नेपाल भ्रमण वर्ष २०२०, हाम्रा अपेक्षा र वास्तविकता

-- सुजन न्यौपाने / प्रकाशित मिति : सोमवार, पुस २१, २०७६

नेपाली पर्यटनको इतिहासमा यसको बिस्वब्यापि प्रबद्धधन् गर्ने उद्देश्य बोकेको महाअभियान यस पटक ‘नेपाल भ्रमण वर्ष २०२०’ को नाममा औपचारीक रुपमा समुद्घाटन भएको छ । सन् २०१८ मा नै गर्ने भनिएको तर सन् २०१५ मा गएको बिनासकारी भूकम्पले तयारीलाई असर पुर्याएपछि पुननिर्माण र थप तयारीको लागि भनेर दुई वर्ष पछाडि धकेलिन पुगेको आयोजनाको उद्घाटन, अपेक्षा गरिएका पाहुनाहरुलाई बिश्व स्तरिय आतिथ्य सेवा प्रदान गर्ने आधारभूत पुर्वाधार, जनचेतना र दक्ष जनशक्तिको ब्यापक अभावकै बाबजुत भर्खरै मात्र अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात जनवरि १, २०२० का दिन नेपालमा संघीय र प्रान्तीय सरकारहरु द्वारा निकै नै तामझामका साथ औपचारिक रुपमा गरिएको छ । नेपाली पर्यटनका प्रमुख बैदेशिक श्रोत मुलुकहरु भारत र चीन लगायत अन्य केहि देशका पर्यटन मन्त्रीहरु, बिभिन्न देशका सन्चार सञ्चारमाध्यम र देस बीदेसका सम्बन्धित क्षेत्रका हजारौं प्रतिनिधि र सर्वसाधारणहरु माझ देसका केहि बन्द रंगशाला हरुबाट सार्बजनिक उक्त आयोजनाले लक्ष्यअनुसार सफलता हांसिल गर्न धेरै नै ठुला चुनौतिहरुको सामना गर्नुपर्ने देखिन्छ ।

असिमित चुनौतिहरुका बाबजुत् यस्ता किसिमका आयोजनाहरु र नेपाली पर्यटन क्षेत्रको यात्रालाई फर्केर हेर्ने हो भने सन् १९५० को दशक सुरु हुनै लाग्दा केहि क्षेत्रमा पदयात्रा र हिमाल आरोहण संगै बिश्व बजारको लागि खुलेको मानिएको नेपालको पर्याटनको ढोका ६० को दशकको सुरुवातीदेखि ७० को दशकको अन्तिमसम्म बिशेष गरि काठमांडौमा बाक्लिएको हिप्पिहरुको आगमनले आर्थिक् रुपमा खासै प्रभाव नपारे पनि नेपाल लार्ई विश्वसामु अझ परिचित गराएको इतिहास छ । यसरि सुरु भएको मानिएको नेपाली पर्यटन बिस्तारै हिन्दु र बौद्ध धर्मावलम्बीहरुका तीर्थ यात्राहरू, अझ वृहत र साहसिक पर्यटन गतिविधिहरुको वृद्धि संगै ९० को दशकसम्म आइपुग्दा राष्ट्रको कुल ग्राहस्त उत्पादनमा नै बिषेश योगदान गर्न सक्ने उधोगको रुपमा स्थापित हुँदै जान थालेको हो । यसरी सुरु भएको यात्रा लाई संस्थागत गर्दै सम्भावना, अवसर र गन्तब्यहरुको खोजि गर्ने अनि आवस्यक पूर्वाधारहरुको बिकास र आइपर्ने समस्याहरुको पहिचान र समाधान गर्दै अघिनै बढ्ने अभिप्रायका साथमा व्यवस्थित पर्यटन को बिकासको लागि तत्कालिन सरकार बाट सन् १९९६ मा पहिलो पटक ‘नेपाल भ्रमण वर्ष १९९८’ आयोजना गर्ने घोषणा भयो । धेरै ठूलो महत्त्वाकांक्षा नभए पनि ‘नेपाल भ्रमण वर्ष ९८’ नाम दिइएको उक्त् महोत्सव नेपालको पर्यटन को बिकासमा कोशेढुंगा साबित हुन सफल बन्यो । त्यस यताका संख्यात्मक आंकडाहरु हेर्दा त्यस अघि ३ लाख वरिपरि हुने बैदेशिक आगन्तुकहरुको संख्यामा त्यस पछिका केहि वर्षहरुमा उल्लेख्य वृद्धि भएको थियो तर दूर्भाग्यबस तत्कालिन सरकार र माओबादी बिद्रोहिहरु बीचमा भएको चरम हिंसात्मक द्वन्दका कारण सन् २००६ को अन्त्यताका भएको युद्धबिराम पूर्वका करिव ६ वर्ष नेपाली पर्याटनले इतिहासकै उच्च नोक्सानी भोग्नु परेको थियो । तर दशक लामो गृह युद्ध सकिएर शान्तिको पुर्नबहाली पश्चात भने क्रमशः बढ्दै गएको यस उद्योगको चहल पहललाई फेरि एक पटक व्यवस्थित गर्दै संसारलाई अब नेपाल एउटा सुरक्षित गन्तब्य भएको जानकारी दिन सन् २०११ मा पुन:  ‘नेपाल भ्रमण वर्ष २०११’ को आयोजना गरियो, भलै विविध सामाजिक र राजनितिक कारणबस अंकगणितीय रुपमा लक्ष भेट्न सफल नदेखिए पनि त्यसपछिका वर्षहरुमा भने बिभिन्न पर्यटकिय गातिविधिहरु अझ बढाउन मद्धत् गर्दै पहिलेको तुलनामा झन्डै दोब्बर संख्यामा पर्यटक भित्राउन त्यो आयोजना सफल रहयो । जुन अहिलेसम्म पनि बढ्दो नै छ, सायद अघिल्लो आयोजनाका अनुभव र यस आयोजनाताका तयारीमा भएका पूर्वाधार बिकास र अनेकन कायक्रमहरुका माध्यमबाट पर्यटन उद्योगलाई देशको कुल आम्दानि र रोजगारीको एक मुख्य श्रोत बनाउन २०११ को आयोजना धेरै हदसम्म सफल रहेको पाइयो ।
अब परिस्थिती बदलिएको छ, नेपालको कुल ग्राहस्थ उत्पादनको ७ दशमलब ९ प्रतिशत हिस्सा ओगट्न सफल नेपाली अर्थतन्त्रको मेरुदन्ड, अझ बिश्वमा हुने आर्थिक गतिबिधिको झन्डै १० दशमलव ५ प्रतिशत हिस्सा ओगट्ने ’पर्यटन उद्योग’ संग सम्बन्धित वार्षिक मेलाहरु आयोजना पूर्व व्यापक तयारी र दक्ष जनशक्तिको परिचालन अपरिहार्य छ । तर केवल १० करोड रुपैयाँको प्रबर्दन बजेट रहेको ‘भ्रमण वर्ष २०२०’ आयोजनाका बिभिन्न पाटाहरु केलाउंदै गर्दा पर्याप्त तयारि नपुगेको देखिने यस आयोजनाबाट सायद सरोकारवाला निकायका हर्ताकर्ता, सम्बन्धित क्षेत्रका केहि ब्यपारीहरुको आर्थिक उपार्जनको लागिको चलखेल थियो अथवा राजनीतिक वृत्तमा हुने जुंगे युद्धमा हतार हतारमा गरिएको ‘पपुलिस्ट’ निर्णय थियो कि भन्ने आशंकामा टेवा पुग्दछ । तथापि यसो भनिरहंदा सरकारले थालेको अभियानको बिरोध गरेको अर्थ नलागोस् तर नेपाली अर्थतन्त्रमा करिब २ खर्ब ४१ अर्ब रुपैयाँ र १० लाख भन्दा धेरै रोजगारि सिर्जना गर्ने उद्योगको सरकारी स्तरबाट भएको बिस्वब्यापि प्रबर्दनको प्रयासको लागि सहि समय छान्न नसक्नु र समयानुकुल पर्यप्त तयारि हुन नसक्नुले यस क्षेत्रमा गम्भीर नकारात्मक असर पार्ने पनि सम्भावाना रहन्छ । यद्यपि बिश्व बजारमा सार्वजनिक भइसकेको यस महत्व्कांक्षी आयोजनालाई अब कसरी सफल पार्ने र नेपालको बर्तमान अस्तब्यस्तता बीचबाट गुज्रिने यस आर्थिक महामेला लाई सम्भावित् दूर्घटना बाट कसरि जोगाउने भन्ने बिषयमा गम्भिर समिक्षा र सरोकारवाला सबैको अथक् प्रयास आवस्यक देखिन्छ ।

वार्षिक करिब १ अर्ब ४० करोड बैदेशिक पर्यटक आगमन रहेको र बिश्वभरका रोजगारिमा १० प्रतिशत योगदान गरिरहेको बिश्व पर्यटन बजारबाट कथित ‘बुद्ध र सगरमाथाको भूमि’ हाम्रो नेपालले एक वर्षमा २० लाख बिदेशी पर्यटक आगमनको अपेक्षा राख्नु अस्वभाविक नहोला तर वर्तमान् बिश्वको प्रतिस्प्रर्धी पर्यटकीय क्षेत्रको समग्र मागलाई अब बुद्ध र सगरमाथाको नामले मात्र थेग्न सक्ने अवस्था छैन । यिनै चर्चित नाम अनि केहि क्षेत्रीय रुपमा चर्चित धार्मिकस्थलहरु र केहि अन्तराष्ट्रिय ख्याति प्राप्त गन्तब्यहरु बाहेक नेपालको तत्कालिन अस्तब्यस्ततामा कुनै पनि बिदेशी आगन्तुकले संसारका अनेकन चर्चित, सर्वसुविधासम्पन्न र धेरै सस्ता गन्तब्यहरु छाडेर दुःखले कमाएको पैसा लिएर नेपालनै घुम्न आइ दिनुपर्ने खासै धेरै कारणहरु नहुन सक्छन् भलै भूकम्प पछिको पुनः निर्माणको प्रयासको कदर गरि सहयोग स्वरूप् केहि ख्यातिप्राप्त अन्तराष्ट्रिय सञ्चार माध्यमहरु द्वारा नेपाललाई घुम्नै पर्ने गन्तब्यहरुको सुचिमा बेला बेलामा समाबेश गरिदिइरहेका छन् जसले केहि हदसम्म भए पनि नेपाली पर्यटनलाई प्राण भर्ने काम गरेका छन्, तर यसबाट कम बजेटमा केही समयका लागि घुम्न आउनेहरु बढी आकर्षित हुने हुंदा धेरै नै खुसी भइहाल्नु पर्ने अवस्था भने रहँदैन जुन कुरा बिभिन्न समयमा सार्बजनिक हुने तथ्यांकहरुले पुष्टि गरिसकेका छन् । एक तथ्यांक अनुसार सन् २०१७ मा नेपालमा हुने औसत प्रति पर्यटक खर्च ५४ अमेरिकि डलर रहेको तर सन् २०१८ मा सात वर्षकै न्युनतम् ४४ डलरमा झरेको थियो, यसले अब संख्या भन्दा पनि गुणस्तरीय र खर्च गर्न सक्ने पर्यटकहरुको आवस्यकता प्रस्ट्याउंछ ।

यस्तो अवस्थामा अल्पकालिन र दीर्घकालिन योजनाहरु बनाएर अगाडि बढ्नु आवस्यक हुन्छ । अल्पकालिन योजना अन्तर्गत् हाल उपलब्ध सेवा सुबिधालाई नै व्यवस्थित् गर्दै जिम्मेवार र दक्ष जनशक्तिको बिकासमा तिब्रता दिदै आन्तरिक पर्यटनलाई सम्मानित बनाउँदै यसको प्रबर्धनलाई बिस्तार गर्दै जाने । World Travel And Tourism Council को एक अनुसन्धानका अनुसार नेपाली पर्यटनले अर्थतन्त्रमा गतवर्ष गरेको योगदानको ५६ प्रतिशत् योगदान आन्तरिक पर्यटन बाटै भएको थियो र यदि पर्यटन क्षेत्रमा बिदेशी पासपोर्टधारी गैर आवासिय नेपालीहरुलाई बिदेशीको सुचिमा नराखि आन्तरिक पर्यटक संगै राखेर हेर्ने हो भने तत्कालिन अवस्थामा धेरै सम्मान सत्कार नखोजि अझ बढी खर्च गर्दै आन्तरिक पर्यटनबाट हुने योगदानको दायरा झन बढ्ने निश्चित छ किन भने भारत, चीन र अन्य केहि एसियाली देशहरु बाहेक अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका पश्चिमा देशबाट हुने उल्लेख्य बैदेशिक पर्यटकको सुचिमा पनि बिदामा घर फर्कदै गरेका डायस्पोराका बिदेसी पास्पोर्टधारि नेपलीहरुको संख्या नै ठुलो हुन्छ ।  डायस्पोराका नेपालीहरुको बढ्दो आय र बदलिंदो जीवनशैली संगै युरोप, एयिसा, अष्ट्रेलिया अनि अमेरिका लगायतका बिभिन्न देशहरुको भ्रमण गर्ने क्रममा उल्लेख्य् वृद्धि भएको पाइन्छ । जसलाई सहि रुपमा सम्बोधन गरि त्यो संख्याको ठूलो हिस्सा नेपालतिर आकर्षित गर्न सके धेरै ठूलो बिदेशी रकम नेपाल भित्रनेछ । बिदेश स्थित नेपाली राजदूताबासहरुले अलि सक्रिय रुपमा गैर आवासीय नेपाली संघ र बिदेशमा सक्रिय अन्य सामाजिक संघसंस्थाहरु संगको सहकार्यमा त्यो उपलब्धि पाउन त्यति गार्हो देखिंदैन किनकि धेरैजनाले स्वतःस्फूर्त रुपमा सके आफै नत्र आफु नजिकका स्वदेशी बिदेशी मित्रहरुलाइ नेपाल भ्रमणको लागि उत्प्रेरित गरेको भेटिन्छ । झन गैर नेपाली संघ संस्थाहरुद्वारा बाक्लो रुपमा आयोजना गरिने बिश्वभेला संगै सम्पुर्ण क्षेत्रीय भेलाहरु समेत नेपालका बिभिन्न शहरहरुमा गर्ने व्यवस्था मिलाउन सके त्यसले नेपाली पर्यटनलाई अझ उर्जा दिन सक्छ । त्यसका अलवा, राजनीति, ब्यापार, खेलकुद र कला संस्कृति लगायत ठूलो संख्यामा स्वदेशी बिदेशी साहभागिहरु रहने उत्सवहरुको आयोजना अझ बाक्लो रुपमा गर्न र गराउन सके त्यस्ता आयोजनाहरुबाट झनै ठुलो आर्थोपार्जन गर्न सकिन्छ ।

दीर्घकालिन बिकास र परम्परागत आधारमा पर्यटक मानिएका धेरै भन्दा धेरै बिदेसिहरुलाई आकर्षिकत गर्ने हो भने बैदेशिक पाहुनाहरुसंग सबै भन्दा मुख्य सम्बन्धन हुने हवाइ यातयातका आन्तरिक र बाह्य समस्याहरुको समाधानमा खास कामहरु हुन जरुरी हुन्छ । जसले अहिलेको जस्तो नेपाली आकाशबाटै आगन्तुकहरुले व्यहोर्नुपर्ने नैरास्यता समाधन गर्दै राष्ट्रिय आत्मबिस्वास बढाउनेछ । राष्ट्रिय ध्वजाबाहक बिमान कम्पनिमा बित्तिय र व्यवस्थापकिय सुधार अपरिहार्य छ अनि कम्तिमा हाल निर्माणाधिन रहेका ठूला पूर्वाधारका आयोजनाहरु जस्तै काठमाडौँ, पोखरा र भैरहवा अंतराष्ट्रिय बिमानस्थलहरुको मर्मत र निर्माण कार्य सम्पन्न गरेर राष्ट्रिय तथा अंतरराष्ट्रीय हवाइ यतायातको क्षमता अभिवृद्धि गर्ने कार्य सक्दो छिटो गरिनु पर्दछ र भविष्यमा क्षेत्रिय हवाइ ट्रान्जिट पोइन्ट बन्ने सम्भावना बोकेको बारा निजगढको प्रस्ताबित योजनाको पनि उपयुक्त स्थानमा सर्बसहमति जुटाइ निर्माण कार्य सिघ्र सन्चालन हुनु पर्दछ । नेपाललाई धेरै बौद्धमार्गी लगायतका पर्यटकहरुको योगदान गर्ने जापान, कोरिया, थाईल्यान्ड, म्यान्मार श्रीलन्का र कम्बोडीया लगायतका देशहरुमा सिधा हवाइ सम्पर्क स्थापना र बिस्तारमा जोड् दिनुपर्दछ जसले लुम्बिनीलाई बौद्धमार्गिहरुको प्रमुख गन्तब्य बनाउने योजनामा सहयोग पुग्नेछ र मुस्लिम् ’हज’ यात्रीहरुबाट साउदी अरबको मक्का र क्याथोलिक धर्मावलम्बिहरूबाट भ्याटीकन् सीटीहरुले पाए जस्तै फाइदा लुम्बिनी र समग्र राष्ट्रले नै लिनसक्ने मार्गप्रसस्त हुनेछ । आप्रवासी नेपालीहरुको बाक्लो बसोबास रहेको र नेपाली विद्यार्थीहरुको चर्चित गन्तब्य अनि पर्याटनको बिश्व बजारमा सबै भन्दा धेरै खर्च गर्ने पर्यटकहरु भएका देसहरु अमेरिका, जर्मन, बेलायत, फ्रान्स, अष्ट्रेलिया क्यानडा लगायतका पश्चिमा राष्ट्रहरूमा पनि सिधा हवाइ सम्पर्क स्थापना र बिस्तारमा जोड् दिन सके यसले निकट भविष्यमा नै देशको आर्थिक अवस्था र रोजगारी सिर्जनामा ब्यापक् सुधार ल्याउनेछ ।
अर्का तिर हेर्ने हो भने, नेपालसंग बिशेष आर्थिक, सामजिक, धार्मिक र सांस्कृतिक सम्बन्धन रहेका दुई ठूला छिमेकिहरु संग हवाइ संजालको बिस्तार र लुम्बिनी, काठामाडौं, पोखरा, चितवन, पूर्वको पाथिभरा, गोरखाको मनकामना, मनांग मुस्तांङ् लगायतका हिमाली क्षेत्र अनि संरक्षित् जंगल क्षेत्र अनि सरकारले भर्खरै सार्वजनिक गरेका १०० गन्तब्यहरुमध्येबाट त्रिदेशीय घुमघामका रुटहरु र सहुलियत प्याकेजहरुको पहिचान र व्यवस्थानमा आफै अग्रसर हुनु पर्दछ । स्मरण रहोस् छिमेकी राष्ट्र चीनका पर्यटकहरु खर्चालुको सुचिमा सबै भन्दा अग्रणी स्थानमा रहेका छन् । लुम्बिनी गुरुयोजना, बाग्मती र पशुपति संरक्षण योजना लगायतका धार्मिक सांस्कृतिक स्थलहरुका बांकि कामहरुलाई पूर्णता दिंदै यस्तै किसिमका नयां योजनाहरुको सुरुवात गर्ने, स्वस्थ खान पिन र फोहोर मैलाको उचित व्यवस्थापन, मेलाम्ची लगायतका ठूला शहरी र ग्रामीण खानेपानीका योजनाहरु, सडक र हवाइ यातायत् अन्तर्गत निर्माण र मर्मत् योजनाहरु, स्तरिय होटेल र अन्य पर्यटकीयस्थलहरुको बिकासमा भइरहेका कामहरु अनि अनेकन क्षेत्रमा भइरहेको भूकम्प पछिको पुनःनिर्माणका योजनाहरु जति सक्दो चांडो सम्पन्न गरिनु पर्दछ । उल्लेखित कुराहरुको बिकास र ब्यवस्थापन गर्दै बिश्वव्यापि पर्यटनका समय सापेक्ष मागहरुलाई सम्बोधन् गर्दै सम्भावित आगन्तुकहरुका चाहना र उनीहरुले धेरै खर्च गर्ने ठांउ र सेवाहरुको सहि पहिचान र तिनको पनि व्यवस्थापन गर्दै आगाडि बढ्दै जाने र भविष्यमा कुनै उपयुक्त समयमा अर्को नेपाल भ्रमण वर्षको संसारभर भब्य आयोजना गर्न सके त्यसपछिका वर्षहरुमा केहि लाख मात्र होइन नेपाली पर्यटन बजारले संसारका कुनै पनि पर्याटकीय गन्तब्यहरुसंग प्रस्तिपर्धा गर्दै कारोडौको संख्याका स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई आतिथ्यता प्रदान् गर्ने क्षमता राख्नेछ ।

(लेखक: लुम्बिनी कपिलवस्तु विश्व अभियान, संस्थापक विश्व समिति सदस्य र अष्ट्रेलियाका संयोजक हुन्)