ए मृत्यु !!

-- श्वेता मैनाली / प्रकाशित मिति : बुधबार, चैत्र ६, २०७५
मेरो छाला चाउरी पर्नु अघी
लामो कालो केश झर्नु अघी
मोती झैँ दाना दन्तेलहर
थोती झैँ आधी दाँत झर्नु अघी
एउटै इच्छा मेरो
ए मृत्यु ! बिन्ती
मलाई कलिलै मर्न देउ
एक युवा मृत्यु मर्न देउ
ए मृत्यु !
मलाई यौवन मै मर्न देउ
कुप्री हुँदा, लौरो खोज्नु अघी
भोको पेटमै, निन्द्रा रोज्नु अघी
दुईचार पैसो गोजी टक्टकार
शिरान मुनि दबाई खोज्नु अघी
अधभूत इच्छा यो मेरो
ए मृत्यु ! बिन्ती
मलाई कलिलै मर्न देउ
बिना कसैको बोझ
मलाई सजिलै मर्न देउ
आत्माबलमा बाँच्दा संसार हाँस्छ
स्वपौरखले बाँच्दा मनिस मिठो नाता गाँस्छ
गले ढले आश्रित हुन परे
मोया-प्रेम नि कहाँ माँस्छ माँस्छ
त्यसैले त प्रिय मृत्यु
कमजोरीमा मनोबल घट्नु अघी
एक्लोपनमा ईश्वर रट्नु अघी
अधभूत इच्छा यो मेरो
मलाई बलियो हुँदै मर्न देउ
मलाई कलिलो हुँदै मर्न देउ
… र यो सुन्दर मृत्यु मेरो भैरहँदा
मेरो चिता अघि उभिएर
तिमी नरुनु, अहँ कत्ति नरुनु
चीरनिन्द्राबाटै ब्युँझोस झैँ गरी
बेजोडले तिमी नचिच्च्याउनु
म त यो सुन्दर मृत्युसँगै
हावाको बेगमा हुनेछु
हरेक श्वासमा महशुस गर्नु मलाई
नजरदेखि सँधै पर, धेरै पर हुँदा
रिसले पागल झैँ नखोज्नु मलाई
म त ईन्द्रेणीको सप्तरंगमा घुल्नेछु
सातौँ रंग मध्ये गाढा रंगमा रोज्नु मलाई
तिम्रै इच्छाहरुको पुरक हुँदाको पल सम्झी
बलिन्द्र आँशुका धारामा नखोज्नु मलाई
म त यो सुन्दर मृत्युसँगै
बर्षातको पानीमा तप्किनेछु
रुझेर त्यही पानीमा महशुस गर्नु मलाई
नखोज्नु मलाई कहीँ कतै
यो धर्तीको उज्यालोमा
कालो रातमा तारा बनेर चम्किनेछु
आँखाले भ्याउन्जेल चुम्नु मलाई
शिर काटेर पाउमै राख्दा, मुटु सानो पार्थ्यौ क्यार
मरेपछि म, आफ्नो खुशीको घेरो बढाईदिनु
ज्युँदै हुँदा दाग धब्बा धैरै देख्यौ क्यार
मरेपछि ईश्वर सम्झी फूलको गुछ्छा चढाईदिनु
मरेपछि ईश्वर सम्झी फूलको गुछ्छा चढाईदिनु।।