लम्बा लम्बा पात क्या हे  ?

-- सुजित सिग्देल / प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६
नेपाल भारत सिमामा रहेका नेपाली गाउँहरुबाट खेती-पाती सके पछाडी केहि युवाहरु खेति सिहार्ने बेला नहुदाँ सम्म सिमा पार कामको सिलसिलामा जाने गर्थे रे ।  एउटा युवा मकै लगाएर सिमा परि तिर गएछ २/४ महिनामा फर्कदा मकै हलक्क बढेछ, त्यसैलाई देखाउदै  घर फर्केको युवाले आमा संग नयाँ लबजमा सोधेछ ‘लम्बा लम्बा पात क्या हे’ । यसो २/४ छाक मसिनो मिठो खाएर, एक सरो सफा कपडा लगाउना साथ आफ्नो औकात बिर्सने नहुने तिर इंगित गर्दै स्कुल पढ्दा नेपाली गुरुले भन्ने कथाहरु मध्ये धेरै चोटी सुनेको कथा हो यो । प्रसङ्ग देशको उस्तै परिस्थिति विच  विदेश तिरबाट आफ्नो संस्थाको सम्मेलनमा नेपाल पुगेका वा जादै गरेका एनआरएनहरुको हो ।
८० देशमा फैलिएको  एनआरएनएको संजाल र संजालको नेतृत्व गर्नेहरु यति बेला नेपाल पुगेका छन् / पुग्दैछन् । सायदै  यी सबै ८० देशहरु भन्दा भौतिक रुपमा र विकासको दृष्टिकोणले नेपाल कमजोर छ, त्यसैले हामीहरु यी देशमा स्थाई/अस्थाई बसोबास गरिरहेका छौ । नेपालको राजनीतिक अस्थिरता, भ्रष्टचार, कमजोर अर्थ व्यवस्था, दुरदृष्टि राजनेताको अभाब, धेरै मध्येका केहि कारण हुन सक्छन नेपाल आहिलेको अबस्थामा रहनु । र कुनै न कुनै रुपमा कुनै न कुनै बेला बिश्वभरि पुगेका एनआरएनहरु माथि भनिएका कारणको शिकार पक्कै बनेका थिए ।
२/४ प्रतिशत छोडेर हामी मध्ये धेरै मध्यम मार्गबाट उठेर आफ्नो वैयक्तिक र पारिबारिक समस्या टार्न र जीबन यापन सहज बनाउन जहाज चढेका हौ, जाहज चढदै छौ । सुटकेश गुडाउदै त्रिभुवन विमानस्थलबाट बाटो लागेका हामीहरु मध्ये भाग्य, परिस्थिति र मिहेनतले केहि शेष घले, उपेन्द्र महतो, जिबा लामिछाने र भवन भट्टहरु बन्यौ अरु कति गुमनाम छौ । कति आजै कठोर बाटोमा छौ, परको स्वर्णिम क्षितिज छुने आशामा ।
सरसर्ती हेर्दा पनि विदेश बासाईमा मानिस कति बेला पद र प्रतिष्ठा खोज्छ अनुमान गर्न गार्हो छैन । अपबाद बाहेक अलिकति कमाउन थाले पछि, अलिकति आर्थिक रुपमा आफुलाई सक्षम ठाने पछि, अनि बिबिध झुण्डमा रमाउने र विदेश मै पनि पद र प्रतिष्ठाका लागि जोड घटाउमा लाग्ने अथवा भनौ सामाजिक रुपमा आफ्नो पहिचान खोज्नहरुको संख्या धेरै देखिन्छन् भन्दा सायदै गलत नहोला । चर्चामा रही रहन, संचार मध्यममा छाई रहने उपयुक्त प्ल्याट फर्म पनि बन्यो यति बेला ८० देशको यो एनआरएनए  संजाल ।  होइन भने सामाजिक र परोपकारी कार्यको लागि सयौ अबसर र अबश्यकिय ठाउँहरु खुद आफ्नै वरपर धेरै छन् । एकै छिन् आफ्नो घर, घरमा काम गर्ने सहयोगी परिवार, तिनका छोरा छोरि, वल्लो घर, पल्लो घर नजिकैको प्रथामिक स्कुल, माध्यमिक स्कुल, पानीको अभाब रहेको जिर्ण चौतारो, पुस्तकालय नभएको निजिकैको स्कुल वा गाबिस भवन सम्झौ त । यी प्रत्येक ठाउँ सँग सरोकार राख्नेलाई फलानाका छोरो/छोरि फलानो-फलानो देशमा छन् भन्ने राम्ररी थाहा छ । तपाई हाम्रो सहयोगको र प्रत्येक रुपैयाको सहि सदुपयोग हुने ठाउँ हाम्रै वरपर नै रहेछन त, किन हामी सधै परोपकारी कार्यको लागि संजाल, संस्था, पद खोज्न दौडदै छौ त ?
अर्को तिर ठुला-ठुला लगानी र राष्ट्रिय स्तरका योजनाहरुमा सहभागी हुन सक्ने हामी कति हौला यो संजालबाट ? कतिलाई विदेश जादाँको ऋणको साऊँ होइन ब्याज समेत तिर्न गार्हो छ, कतिको मन कुडिएको होला घर परिवारको चाहना अनुसार घरमा एउटा कोठो थप्न नसकेकोमा, घरको रंग-रोंगन गर्न नसकेकोमा । आफ्ना यिनै साना र आफ्ना वरपरका कयौ यस्ता समस्याहरुको चाङ् लगाएर कतै तपाई हामि पांच तारे होटेलको चुनाबी माहोलमा भोटरको रुपमा मात्रै त खडा छैनौ ? यदि त्यसो हो भने फेरि सम्मेलन सकेर घर पुग्दा हामि पनि ‘लम्बा लम्बा पात क्या हे’ भन्ने प्रश्नको निजक त हुदैनौ ?
हुनत एनआरएनए संजाललाई माथि भनिएका कुराहरुमा मात्र संकुचित गर्दा अन्यया हुन्छ किनकी बिगत केहि बर्ष संस्थाको आगुवाइमा भएको परोपकारी कार्य सम्झदैमा जो कोहिलाई श्रद्दाले शिर निहुराउन मन लाग्दछ । जब देश भुकम्पको पिडाले विछिप्त थियो त्यति बेला स्वत स्फुर्त करडौ रुपैया उठाएर, फिल्ड मै पुगेर स्वस्थ उपाचार देखि भौतिक रुपमै पिडितहरुको घाउमा मल्हम लगाउने स्तुत्य कार्य गरयो एनआरएनएले जसको बयान शब्दमा गर्न गार्हो छ । त्यो विषम परिस्थिति थियो, नेपाललाई ग्लोबमा मात्र चिनेका संसारभरिका मानिसहरुले त्यति बेला मन फुकाए, खेलाडी, कलाकार राजनीतिज्ञ देखि सबै धर्म र सम्प्रदायकाले यो दुखद परिस्थितिमा उच्च मानबिय नमुना प्रस्तुत गरे । कयौ बिदेशीहरु समेत स्वयम्सेवीको रुपमा नेपाल गए कति नेपाल कै कमजोर ब्यबस्थापनका कारण नेपाल जान पाएनन् ।  त्यति बेला मनकारी एनआरएनएहरुको परोपकारी भावना छाताछुल्ल भएर पोखियो, बिकट र समस्या ग्रस्त ठाउँमा आफै पुगेर त्यो पिडा खुद आफै सँग साटे । निश्चय नै देश त्यस्तो पिडामा हुदाँ आफ्ना वरपरका समस्याहरु सामान्य हुन्छन, सामान्य मान्नु पर्दछ । तर पनि बिश्व भर रहेका धेरै एनआरएनहरु छन् जो यो र यस्तै  पिडामा साना ठुला सहयोग त गरे,  त्यस पछि पनि आफ्नै आखाँले देश हेर्न उनीहरुको चाहना आहिले सम्म पुरा भएको छैन । पांच तारे होटेलमा भोटर हुने कुरा त उनिहरुको लागि निक्कै परको भैगो ।
अहिले समाजिक संजालमा देश पुगेका एनआरएनहरुका नेपाल प्रतिको बिबिध प्रतिकृया र सुझाब हेर्दा फेरि पनि ‘लम्बा लम्बा पात क्या हे’ भन्ने स्मरण हुन्छ ।  हामी सबैलाई थाहा छ नेपालको कर्मचारी तन्त्र, नेपालको विमानस्थलको अवस्था, कर्मचारीको मनोबल, कार्यशैली र हालका घटना क्रमले सबैको थकित मानसिकता । हो हामी एनआरएनहरुले धेरै कुरा देख्यौ, जान्यौ, धेरै बुझ्यौ होला तै पनि केहि बाहेक हाम्रो देशको अन्य कर्मचारीहरुमा गहन अध्यान छ, बिषयबस्तु, सामाजिक, भौगोलिक र बिश्व मानचित्र र प्रबिधिहरु उनीहरुले पनि जानेका छन् पढेका छन् ।
त्यसैले यस्तो गर्नु पर्छ, यो के हो ?  यस्तो दुख पाइयो? यस्तो पनि हुन्छ ?  उता हाम्रो देश तिर यस्तो हुन्छ, हामि यसरि काम गर्छौ भनेर ‘लम्बा लम्बा पात क्या हे’ तरिकाले प्रस्तुत नहऊँ । त्यसमा पनि हामी यति ठुलो संजाल भएको संस्थाको सदस्य पो त,  हाम्रो एनआरएनएका नेता र नेता बन्न लागेकाहरुको सिधै सिंहदरबार देखि शितल निबास सम्म उठबस छ। एउटा राष्ट्र सेवक कर्मचारी प्रति औलो ठडाउनु भन्दा हाम्रै नेताहरु ले नै बरु हाम्रा यी असन्तुष्टिहरु सिधै सिंहदरबार र शितल निबास सम्म पुराइदिउन र सिधै नीति निर्माणमा तिनको प्रभाब परोस । होइन भने फेरि हाम्रो उपदेश उही  ‘लम्बा लम्बा पात क्या हे’ नै हुन सक्छ ।
( पुन प्रकाशित )