिएको बर्तमान गठबन्धन सरकारबाट जनताको धेरै अपेक्षा गर्न सक्दैन भन्ने कुरा दुइ महिनासम्म मन्त्रिपरिषद बिस्तार नहुनुले पुष्टी गरिसकेको बताए ।
अष्ट्रेलिया र न्युजिल्याण्डबाट गरी करिब १५० जनाको जूम मार्फत सहभागिता रहेको कार्यक्रममा सहभागीहरुका तर्फबाट ओ एन एफ (ONF) केन्द्रिय सदस्य दिवाकर काफ्लेले ज्ञावालीलाइ एमसीसीका बारेमा जिज्ञासा राख्दै यसमा पार्टीको लाइन के हो स्पष्ट पार्न माग गरेका थिए । पुर्व परराष्ट्र मन्त्रि समेत रहेका ज्ञवालीले अहिले एमाले प्रतिपक्षमा रहेको र एमसीसी अघि बढाउने या नबढाउने सरकारको बिजनेस भएको बताए । यस बिषयमा एमालेले जिम्मेवार प्रतिपक्षको भुमिका खेल्ने बताउदै एमसीसीका केही बुदाहरुमा परिमार्जन गरेर अघि बढाउन एमाले तयार रहेको स्पष्ट पारे ।
प्रवासी नेपाली मंच, एनएसडब्लूका अध्यक्ष कृष्ण सापकोटाको अध्यतामा सम्पन्न अन्तरकृयामा उपाध्यक्ष सिताराम घिमिरेले सहभागीहरुलाई स्वागत गरेका थिए । शिव पौडेल द्वारा संचालित जूम अन्तरकृया कार्यक्रममा भवानी ओली, केशव जोशी, डाक्टर भगवान यादव (न्यूजिल्याण्ड), डाक्टर बिनोद श्रेष्ठ, रमेश पाण्डे लागाएतका बक्ताहरुले समसामयिक बिषयमा आफ्नो मन्तब्य राखेका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...