काठमाडौंमा तेस्रो बृहत् पुस्तक प्रदर्शनी प्रारम्भ

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

काठमाडौं— पढौं र पुस्तक संस्कृतिको विकास गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंको  भृकुटीमण्डपमा तेस्रो पुस्तक प्रदर्शनी प्रारम्भ भएको छ । बिहिबार आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रिवन काटेर प्रदर्शनीको उद्घाटन गरे ।

कार्यक्रममा कुलपति उप्रेतीले पुस्तक प्रदर्शनीले पढन संस्कृतीको विकास गर्दै पुस्तकको ब्यवशाहिकतामा मद्दत पुर्‍याउने बताए । ‘अहिले लेखन सस्कृती ओरालो लागेको छ’ कुलपती उप्रेतीले भने ‘प्रदर्शनीले लेखन सस्कृतीलाई हौसला प्रधान गर्नेछ ।’ पाठकलाई रुची अनुसारको पुस्तक उपलब्ध गराउन प्रदर्शनी महत्वपुर्ण भएको उल्लेख गर्दै कुलपति उप्रेतीले बेलाबेलामा प्रदशनी आवश्यक रहेको बताए ।

साहित्यकार मोहन राज शर्माले प्रदर्शनी मानिसको बौद्धीकतासंग जोडिएको बताउँदै   पाठकले फिक्सन र ननफिक्सन दुबै प्रकारको पुस्तक पुढ्नु पर्ने धारणा राखे । फिक्सन पुस्तकबाट जिवनको भोगाई सिक्न मिल्ने उनको भनाई थियो ।

आयोजक डिकुरा प्रकाशनमा प्रमुख तथा प्रदर्शनी सायोजक एवा साहित्यकार पुण्यप्रसाद प्रसाईले शिक्षा मानिसको जिवनका लागी आवश्यक भएकोले पुस्तक प्रदर्शनिले शैक्षिक मानिसको बिस्तार गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए । शिक्षा भए मानिसमा बिचार आउने र बिचारले मानिसलाई प्रगतिको पथमा डोर्‍याउने धारणा प्रसाईको थियो ।

कार्यक्रममा साहित्यकार मोहन राज शर्मा, प्रकासनका सहयोगी डा,. गौरीशंकर महत्व, नवराज उप्रेती,केपी पाठक, सन्तोस कुमार बराललगायतलाई सम्मान गरिएको थियो । प्रदर्शनी ११ दिन अर्थात २ फागुनसम्म सम्म चल्नेछ । ७५ हजार अवलोकन कर्ताहरु भित्र्याउने लक्ष्य आयोजक सास्थाको रहेको छ । प्रदर्शनीमा एक सयभन्दाबढी प्रकाशकहरुका दशौं हजार पुस्तकहरु राखिएका छन् । प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाा र साकलन योग्य क्लासिकल पुस्तकहरु समेत छन् ।  प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइनेछ । प्रत्येक दिन लेखक साक्षात्कार कार्यक्रम समेत राखिएको छ । प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरुको विशेष उपस्थिति दैनिक बाक्लो रहनेछ ।

विभिन्न साहित्यिक संघ संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाा र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउनु प्रदर्शनीको उदेश्य हो । पुस्तक अनुसार यो प्रदर्शनीमा पाठकको रुचिलाई ध्यानमा राख्दै विभिन्न उमेर समुहका पाठकका रुचिका पुस्तकहरु पनि राखिएका छन् ।