खेलकुदले जोडेको नेपाली समुदाय

-- सुजित सिग्देल, अावरण अप्रिल २०१९ / प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

 

प्रबासको बसाईका अनेक कथा व्यथा होलान ती सबैलाई भिन्न ठाउँमा व्यबस्थापन गर्दै धेरै भन्दा धेरै अटाउने, सबै रमाउने प्लेटफर्म यति बेला प्रबास बसाइको पहिलो आबश्यकता हो । यसरी सबै अटाउने सबै रमाउने प्लेटफर्म खेलको माध्यमबाट सबैलाई दिएको छ जीएनसी सकरले । करिब २ दशकदेखि यसरी खेलको माध्यमले सबैलाई आटाउँदै गोर्खा नेप्लिज कम्युनिटीको यो जीएनसी सकरले अहिले आफ्नो २० औं संस्करण पूरा गरेको छ । २० औ संस्करणसम्म आइपुग्दा नै जीएनसी सकरले एउटा छुट्टै इतिहास रचेको छ । त्यो भन्दा पनि प्रत्येक वर्ष आउने नयाँ प्रतिभाहरू का लागि जीएनसी सकर एउटा भरोशा लाग्दो प्लेटफर्म बनेको छ । गोर्खा नेप्लिज कम्युनिटी र जीएनसी सकरप्रति यहाँका युवाहरू अनि खेल सम्बद्ध टिमहरू (क्लब) का बिश्वास र भरोशा प्रत्येक वर्ष चुलिएको छ ।

भर्खरै सकिएको जीएनसी सकरको २० औ संस्करण पाँच महिनासम्म चल्यो, युवाहरू को २१ टिम र ६ भेट्रान टिम सहभागी खेलको यस वर्षको उपाधि बेनी फुटबल क्लबले जितेको छ । प्रबासी व्यस्ततामा पाँच महिना लामो खेललाई अति व्यवस्थित तबरले सम्पन्न गर्ने चुनौतीपूर्ण काम स्तरिय रुपमा फेरि पनि जीएनसीले पूरा गरेको छ । जसका लागि यसका सबै सदस्यहरू, स्वयंसेवीहरू अनि खेलाडीहरू र त्यो भन्दा पनि खेललाई प्रायोजन गर्ने व्यापारिक संस्थाहरू सबै धन्यवादका पात्र छन् ।

 

यस पटक प्रिमियर लिगमा सहभागी टिमहरू

१. बेनी फुटबल क्लब

२. माछापुच्छ्रे फुटबल क्लब

३. सेन्ट जोर्ज नेप्लिज क्लब

४. सगरमाथा फुटबल क्लब

५. ग्र्यान्भिल राइनोज फुटबल क्लब

६. फेवा फुटबल क्लब

७. द ब्रिगेड क्लब

८. SCMM वेस्ट युनाइटेड फुटबल क्लब

९. सेन्ट जोर्ज फ्रेन्ड्स फुटबल क्लब

१०. लाली गुराँस फुटबल क्लब

११. फुटबल क्लब डाँफे

१२. हिमालयन युथ क्लब

 

भेट्रान तर्फ

१. माछापुच्छ्रे फुटबल क्लब

२. सेन्ट जोर्ज नेप्लिज क्लब

३. सेन्ट जोर्ज फ्रेन्ड्स फुटबल क्लब

४. पारा पार्क फुटबल क्लब

५. लाली गुराँस फुटबल क्लब

६. हिमालयन फुटबल क्लब

लिगबाट छनोट भएका टिम मध्येबाट अन्तिम प्रतिस्पर्धीको रुपमा बेनी फुटबल क्लब र माछापुच्छ्रे फुटबल क्लबबीच गत मार्च २४ का दिन फाइनल खेल भएको थियो । अति नै प्रतिस्पर्धात्मक उक्त खेलमा पूरा समयको खेलमा ४–४ गरि बराबरीमा टुंगिए पछि थप समयमा बेनी क्लबले थप ३ गोल गरि ७–४ को फराकिलो अन्तरले प्रथम भएको थियो । भने सशक्त प्रस्तुति हुँदा हुँदै पनि माछापुच्छ्रे फुटबल क्लबले यस पटक दोश्रो स्थानमा चित्त बुझाएको छ । केहि प्राबिधिक र केहि व्यवस्थापन र त्यो भन्दा पनि तेस्रो स्थानमा प्रतिष्पर्धा गरिरहेको सेन्ट जोर्ज नेप्लिज क्लब र सगरमाथा फुटबल क्लब एकाएक खेलमा सहभागी नबनी खेलबाट बाहिरिए पछि तेस्रो स्थानको लागि प्रतिस्पर्धा नै हुन सकेन । कारण जे होस् पाँच–पाँच महिनासम्म सहभागी खेलको अन्तिम दिन एकाएक दुवै टिम बाहिरिनु आयोजकको लागि त खल्लो हो नै त्यो भन्दा पनि स्वयं खेलाडी र क्लबको गैर जिम्मेवार वा अनुसाशनहिनता भन्दा फरक पर्दैन । यसै गरि भेट्रान तर्फ सेन्ट जोर्ज नेप्लिज क्लबलाई २–० को अन्तरले पछि पार्दै माछापुच्छ्रे फुटबल क्लबले उपाधि जितेको छ भने तेस्रो स्थानमा पारा पार्क फुटबल क्लब आएको छ ।

यसै गरि खेलको म्यान अफ द म्याच बेनी फुटबल क्लबका धिरेन शाही, बेस्ट किपर लिगमा बेनी फुटबल क्लबका विवेक अधिकारी, टप स्कोरर १६ गोल सहित बेनी फुटबल क्लबका सन्जिव क्षेत्री र म्यान अफ द सेरिज लिग पनि बेनी फुटबल क्लब कै सन्जिव क्षेत्री नै बन्न सफल भएका छन् । त्यस्तै भेट्रन तर्फ म्यान अफ द म्याच माछापुच्छ्रे फुटबल क्लबका रोहित थकाली, बेस्ट किपर लिगमा सेन्ट जोर्ज नेप्लिज क्लबका टोम थापा, टप स्कोरर ९ गोल सहित माछापुच्छ्रे फुटबल क्लबका रोहित थकाली, र म्यान अफ द सेरिज लिग पनि माछापुच्छ्रे फुटबल क्लब कै रोहित थकाली नै बनेका छन् ।

 

यो बाहेक यस पटक खेल यति धेरै टिम यति धेरै खेलाडीहरू लाई र समय तालिकालाई व्यवस्थापन गर्दै निर्धारित समय मै खेल सम्पन्न गर्ने चुनौतीपूर्ण काम सम्पन्न गरेको छ गोर्खा नेप्लिज कम्युनिटीले । खेल या कुनै पनि प्रतिस्पर्धामा कसैको जित या कसैको हार हुनु स्वाभाविक नै हो । सबै भन्दा ठूलो कुरा त समुदाय जोड्नमा खेलले खेलेको प्रभाबकारी र सकारात्मक भूमिका हो । त्यसै गरि खेलले खेलाडीहरू मा बढेको परिश्रमीको भावना र स्वस्थ जीवनप्रति उन्मुख युवाहरू हुन् । जुन नेपाली समुदायमा भएका यो र यस्ता किसिमको प्रतिस्पर्धाहरू ले एकदम सन्तोषजनक रुपमा पूरा गरेको देखिन्छ ।

सन् १९९५ मा त्यति बेला सानो संख्यामा रहेका बिद्यार्थी, प्राज्ञिकबर्ग, सैनिक पृष्ठभूमिका नेपालीहरूको सानो समूहको रुपमा उदाएको थियो गोर्खा नेप्लिज कम्युनिटी । जुन अष्ट्रेलियाको नियम अनुसार १९९६ मा न्यु साउथवेल्स अष्ट्रेलियामा दर्ता भयो र अनबरत आजसम्म समुदाय मै छ । १९९५ मा लोकमान लिम्बुले संस्थापक सभापतिको रुपमा नेतृत्व लिएको संस्थाको जिम्मेवारी डा. नारायण प्रधानले करिब १२ वर्ष, त्यस पछि मेजर भोला राईले २ वर्ष अनि फेरि डा. नारायण प्रधान हँुदै राम गुरुङ, टंक गुरुङ र हाल २३ औं वर्ष पुरानो यो संस्थाको नेतृत्व जितमान लिम्बुले लिएका छन् । विविध क्रियाकलापले समुदायलाई जोड्दै २३ वर्षको गौरबशाली इतिहास सहित गोर्खा नेप्लिज कम्युनिटीले गर्दै आएको जीएनसी सकर बाहेक २००२ बाट सुरु गरेको ‘नेप्लिज चिल्ड्रेन एक्टिभिटिज’ अहिले शब्दमाला पाठशालाको रुपमा सिड्नीका बिभिन्न भागमा संचालनमा रहेको छ । त्यसै गरि अष्ट्रेलियाको इतिहास मै पहिलो पटक कलाकार भित्राउने श्रेय पनि गोर्खा नेप्लिज कम्युनिटीलाई नै जान्छ । १९९८ मा मह जोडीलाई सिड्नीमा पहिलो पटक उपस्थित गराएर प्रत्यक्ष उनीहरूको कार्यक्रम यहाँका नेपालीहरू माझ सगौरब राखेको थियो । यस्तै मुनामदनलाई स्टेजमा उतार्ने होस या गायक कुमार कान्छालाई होस् वा आमाको घर लाई होस् यस्ता कयौं उदाहरणहरू छन् संस्थाले मन फुकाएको । अर्को तर्फ नेपाली समाजमा घट्ने विविध दुःखद घटनाहरू र नेपालमा घटेका प्राकृतिक विपदमा पनि संस्था संधै एककदम अगाडि बढेर सहयोगको हात फैलाएका उदाहारणहरू छन् ।

अन्त्यमा, यसरी २० वर्षको इतिहास बोक्दै अनबरत रुपमा सुमदायलाई जोडदै यहाँसम्म आइ पुगेको गोर्खा नेप्लिज कम्युनिटीले हामी प्रबासी नेपालीको गौरब र पहिचानका लागि अझै निरन्तर लागि रहोस् । अगाडि नै भने जस्तो स्वयंसेवी संस्थाले नेपाली डायस्पोरामा गर्न सक्ने एउटा उच्चतम कार्यको उदाहरणको रुपमा प्रस्तुत गोर्खा नेप्लिज कम्युनिटीले यसरि नै संधै संधै कर्मभूमिमा रम्दै जन्मभूमि प्रतिको कर्तब्य निर्बाह गर्नेहरू बीचमा साझा चौतरीको भूमिका खेली रहोस् । गोर्खा नेप्लिज कम्युनिटी र जीएनसी सकरलाई शुभकामना !!

जितमान लिम्बु : अध्यक्ष, गोर्खा नेप्लिज कम्युनिटी

खेलको मैदानमा आइ सकेपछि जित र हार त हुन्छ नै त्यो भन्दा पनि त्यसले ल्याउने स्पोर्टम्यानशिप अनि समुदायको सौहार्दता सबै भन्दा ठूलो कुरा हो । जुन एउटा नयाँ इतिहास रच्दै जीएनसीले पूरा गर्न सकेको छ जसले मलाई निक्कै खुसी बनायो । स्थापनाकालदेखि नै म संस्थामा आबद्द भएर संस्थाका सबै क्रियाकलापमा संधै सक्रिय रुपमा रही आएँ यस बीचमा सकर लगायत अन्य विविध कार्यक्रमहरू आयोजना गरि जीएनसी लाई छुट्टै पहिचान बनाउन भूमिका खेल्ने सबै अग्रजहरूलाई पनि म सम्झन चाहन्छु । व्यक्तिगत रुपमा फुटबल मेरो शौखको र अशाध्यै मन पर्ने खेल पनि हो अहिले आफू नै अध्यक्ष हुँदै गर्दा बिगतमा भन्दा धेरै टिमहरू सहित २ वटा ग्राउण्डमा जसरी हामीले समय मै जीएनसी सकार सम्पन्न गयौं यसले जीएनसी सकरले नयाँ इतिहास रचेको छ र एउटा छुट्टै उचाइ लिएको छ । यसो हुँदा हुँदै पनि नेपाली समुदायमा सकर क्लबहरू यति धेरै भैसके कि तिनीहरू लाई एउटा क्राइटएरिया बनाएर सहभागी टिमहरू छुटाउनु पर्ने नै थियो त्यसै अनुसार नै हामीले यी टिमहरू को छनोट गर्यौं । यसरि छनोट भएका सबै टिमहरू ले निक्कै नै राम्रो खेल प्रदर्शन गरे खेलको सबै भन्दा ठूलो गहना भनेको अनुशासन हो एक दुई सामान्य घटना बाहेक यस पटकको जीएनसी सकर समग्रमा एक दमै राम्रो संग सम्पन भएको छ । खेल सम्पन्न गर्न हामी लाई नेपाली समुदायका सबैको ठूलो सहयोग रह्यो सबैको सहयोग बिना यति ठूलो इभेन्ट पूरा गर्न सम्भब नै थिएन । त्यसै गरि खेललाई प्रायोजन गर्न सबै प्रायोजक र मुख्य प्रायोजक ओली एण्ड एसोसियट्सलाई पनि म यस अवसरमा धेरै धेरै धन्यबाद दिन चाहन्छु । हाम्रो मुख्य उद्देश्य भनेको खेल (सकर) को माध्यामले सामाजिक सदभाब (Social harmony) सिप बिकास (skill development) र स्वस्थ जीबन (health and well being) जुन हामीले संधै झैँ यस पटक पनि पूरा गरेका छौं । त्यसैले पनि हाम्रो खेलको पुरस्कारको धनराशि ठूलो छैन तर पनि ५÷५ महिनासम्म हामी सबैले आफ्नो परिबारको समय कटाएर यसको लागि समय दिने सबैलाई म हृदयदेखि धन्यबाद दिन चाहन्छु । नब आगन्तुक भाइ–बैनीहरू लाई पनि म अनुशासित भएर आफ्नो काम र कर्तब्यमा अगाडि बढ्न सल्लाह दिन चाहन्छु । सकर खेल्न चाहने या नेपालमा पनि सकर खेलेका भाइबैनीहरू लाई पनि आफ्नो इच्छाको यो खेललाई यहाँ पनि निरन्तरता दिन म सल्लाह दिन्छु यसको लागि आफ्ना साथीभाइहरू कता छन् कुन समुह या क्लबबाट खेलेका छन् उनीहरू कै सम्पर्कबाट खेल सुरु गरे यहाँ धेरै अवसर आउँछन् त्यसो भन्दै गर्दा अनुशासन हुने, अग्रजहरू को सम्मान गर्ने गर्नु पर्दछ जसले आफ्नो बैयक्तिक बिकासमा पनि उनीहरू लाई धेरै सहयोग पुग्छ ।

 

Gurkha Nepalese Community (GNC) Football Tournament: Proud Heritage and Reflections

 – Raju Manandhar,

Coordinator, NRNA, ICC, Sports Committee,

Treasurer, All Nepal Football Association, (ANFA) 1995-2001

NC, a non-profit 100 per cent volunteer basis organization, has been working devotedly and consistently since 1995 towards introducing, cultivating, preserving and promoting Nepalese culture. Its one paramount contribution is the organisation of GNC League which is the oldest, most respectable and important football competition in our community.

GNC, is sincerely devoted to consistently deliver social excellence through sports mainly football, the universally acknowledged as mother of all games. It has been going from strength to strength living up to the community’s expectation.

Its leaders have created the appropriate platform for the football fraternity and other responsible, clear sighted ones and well-meaning football organisers take fair advantage of it for the sensible and dignified progress.

It is a pioneering campaigner of reinforcing the youths and respecting the seniors through the sport. It has created inspiring environment for the footballers of young generations by delivering on the best possible facilities, attractions and services. GNC has earned it a reputation as one leading and best coordinated community organization working hard and meaningfully in an organised and active way towards the sporting goal set for all soccer stakeholders and definite future.

The popularity of GNC has been resulted from its long-standing and consistently delivering better service making substantial and reliable improvements on the service it has been sincerely catering for the footballers and football lovers with splendid footballing experience in harmony with the community’s common aims and expectations. It has offered the inspiring and exemplary volunteering contributions in the best interest of community spirit and enhancing our proud football culture.

Taking everything into consideration, “Oli and Associates Australia GNC Football League 2018/2019” organised by Gurkha Nepalese Community in affiliation with Australian Nepalese Football Association (ANFA), is one most successful edition so far. As per everyone’s expectation it offered the spellbinding football experience of high standard and improved look to all concerned.

GNC has created opportunity for the veterans. The committed footballers of 35 plus are enthusiastically participating in the veteran’s category which have extended them the opportunity to continue their spirit of competition and to discipline themselves for the physical fitness and maintain stamina in the face of growing age. It is said that a man does not play because he is old, he is old because he does not play. Sports and and overall development of a man’s personality are closely correlated. It is never too late to start a new thing and achieve a goal. There is a growing recognition that older people have potentials too. Sport is all about competing well not winning irrespective of in which age group you are. The spirit and performance of the veteran players are the source of constant source of inspiration for the youths and the players of second generation. This is the only league of its kind in Nepal’s soccer history.

GNC family is excited to gain the ever growing support and cooperation of all community organisations, football teams, considerate stakeholders and significant assistance of ANFA. It always intends to make the sports and recreation related events inclusive. As the forerunning organiser it has been making rewarding efforts to set the example and discourage all kinds of unsporting behaviour and stop unwanted activities on and off the pitch. Sportsmanship, the ultimate winner, shines everlastingly. In football like in other sports all can be winners as all are capable of demonstrating the fair play which is the ultimate winner.

One man practicing sportsmanship is far better than 50 preaching it. – Knute Rockne. We leave our ego at home and enter into the pitch for the friendly-rivalry and healthy competition.

राजिब प्रधान : स्पोर्ट्स सेक्रेटरी, गोर्खा नेप्लिज कम्युनिटी

यो पटकको जीएनसीको यो २० आैं प्रतियोगिता हो । जीएनसी सकरका यस पटकका सबै खेलहरू निक्कै उत्साहप्रद रुपमा सम्पन्न भए । यो पटक प्रिमियर लिगका लागि १२ टिम थिए र माइनर लिगका लागि ९ टिम थिए । माइनर लिगबाट उत्कृष्ट २ टिम प्रिमियरमा गए र प्रिमियरबाट बटम ३ टिम बाहिरिए । यिनै मध्येका एक टिम तेश्रोको लागि अर्को टिम संग खेल जिते पश्चात पुनः प्रिमियर लिगमा नै अवसर पायो । यसरि पुनः कुल १२ टिमको लिगबाट उत्कृष्ट ४ टिम जीएनसी सकर सिल्डको लागि प्रतिस्पर्धामा आए । यसरि नै ६ भेट्रान टिमहरू लिग हुँदै शिल्डका लागि अन्तिम प्रतिस्पर्धामा आइ पुगे । खेलको गुणस्तर निक्कै राम्रो थियो । सबै टिमले यो पटक निक्कै राम्रो खेले, यस पटक हाम्रो खेललाई ओली एण्ड एसोसिएट्सले स्पोन्सर गरेको थियो । यो पटक सबै टिमहरू निक्कै राम्रा थिए, त्यो भन्दा पनि पुराना भन्दा नयाँ टिमको खेल प्रदर्शनी र अनुशासन प्रसंसा गर्न लायकको नै थियो ।

धेरै टिमहरू भए पश्चात सोहि अनुसार अलिकति व्यवस्थापनमा कठिनाइ हुनु स्वाभाविक हो त्यसलाई हामीले हाम्रा कटिबद्द स्वयंसेवक र टिमका साथीहरू बाट सबै व्यवस्थापन गर्यौं । त्यसैले पनि यस पटकको खेलमा सबैभन्दा ठूलो चुनौती भनेकै टिम व्यवस्थापन र त्यो भन्दा पनि टिमलाई अनुशासित तबरबाट खेलमा सहभागी गराउनु नै रह्यो । हामी संग पर्याप्त मात्रमा फस्र्ट एड ट्रेन्ड स्वयंसेवकहरू थिए, अझ यस पटकका सबै एम्पाएरहरू नै फस्र्ट एड ट्रेन्ड थिए र पनि कुनै अप्रिय घटना या चोट पटक लागेन । अन्तिममा केहि प्राबिधिक र साथीहरू को संयमता नहुँदा एकै छिन् केहि खल्लो अनुभब भयो नत्र समग्रमा खेल निक्कै रमाइलो भयो, डायोस्पोराका नेपालीहरू ले नै गर्ब गर्न लायक भयो ।

नयाँ खेलाडीहरू लाई सकेसम्म आफ्नो खेल्ने बानिलाई यता आए पनि निरन्तरता दिनुहोस किनकि यहाँ पनि निक्कै अवसरहरू छन् । यसका लागि सबैभन्दा ठूलो कुरा आफूमा स्पोर्टम्यानसिपको विकास गर्नुस अनि अनुशासन भन्ने कुरा सबै क्षेत्रमा चाहिन्छ नै स्पोट्र्समा झन् त्यो धेरै चाहिन्छ । यहाँ धेरै क्लबहरू छन् तपाईको रुचि सकरमा छ भने तपाईले निश्चय नै कुनै क्लबमा प्रवेश पाउनु हुनेछ । जीएनसी सकर यहाँको नेपालीहरू माझको एकदमै लोकप्रिय प्रतियोगिता हो यहाँसम्म आउनको लागि तपाईलाई सबै तिरबाट खुल्ला छ । तपाई अझै लगनशील हनु भयो भने यहाँ धेरै अगाडि पुग्ने ठाउँहरू छन् । सिड्नी र मेलबर्नमा नेपालबाट आएका केहि खेलाडीहरू ले नेसनल लिग खेल्न थाली सकेका छन् । त्यसैले त्यो तपाई पनि गर्न सक्नु हुन्छ, लगनशिलता, नियमित अभ्यास र अनुसाशन चाहिं पक्कै आबश्यक पर्दछ । भोलि राम्रो खेल्दै गर्दा तपाईँको साथ साथै नेपाली समुदायको पनि नाम जोडिन्छ तपाईँको कारण नै त्यो बन्छ भने त्यो तपाईँले गरेको गल्तिले छिन् भर मै बिग्रन्छ । यसरि बिग्रदै गर्दा तपाईँ आफू मात्र बिग्रनु हुन्न तपाई आबद्ध टिम नेपाली समुदायको नाम पनि तपाईले संगै बिगार्नु हुन्छ त्यो कुरामा पनि बिशेष विचार गर्नु होला ।

भवानी ओली, निर्देशक, ओली एण्ड एसोसिएट्स
अष्ट्रेलियाको खेल क्षेत्रको सिग्नेचर इभेन्टको रुपमा रहेको जीएनसी सकरको पाँच महिना लामो खेल हालै सकिएको छ । २० औं संस्करणसम्म आइपुग्दा यो खेललाई टाइटल स्पोन्सरको रुपमा सहयोग गर्ने अबसर यस पटक ओली एण्ड एसोसिएट्सलाई प्राप्त भयो । यहि समुदायमा रहेर बिगत एक दशकभन्दा बढी व्यवसाय गरि रहँदा समुदायका लागि केहि सहयोग गर्न’ पर्ने कर्तब्यलाई आत्मसाथ गर्दै यसका नाफा घाटा हेरेर होइन तर समुदायप्रतिको उत्तरदायित्वका लागि हामीले यस पटक जीएनसी सकरमा सहयोग गर्यौं । हामीले यो सहयोग गर्दै गर्दा जीएनसी सकरलाई सफलताका साथ सम्पन्न गर्न यसमा दिन रात खट्ने सबै सदस्यहरु र स्वयंसेवीको निस्वार्थ भावनाले हामीलाई झन् नतमस्तक बनायो । अष्ट्रेलिया जस्तो देशमा रहेका हामी प्रबासीहरु जसले दैनिक परिश्रम नगर्ने हो भने जीवीकोपार्जन गर्न नै कठिन हुन्छ यस्तो ठाउँमा पनि यो स्तरको र यति स्तरीय खेल सम्पन्न गर्ने काम पक्कै सजिलो होइन तर त्यो पूरा भएको छ । आफू नै दर्शक भएर खेलहरु हेर्दा खेलहरु यति स्तरीय थिए कि फाइनल खेलमा खेलाडीको उर्जा, व्यवस्थापन पक्षको शूक्ष्म व्यवस्थापन हेर्दा मलाई त यो वल्र्ड कपको फाइनल भन्दा कम लागेन । त्यसैले पनि हाम्रा खेलाडीमा धेरै सम्भावनाहरु छन् जस्तो लाग्छ । नयाँ आउने भाइबैनीहरु लाई पनि आफूलाई मन पर्ने खेल खेल्ने आफ्नो बानिलाई निरन्तरता दिनुहोस भन्न चाहन्छु । कुनै एउटा क्लबमा आबद्ध हुनुहोस् जसले तपाईलाई अन्य साथीभाइ र अग्रजहरु संग सामिप्यता हुन पनि मद्दत पुग्दछ । जुन उनीहरु लाई खेल लगायत सबै ठाउँमा काम लाग्छ । यसो भन्दै गर्दा तपाईको अनुशासनले नै तपाईको गुणस्तर निर्धारण गर्छ त्यसैले अनुशासित हुनु होस, स्पोर्टसम्यान्सिपलाई निरन्तरता दिनुहोस तपाईहरु अवसरको भूमिमा हुनुहुन्छ, धेरै अवसरहरुले तपाईलाई पर्खेर बसेका छन् ।