अभिभाबकहरु बाबु-नानीको मनोबल बढाइदिनुस – बिधार्थी भाइ- बहिनीहरु नआत्तिनुस, धैर्य गर्नुस !

-- केशब कंडेल, अध्यक्ष-एनआरएनए अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६
विश्वभर माहामारीको रुपमा फैलिएको कोराना भाइरसले यति बेला हामी सबैलाई प्रत्यक्ष रुपमा असर गरेको छ। तुलनात्मक रुपमा नेपाल भन्दा पनि युरोप अमेरिका र अष्ट्रेलिया लगाएतका देशमा यसको असर तिब्र छ । आफ्ना सन्तानहरु लाई उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पठाउनु भएका अभिभाबकहरु यो दुखको बेलामा सन्तान टाढा भएको पिडा त छदैछ त्यसमा पनि कोरनाका कारण अष्ट्रेलियाको दैनिकी दिनहुँ मिडियामा सुन्दा तपाईहरु एकदमै गार्हो र अन्यौलता पक्कै भएको छ। अर्को तिर भर्खरै उच्च शिक्षा र सुखद भविष्यको कल्पना सहित अष्ट्रेलिया टेकेका भाइ-बैनीहरु लाई यहाँको बाटो/घाटो र जीवन शैलीका बारेमा अभ्यस्त नहुदै कलेज युनिभर्सिटीका पढाउने तौर तरिका नजन्दै, यहाँ पार्ट टाइम कामका बारेमा नबुझ्दै लक्डाउन सरहको जीवन शैलीमा रहनु पर्दा कति हो कति पिडादायी भएको छ । यसले नयाँ मात्र नभइ धेरै पुराना बिधार्थीहरु पनि असर गरेको छ।
यो समय बिदेशमा रहेकाहरु लाई अझ धेरै माया दर्शाउने समय हो
यदी तपाईंको छोरा-छोरी, भाइ-बहिनी बिदेशमा पढ्न जानु भएको छ भने अहिले अष्ट्रेलिया जस्तै अन्य धेरै देशहरु मा कोरोनाको संक्रमणले यहाँको दैनिकीमा असाध्य नराम्रो असर परिरहेको छ । काम गर्ने ठाउँहरु बन्द भएका छन्।  छोटो समयमा नै बेरोजगारी समस्या २० प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान छ । यो अवस्थामा धेरै विद्यार्थीहरु लाई पार्ट टाईम काम पाउन एकदमै गाह्रो छ भने कतिले आफ्ना भएका काम पनि गुमाउनु भएको छ । यो स्थिति हाम्रा बिधार्थीहरु लाई मात्र नभई यहाँका स्थाई बासिन्दा देखि नागरिक सम्मलाई छ।
यसो भन्दै गर्दा पनि यसको धेरै मर्का भने विद्यार्थीहरु लाई अवश्य परेको छ । अष्ट्रेलियन सरकारले आफ्ना नागरिक बाहेक अरुलाई अहिलेको स्थितिमा  केहि सहयोग गर्न असमर्थ रहेको कुरा प्रस्ट पारेको छ । यस्तो अवस्थामा नेपालमा रहेका अभिभाबकहरु ले  आफ्ना छोरा-छोरी, भाइ-बहिनीहरु लाई गर्ने सबै भन्दा ठुलो काम भनेको निरन्तर सम्पर्क हो।  उनिहरु संग निरन्तर सम्पर्कमा रहनुस, उनीहरु लाई सबै भन्दा ठुलो कुरा स्वास्थ हो, यो स्थिति बिस्तारै मत्थर हुदै जानेछ भनेर मनोबल बढाउने काम गरिदिनु होला।  खर्च-पर्च के छ ? कस्तो छ ? भनेर निरन्तर सोधी रहनु होला, उनीहरु को तपाईंको स्थिति हेरर सक्नु हुन्छ भने केहि सहयोगको जोह गरिदिनुस यहाँ कोहि आफना सेटल भइ सकेका नातेदार हुनु हुन्छ भने उनि हरु संग समन्यव गरेर हुन्छ कि कसरि हुन्छ, ६ महिना कति नआतिन त्यसको लागि आफुले भरथेग गर्ने आसय उनीहरु ले बुझ्ने गरि भनि दिनुहोस्। आफ्नो परिवारको स्थिति के छ यहाँ आएका विद्यार्थी भाइ-बहिनी हरु पक्कै थाहा छ उनीहरु एकदमै स्वाबलम्बी पनि छन् त्यसैले सकेसम्म उनीहरु पनि अभिभाबकलाई दुख दिन चहान्नन्  । त्यसैले उनीहरुले आफ्नो समस्या नभने पनि यो बेला परिवारले सोध्ने बेला हो । अझ बढी माया देखाउने बेला हो ।
कोरोना सकिए पछि  के हुन्छ ?
विद्यार्थी भाइ-बहिनीहरु लाई अहिलेको यो अप्ठ्यारो परिस्थितमा सर्भाइब हुन अलिक गाह्रो हो । कोरनाको यो प्रकोप लामो समय रहदैन यो सकिना साथ साच्चै भन्ने हो भने यहाँका सिटिजन भन्दा बिधार्थीहरु ले आफुलाई झन् छिटो सहज बनाउन सक्नेछन्।  किनकि त्यति बेला बिधार्थीहरु आफुलाई लगभग “न्युट्रल” बाट यहाँको बसाइ सुरु गर्दै गर्दा यहाँका सिटिजन वा स्थायी बासिन्दा भने यो बीचमा रोकिएको भनिएको आफ्नो ऋण (लोन) मा थपिएको थप ऋण र त्यसै अनुसारको ब्याजले उनि हरु लगभग ६ महिना भन्दा पछाडी धकेलिन्छन् र उनीहरु आफुलाई  ‘माइनस’ बाट सुरु गर्न पर्ने देखिन्छ। त्यसैले पनि यहाँका धेरै नागरिकहरु लाई यति बेला अरुलाई सहयोग गर्ने मन हुँदा-हुँदै यी र यस्तै अन्य तिनका जीवन शैली संग जोडिएका कमिटमेन्टले गर्दा मद्दत गर्न गाह्रो पर्ने देखिन्छ ।
एनआरएनए र अरु सामाजिक संस्थाहरु ले के गर्दै छन ?

नेपाली दुताबास, बिभिन्न स्टेटका कन्सुलेट अफिसहरु, एनआरएनए अष्ट्रेलिया, एएनएमडिए, एक्का, लगाएतका सम्पूर्ण संस्थाहरु मिलेर यो समस्यासँग जुध्ने राज्यनिती तयार गर्न राष्ट्रीय कार्यदल गठन भएको छ । बिभिन्न राज्यहरु मा आइसोलेसनमा बसेका र अति आबश्यक परेकाहरु लाई एनआरएनएका राज्य समितीहरु ले खाना वितरण गरीरहेका छन र यो कार्यलाई निरन्तरता दिइरहने हाम्रो प्रयास हुनेछ । अरु समस्या परेकाहरु लाई पनि केस बाइ केसमा मद्दत गरी रहेका छौ । तर हामी सँग पनि रेसोर्सको अभाब छ । हामीले पनि गर्न सक्ने कुराहरु सिमित छन्। यिनै समिति साधन र श्रोतबाट हामी धेरै भन्दा धेरै बिधार्थीहरु लाई यो दुखको घडीमा सहयोगी बन्न प्रयासरत छौ।
काम गयो भन्दा पनि पढाइ नबिग्रियोस् भनेर चिन्ता गरौ:
बिधार्थी भाइ-बैनीहरु सके सम्म काम भएन, काम पाईएन भन्दा पनि कलेज युनिभर्सिटीले दिएका मापदण्डमा बसेर कसरि नियमित आफ्ना पढाइलाई निरन्तरा दिने भन्नेमा तपाईहरु फोकस हुने प्रयास गर्नुस। अभिभाबकहरु ले पनि आफ्ना  छोरा-छोरी भाइ-बहिनीलाई सके सम्म पढाइमा निरन्तरता दिन प्रेरणा दिनुहोस। यो अप्ठ्यारो परिस्थितमा सबै जसो कलेज/युनिभर्सिटीहरु, एजेन्सीहरुले सकेसम्म मद्दत गरी रहेका छन् विद्यार्थीलाई कसरी सहज बनाउने भनेर । आफ्नो कलेज/युनिभर्सिटीमा भएका विद्यार्थी सपोर्ट अफिसरलाई सम्पर्क राख्नुस्, आफ्नो परामर्स दातालाई सम्पर्क राखेर “फी” इन्स्टलमेन्टको लागि निवेदन दिनुहोस् । यसमा तपाईले कलेज/युनिभर्सिटीहरु एबं  परामर्सदाताहरु बाट पक्कै सहयोग पाउनुहुनेछ।  त्यसैले सबैले मिलेर यो समस्या सँग जुध्नुको बिकल्प छैन र यो समस्या क्षणिक हो यो छिट्टै हल हुन्छ भन्ने बिश्वास सबैले लिएर अगाडी बढौं।
भिसा नबिगारौ:
माथि भनिएका या अन्य जस्तो सुकै अवस्था आए पनि बिधार्थी भाइ-बहिनिहरु ले आफ्नो  भिसालाई बिग्रन दिनु हुँदैन । त्यसैले आफ्नो भिसा कहिले सकिदै छ ? के के कन्डिसनहरु छन्? ति सबै कुराहरुलाई मनन गर्न जरुरी छ। त्यसमा पनि परिवारजन सचेत हुने, उनिहरु लाई समय समयमा सम्झाउने याद गराउने गर्नु जरुरी छ ।
घरभाडा, फी, काम र तनाव विद्यार्थीका सबै भन्दा ठुला इस्स्यु:
उल्लेखित यी सबै कुराहरु मा अरुले गर्ने सहयोग भनेको एकै छिन् हो तर यो अप्ठ्यारो बेलामा निरन्तर मद्दत गर्न सक्ने भनेको परिवार नै हो । तपाईंहरु ले नै आफ्नो छोरा-छोरी, भाइ-बहिनीहरु लाई राम्रोसँग बुझ्नुभाको छ। काम अहिले पाउन गाह्रो छ। त्यो अवस्थामा घर भाडा, फी र अन्य तनावलाई कम गर्न तपाईंहरु (अभिभाबकहरु) ले सकेको भरथेग गर्नुहोस। छोरा-छोरि, भाइ-बहिनीले तपाईको मार्ग निर्देशनले पक्कै भोली यो अप्ठ्यारो बेलाको गुन अवस्य तिर्ने छन्। तपाईहरु लाई गौरबान्बित बनाउनेछन्।
फेरि पनि मलाई विश्वास छ एउटा अभिभाबकको हैसियतले यी कुराहरु तपाईहरु सबैले अबश्य गरिराख्नु भएको छ, त्यसलाई अझ निरन्तरता दिइ राख्नु होला, आत्मबल बढाइरहनु होला। माथि भने जस्तै अभिभाबकले सके दैनिक नत्र एक दिन बिराएर फोन वा अन्य माध्यमबाट सम्पर्कमा रहिरहने,आफ्ना छोरा-छोरी, भाइ-बहिनीको आर्थिक, मानसिक अवस्था हेरेर:
छोरा तिमी लाई कस्तो छ ?
छोरी तिमी लाई कस्तो छ ?
भाइ-बहिनि, तिमीहरु लाई ठिकै छ ? 
हामीले केगरौं  ? के पठाउं
तिमिहरु ढुक्क हौ, हामी तिमीहरुसँग छौ  !
भनेर दिलासा दिनुहोला।
अन्त्यमा, यो अफ्ठ्यारो बेलामा हामीहरु सबै बिधार्थी भाइ-बहिनिहरु लाई कसरि सहयोग गर्न सकिन्छ, आ-आफ्नो ठाउँबाट हामी लागिरहने छौ । आफ्ना छोरा-छोरीका बारेमा तपाईलाई कुनै कुराले चिन्तित बनाएको छ, त्यसमा एनआरएनए अष्ट्रेलियाले कुनै रुपबाट सहयोग गर्न सक्छ भन्ने तपाईलाई लागेको छ भने हामीलाई हाम्रो फेसबुक पेज वा इमेलबाट सम्पर्क राख्नु होला । आउनुहोस यो दुखको समयमा हामि संगै रहेर यसको मुकाबिला गरौं । फेरि पनि यो अप्ठ्यारो क्षणिक हो, एक-अर्काको साथ, सहयोग र भरोशाले हामी यसलाई पार लाउन सक्छौं।
( लेखक एनआरएनए अष्ट्रेलियाका बर्तमान अध्यक्ष हुनुहुन्छ )