९ वर्षमा सबैभन्दा कम बिक्यो सामसुङको मोबाइल
दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो । कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ । यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन् २०२१ मा उल्टाउन चाहन्छ । सन् २०२१ मा सामसुङले ३० करोड ७० लाख मोबाइल फोन बिक्री गर्ने लक्ष्य बनाएको छ । त्यसमध्ये २८ करोड ७० लाख स्मार्टफोन हुनेछन् भने बाँकी फिचर फोन रहनेछन् । दक्षिण कोरियाको इटी न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२१ मा सामसुङले आफ्ना मोबाइल फोनको बिक्रीमा २१ प्रतिशतले बढोत्तरी गर्ने लक्ष्य राखेको छ । तथ्यांकअनुसार सन् २०२० को तेश्रो त्रैमासिकसम्ममा १८ करोड ९४ लाख वटा मोबाइल फोन बिक्री गरेको थियो । र, वर्षको अन्त्यसम्ममा कुल २७ करोड मोबाइल फोन बेच्ने प्रक्षेपण गरेको छ । सामसुङले आगामी वर्षका लागि फाइभ जी स्मार्टफोनमा आफ्नो ध्यान केन्द्रित गर्दै मध्यम तथा न्यून मूल्यका मोबाइल फोनको बिक्री बढाउने उद्धेश्य राखेको छ । २०२१ मा कम्पनीले ४ करोड ९८ लाख वटा ग्यालेक्सी ए २१ तथा फोल्डेबल लगायतका फ्लागसीप स्मार्टफोन उत्पादन गर्ने योजना बनाएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...