एप स्टोरबाट एक दिनमै हटाइयो ४६ हजार एप
एप्पलले आफुनो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाउने कीर्तिमान कायम गरेको छ । एप्पलले आफ्नो चाइना स्टोरबाट बिहिबार ३९ हजार वटा गेम एप्लिकेसनहरु हटाइदिएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरु एप्पलले चिनियाँ एपस्टोरबाट हटाइदिएको हो । लाइसेन्स विहिन गेम एप्लिकेसनहरुमाथि चिनियाँ सरकारले सुरु गरेको कारवाहीसंगै एप्पलले उक्त कदम अगाडि बढाएको बताइएको छ । चाइना स्टोरका ३९ हजार गेम एप्लिकेसनसंगै एप्पलले आफ्नो एप स्टोरबाट डिसेम्बर ३१ का दिन कूल ४६ हजार एपहरु हटाइदिएको छ । समाचार अनुसार यसरी हटाइएका गेमहरुमध्ये Assassin’s Creed Identity तथा NBA 2K20 लगायतका चर्चित गेम एपहरु समेत रहेका छन् । एप्पलको पछिल्लो कदमबाट एप स्टोरमा रहेका शीर्ष १५ सय सशुल्क एपहरुमध्ये केवल ७४ वटा मात्र बचेका छन् । एप स्टोरलाई सबैभन्दा ठूलो अनलाइन गेम मार्केट मानिन्छ । एप स्टोरमा कायम रहनका लागि गत जुनको अन्त्य सम्ममा सम्बन्धित सरकारले प्रदान गरेको लाइसेन्स पेश गर्न एप्पलले सबै गेम एप प्रकाशकहरुलाई अनुरोध गरेको थियो । पछि उक्त समयावधि डिसेम्बर ३१ सम्म लम्ब्याइएको थियो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...