इसाइस समुद्री आँधी फ्लोरिडा नजिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७

इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आाधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ । बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आाधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ । फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आाधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आाधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गर्नु भएको छ । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ । फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आाधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गर्नुभएको छ ।  अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आाधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ ।