राजदुत शेर्पामाथिको आरोप र कानुनी व्यवस्था
सिड्नी– अहिले अस्ट्रेलियामा व्यापक चर्चा भएको विषय हो– राजदूत लक्की शेर्पा उपर उनकै सवारी चालकले लगाएको आरोप। कानून व्यवसायी भएको नाताले धेरै जनाले मलाई सोधेँ, कानूनी रूपमा यसको के असर हुन्छ? कानून व्यवसायीभन्दा पनि नेपाली भएको नाताले मेरो आफ्नो विचार यस्तो छ ।
सर्वप्रथम, राजदूत भनेको देशको आधिकारिक प्रतिनिधि हो, जसको आचरणले सारा देशलाई नै असर पर्छ। सकेसम्म राजदूतमाथि लागेका आरोप झुटो प्रमाणित होस् भन्ने हामी सबैको चाहना हो। तर, आरोप लागिसकेपछि त्यसको निक्र्यौल त गर्ने पर्ने हुन्छ।
मैले पनि सरसर्ती यु ट्यूब मा ‘सिधा कुरा जनतासँग’ भन्ने श्रब्य दृश्य (टेलिभिजन) कार्यक्रम हेरेँ र सामाजिक सञ्जालमा आएका केही ‘खण्डन’ हरू पनि देखेँ ।
मेरो विचारमा हामीले विश्लेषण गर्नुपर्ने निम्न कुराहरू छन्।
१. राजदूतलाई ‘कुटनीतिक प्रतिरक्षा’ Diplomatic Immunity हुन्छ र उसको उपर साधारण कानून, जस्तो पक्राउ गर्ने, थुन्ने, अपराधिक कार्य र्गयो भनेर मुद्दा चलाउने, आदि गर्न पाइँदैन। अस्ट्रेलिया ले पनि Vienna Convention on Diplomatic Relations 1961 and the Vienna Convention on Consular Relations 1963 नै अनुशरण गरेरDiplomatic Privileges and Immunities Act 1967 (‘the DPI Act’) and Consular Privileges and Immunities Act 1972 (‘the CPI Act’) पारित गरेको छ ।
२. कुटनितिज्ञले जासुसी गरेमा वा देशको उपर हानी र्पुयाउने काम गरेमा निष्कासित Expel भने गर्न सक्छ।
३. जहाँसम्म वर्तमान आरोप प्रत्यारोपको कुरा छ, विश्लेषण गर्नुपर्ने कुराहरु निम्न छन्।
क) एउटा बाहन चालकले महामहिम राजदूत जस्तो पदमाथि किन आरोप लगाए?
ख) राजदूतले आफ्नो कार्यालयबाट अन्तरिक रूपमा मन्त्रालय पठाएको साधारणतया ‘गोप्य’ रहनुपर्ने पत्र किन सार्वजनिक रूपमा प्रकाशित गर्नुर्पयो (राजेन्द्र पाण्डेले हस्ताक्षर गरेको पत्र)
ग) राजदूतावास जस्तो ठाउँबाट चोरी गरेर भाग्यो भनेर INTERPOLसमेतलाई जानकारी दिई अस्ट्रेलिया को सम्बन्धीत निकायमा रिपोर्ट दिईसकेपछि निज अभियुक्त भनिएका व्यक्तिलाई अस्ट्रेलियन सरकारले पक्राउ गरेर कारबाही गर्नुको सट्टा किन उल्टो Protection Visa जुन स्थायी बसोबास गर्न पाउने ( permanent residenceप्रवेशाज्ञा हो, प्रदान गरेर उल्टै संरक्षण गरेर राख्यो?
घ) राजदूतावासबाट किन अभियुक्त भनिएका व्यक्ति लाई Federal Police ले उद्दार गर्नुप¥यो ?
ङ) राजदूत कथमकदाचित पदमुक्त भएमा, साधारण व्यक्ति भएको अवस्थामा अस्ट्रेलियन सरकारले, कानूनको दायरामा ल्याउन सक्ने सम्भावना देखिन्छ, यदि आरोप लगाउने व्यक्तिलाई पक्राउ गर्नुको सट्टा संरक्षण दिएको कुरा सत्य हो भने र श्रम कार्यालय र Federal Police ले अनुसन्धान गरेर राजदूतलाई दोषि मानेकोमा ।
हाम्रो वर्तमान महामहिम राजदूतले यथासक्य चाडो आफू र आफ्नो परिवारमाथि लागेको आरोपको सन्दर्भमा माथि उल्लेखित बुँदाहरुलाई मध्यनजर राखी नेपाल सरकार समक्ष प्रतिवेदन बुझाउनु उचित देखिन्छ।
यदि यस्तो आरोपलाई नेपाल सरकारमा मात्र सिमित गराएर, उचित कानूनी कार्य्विधि अपनाएर अस्ट्रेलिया वा अन्य राष्ट्र जसले यो मुद्दाको अध्ययन गरिरहेका छन्। उनीहरूलाई बुझाउन नसकेमा र मानव अधिकार उल्लंघन गरेकोमा दोषि पाइएमा, भविष्यमा पदमुक्त भएपछि कुनै पनि पश्चिमी राष्ट्र जाँदा कारबाहीमा पर्न सक्ने देखिन्छ।
( सिड्नीका कानुन ब्यववसायी थापाको फेसबुकबाट साभार ।)
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...